झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १७ साउन । झापाको कनकाई नगरपालिका–३ सुरुङ्गास्थित टेम्पु स्टेण्डबाट ३ सय ग्राम लागू औषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन १६ गते इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट बिशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले कनकाई नगरपालिका–३ सुरुङगा टेम्पु स्टेण्ड स्थितमा चेकजाँचको क्रममा सिन्धुलीको भिमान नगरपालिका–१० का २६ बर्षीय बिनोद बिक र झापाको झापा गाउँपालिका–३ की २४ बर्षीया प्रेमकला महतोलाई ३ सय ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको हो । पक्राउ परेका दुबैजनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भई रहेको छ ।

Read More

फिक्कल,इलाम १७ साउन। इलाम सदरमुकामदेखि झापाको बिर्तामोड जोड्ने छोटो दुरीको केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवा खोलामा बेलिब्रिज निर्माण भएको छ । सो बेलिब्रिज निर्माण पश्चात् मेची राजमार्गको विकल्प खुलेको छ । इलाम नगरपालिका–९ र ११ जोड्ने पुवा खोलमा पहिलो पटक बेलिब्रिज निर्माण भएपछि स्थानीय बासिन्दा र झापा–इलाम–पाँचथर–ताप्लेजुङ आवतजावत गर्ने सवारीसाधनका लागि छोटो र सुरक्षित बाटोको विकल्प खुला भएको हो । सागररसुभारम्भरएरिसा जेभीले सो बेलिब्रिज निर्माण गरेको हो । पुल नहुँदा विगतमा यात्रीहरूले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता थियो । विशेष गरी वर्षायाममा सडक पूर्णरुपमा बन्द हुने गर्दथ्यो । सङ्घीय सरकारको रु एक करोड ३५ लाखमा बेलिब्रिज निर्माण गरिएको हो ।…

Read More

शाकाहारी खानाले पुरुषहरुमा आन्द्राको क्यान्सरको जोखिम २० प्रतिशतले घटाउने एक अध्ययनले देखाएको छ । ७९ हजार ९५२ अमेरिकी पुरुषहरुमा अवलोकनमार्फत् गरिएको अध्ययनले सबैभन्दा धेरै मात्रामा शुद्ध वनस्पतिमा आधारित खाना खाने पुरुषमा आन्द्राको क्यान्सरको जोखिम २२ प्रतिशतले घट्ने देखाएको छ । अनुसन्धानदाताले महिलाहरुमा भने वनस्पति खानाले पेटको क्यान्सर घटेको पाएनन् । जबकि ९३ हजार ४७५ महिलालाई पनि निगरानीमा राखिएको थियो ।सामान्यतया पुरुषहरुमा आन्द्राको क्यान्सरको जोखिम महिलाको तुलनामा बढि हुन्छ र उनीहरुमै वनस्पतिजन्य खानाले क्यान्सरको जोखिम कम भएको पाइयो । बीएमसी मेडिसिन नामक जर्नलमा प्रकाशित अध्ययनका सह–लेखक जिह्य किमका अनुसार आन्द्राको क्यान्सर विश्वमा तेस्रो सबैभन्दा धेरैलाई लाग्ने क्यान्सर हो । जीवनभर हरेक…

Read More

सङ्खुवासभा, १७ साउन । सङ्खुवासभाको धर्मदेवी नगरपालिका–९ मुलगाउँबाट दमक जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बा २ प ७२४४ नम्बरको बस सङ्खुवासभा र तेह्रथुमको सिमानामा पर्ने लालीगुराँस नगरपालिका–१ स्थित देउराली घुम्तीमा सडकदेखि करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । घाइते हुनेमा सङ्खुवासभाको धर्मदेवी नगरपालिका–९ का २३ वर्षीय सविन विष्ट, धर्मदेवी– ७ का २५ वर्षीय भवानी कार्की, सात वर्षीया असीमित भारती, नौ वर्षीया हिरा भारती, ५६ वर्षीया रत्नमाया कटुवाल, १२ वर्षीय विष्णु कटुवाल, मनकुमार कटुवाल, ५२ वर्षीया धनमाया चापागाईं, धर्मदेवी–६ का ५२ वर्षीय श्रीमान तामाङ, १५…

Read More

यही साउन २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मोहर’को तेस्रो गीत ‘सपना हो कि विपना हो’ सार्वजनिक गरिएको छ । वियोगान्त भावको गीतमा गजल गायक थानेश्वर गौतम र लोक गायिका शान्तिश्री परियारको स्वर रहेको छ । यसअघि उनीहरुले सहकार्य गरेको फिल्म ‘अञ्जिला’को ‘रात किन हुन्छ’ गीत चर्चित भएको थियो । गीतमा प्रभा बर्तौलाको शब्द रचना तथा गायक गौतम स्वयंको संगीत रहेको छ । छिनको छिनमै बदलिने जिन्दगी सपना हो कि विपना हो भनेर गीतले प्रश्न गर्छ । प्रेम सम्बन्ध संकटमा हुँदा व्यक्त हुने भावना र कठिनपूर्ण जिन्दगी बाँचिरहेको पात्रको पीडा गीतले बोलेको छ । गीतका शब्दहरु मर्मस्पर्शी छन् ।…

