झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २६ असोज । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाहालले आज देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । आज बिहान एक बुलेटिन जारी गर्दै महाशाखाले दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने र कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थान हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै, आज राती कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ ।

Read More

झापा, २५ अशोज । झापाको दमक नगरपालिका–३ वेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा लागु औषध खैरो हेरोइन बिक्री वितरणको तयारीमा संलग्न आठ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा एक जना पूर्वमा हिरासतबाट फरार भएका अभियुक्त पनि रहेका छन्। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा साजन थापाको घरमा छापा मार्दा सोही घरको कोठामा लागु औषध सेवन तथा वितरणको तयारीमा रहेका आठ जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले चस्माको खाली खोलमा लुकाई राखिएको अवस्थामा खैरो हेरोइन बरामद गरेको छ। डिजिटल तराजुमा नापतौल गर्दा प्लास्टिक बाहेक ७ ग्राम ८०० मिलिग्राम लागु औषध फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूको विवरण:साजन थापा (२७),…

Read More

काठमाडौँ, २५अशोज । चर्चित अभिनेता राजेश हमालको आत्मकथात्मक पुस्तक ‘युगदेखि युगसम्म’ आज राजधानीमा एक समारोहबीच विमोचन गरिएको छ। पत्रकार तथा लेखक यज्ञशसँगको संवाद शैलीमा तयार भएको उक्त पुस्तकको विमोचन कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा सम्पन्न भयो। पुस्तक विमोचन कार्यक्रममा अभिनेता हमाल, उहाँकी श्रीमती मधू भट्टराई, लेखक यज्ञश तथा साहित्यकार बुद्धीसागरले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभयो। पुस्तकमा हमालको जीवनयात्रा, चलचित्र क्षेत्रका अनुभव, सामाजिक तथा व्यक्तिगत विचार, संस्मरणहरू समेटिएको छ। अभिनेता हमालले पुस्तकमा राजनीति, धर्म, मनोविज्ञान लगायतका विषयहरू पनि समावेश गरिएको जानकारी दिनुभयो। “मैले बाहिर कहिल्यै नभनेका विषयहरू पनि पुस्तकमा समेटिएको छ,” उहाँले भन्नुभयो, “तीन वर्षको मेहनतपछि यो पुस्तक विमोचन गर्न सफल भएका…

Read More

झापा, २५ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार इलाम जिल्लाको विपद् प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै राहत वितरण गर्नुभएको छ। मन्त्री घिसिङसँग गृह सचिव रामेश्वर दंगाल, भौतिक पूर्वाधार तथा यातायात सचिव केशव कुमार शर्मा, नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ लगायतको टोलीले मेची राजमार्ग अन्तर्गतका क्षतिग्रस्त खण्डहरूको निरीक्षण गरेका थिए। असोज १७, १८ र १९ गतेको भीषण वर्षाका कारण राजमार्गका विभिन्न भागमा क्षति पुगेको थियो। निरीक्षणपछि मन्त्री घिसिङले राजमार्गलाई यथासिघ्र सञ्चालनमा ल्याउन मर्मत तथा पुनः निर्माणको कार्य तीव्र गतिमा अघि बढाइएको जानकारी दिनुभयो। साथै, विपद् पछिको राहत वितरण तथा…

Read More

झापा, २५ असोज । झापाको मेचीनगर नगरपालिका–१३ बस्ने ४७ वर्षीय दिलीप कुमार यादवलाई जबरजस्ती करणीको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। दिलीपले २७ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार राति पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More

झापा, २५ असोज । जेनजी आन्दोलनका क्रममा लुटिएका एसएलआरको ५५ राउण्ड गोली झापाको कमलमा फेला परेको छ । हिजो साँझ ७ बजे कमल गाउँपालिका– ७ रङ्गपुरका ५५ वर्षीय गङ्गाप्रसाद पाण्डेले केराको पात काट्ने क्रममा आफ्नो खेतबारीमा सेतो बोरामा गोली फेला पार्नुभएको हो । उहाँले बोरा खोली हेर्दा गोली रहेकाले प्रहरीलाई खबर गर्नुभएको थियो । आज बिहान इलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरी निरीक्षक नवीन राईको टोलीले एसएलआरको गोली ७।६२ एमएम ५५ राउण्ड बुझेको थियो । ती गोली इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । जेनजी आन्दोलनका क्रममा झापामा प्रहरीबाट लुटिएका २४ थान हतियार, ५६९० वटा गोली र १८० सेल अश्रुग्याँस…

Read More

कैलाली, २५ असोज । घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति २८ वर्षीय केशरसिंह बुढाको हत्या भएको छ। सुर्खेतको चौकुने गाउँपालिका–३ निवासी बुढाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ। हत्या आरोपमा घोडाघोडी गाउँपालिका–८ का १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गंगा बुढा क्षेत्रीलाई पक्राउ गरिएको डीएसपी राजकुमार सिंहले जानकारी दिए। प्रहरीका अनुसार खाजा पसलमा रक्सी सेवनका क्रममा विवाद भएपछि घटना भएको हो। हतियार र छिनालेको टाउको बोकेर राति घोडाघोडी नगरपालिका–३ स्थित उनीहरू अस्थायी प्रहरी पोस्ट प्रतिखेत नजिक पुगेका थिए । प्रहरीले राति कता हिँडेको भनेर सोधेपछि उनीहरूले मान्छे मारेको र टाउको बोकेर आएको भनेका थिए…

Read More

झापा, २५ असोज । गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गका १९ स्थानमा डाइभर्सन निर्माण गरी आजदेखि पूर्ण रूपमा यातायात सञ्चालन गरिएको छ। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार शुक्रबार साँझ ट्रयाक परीक्षणपछि आज बिहानदेखि सवारीसाधन सञ्चालनमा ल्याइएको हो। राजमार्गको चौकीडाँडा, कटुञ्जे, गिम्दीबेँसी, नार्के, चिउरीबास, कालढुङ्गा, पिप्ले लगायत स्थानमा डाइभर्सन निर्माण गरिएको छ। काभ्रेपलाञ्चोकमा १६ र सिन्धुलीमा ३ स्थानमा डाइभर्सन बनाइएको हो। बाढीले रोशी क्षेत्रमा करिब ४ किलोमिटर सडक कटान गरेपछि मंगलबारदेखि अस्थायी सडक निर्माण थालिएको थियो। बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अवलोकन गर्दै काम तीव्र बनाउन निर्देशन दिएका थिए। पूर्वी नेपाल जोड्ने छोटो दूरीको राजमार्गबाट दैनिक हजारौँ सवारीसाधन आवतजावत…

Read More

झापा, २५ असोज । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ७६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९३ रुपैयाँ १८ पैसा, क्यानेडियन डलर…

Read More

झापा, २५ असोज । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएकाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । शुक्रबारदेखि नेपालबाट मनसुन नेपालबाट बाहिरिएको हो । आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज राति कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ ।

Read More