Read More

सुनसरी, १७ साउन । सुनसरीको दुहबी नगरपालिका–२ पचिरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । शुक्रबार राति करिब ९ः १० बजे सुनसरीको दुहबीमा को६प ५२४१ नम्बरको मोटरसाइकल र को३२प १५०४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका गढी गाउँपालिका–२ का १८ वर्षीय नजामुदिन मियाँको विराटनगरस्थित विराट नर्सिङहोममा उपचारका क्रममा बेलुका १०ः३० बजे मृत्यु भएको प्रवक्ता खतिवडाले जानकारी दिए । उक्त दुर्घटनामा मियाँसँगै मोटरसाइकलको पछाडि सवार सोही ठाउँका १७ वर्षीय सबाद आलम घाइते भएका छन् । उनको विराट…

Read More

बोमलाल गिरीनवलपुर, १७ साउन । नवलपुरको गैँडाकोट नगरपालिका –१४ नगरटाँडीस्थित भित्री सडकबाट २० मिटर तल खोल्सामा खसेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार खोल्सामा खसेर आज देवचुली नगरपालिका –१६ रहजर निवासी ५१ बर्षीय किसान न्यौपानेको मृत्यु भएको हो । शुक्रबार साँझ घरबाट नगरटाँडीस्थित जाली फ्याक्ट्रीमा काम खोज्न जान्छु भनी साइकल लिइ हिडेका उहाँको आज शव भेटिएको छ । उहाँलाई स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । घटनास्थल नजिकै साइकल फेला परेको र उहाँ साइकलबाट लडेर खोल्सामा खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले…

Read More

ताप्लेजुङ, १७ साउन। ताप्लेजुङमा धारिलो खुकुरी प्रहरी गरी भाइको हत्या गरेको आरोपमा दाजु पक्राउ परेका छन् । प्रहरीका अनुसार आठराई त्रिबेणी गाउँपालिका–४ चाँगे, आहालेका २२ वर्षीय मनकुमार विकले भाइ रोसन विकको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार शुक्रबार साँझ ६ बजेतिर सामान्य घरायसी विवाद हुँदा दाजु मनकुमारले भाइ रोशनमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट विकको घटनास्थलमै मृत्यु भएको प्रनाउ गौतमले जानकारी दिनुभयो । वडाध्यक्ष अर्जुन आङ्बुहाङ लिम्बूले घटनाबारे जानकारी गराएपछि इलाका प्रहरी कार्यालय चाँगे दोभानबाट प्रहरी निरीक्षक ओमप्रकाश पण्डितको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको थियो । दोभानबाट गएको…

Read More

झापा, १७ साउन । वैदेशिक रोजगारीको बहानामा भारत पुर्‍याइएका सात नेपाली किशोरीलाई सीमावर्ती पानीटङ्की नाकाबाट उद्धार गरिएको छ। भारत पु(याएर मानव तस्करी गरेको अभियोगमा भारतीय प्रहरीले दुई पुरुषलाई पनि पक्राउ गरेको माइती नेपालको कोशी प्रदेश संयोजक गोविन्द घिमिरेले बताए। घिमिरेका अनुसार शुक्रबार भारतीय प्रहरीले उद्धार गरेको हो। उद्धारपछि सातै जना किशोरी र अभियुक्तलाई खोरीबारी प्रहरी थानामा राखिएको छ। उद्धार गरिएका किशोरी सङ्खुवासभा जिल्लाको रहेको जनाइएको छ। किशोरीलाई भारत पु(याउने अभियुक्तमध्ये एक जना भारतको दार्जिलिङस्थित तोरीबारीका ४१ वर्षीय दिपेश गुरुङ रहेका छन् भने अर्का सङ्खुवासभाको मकालु–३ का ६१ वर्षीय जपन गुरुङ रहेका छन्। अभियुक्तले वैदेशिक रोजगारका लागि हङ्कङ लैजाने भनेर उनीहरूलाई…

Read More

झापा, १७ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ । हिजो अहिले सम्मकै सबै भन्दा महँगो बनेको अमेरिकी डलर पनि आज थोरै घटेको छ। अमेरिकी डलर विगत केही दिनदेखि निरन्तर बढ्दै आएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४० रुपैयाँ ४६ पैसा थियो । त्यसैगरी, आज युरो…

Read More