झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २८ फागुन । कच्चा पदार्थको अभाव देखाएर उद्योगीले खाने तेल उत्पादन घटाउन थालेका छन् । युक्रेनबाट आयात हुने सूर्यमुखीको कच्चा तेल रोकिएको भन्दै सुनसरी–मोरङ कोरिडोरका उद्योगले उत्पादन कटौती गरेका हुन् । युक्रेनमा बन्दरगाहबाट नेपालका लागि चलान तयारीमा रहेको जहाज रद्द भएको उद्योगीले बताएका छन् । नेपालका उद्योगले मगाएको ५० हजार टन सूर्यमुखीको तेलको कच्चा पदार्थ रोकिएको उद्योगीहरूले जनाएका छन् । मोरङ व्यापार सङ्घका कार्यकारी सदस्य एवं पशुपति खाद्य तेलका सञ्चालक अमित शारडाले कोरिडोरका सबै रिफाइनरी उद्योगले आफ्नो उत्पादन घटाएको बताए । “न्यूनतम २५ प्रतिशतले सबैले उत्पादनमा कटौती गरिसकेका छन्, कच्चा पदार्थको मौज्दात कम भएसँगै उत्पादनमा कटौती गर्न बाध्य हुनु…

Read More

झापा, २८ फागुन । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) बहुपदीय व्यवस्थामा नजाने भएको छ । बहुपदीय एवं सामूहिक नेतृत्वमा जानुपर्ने माग उठे पनि हाललाई सो व्यवस्थामा नजाने निष्कर्षमा सो पार्टी पुगेको छ । बिहीबार र शुक्रबार काठमाडौंमा जसपाको कार्यकारिणी समितिको बैठक बस्यो । संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराईले सामूहिक एवं बहुपदीय प्रणालीमा जानुपर्ने गरेको प्रस्ताव अध्यक्ष उपेन्द्र यादव समूह ‘टालटुल’ गर्दै हाललाई यथास्थितिमै पार्टीलाई अगाडि बढाउने पक्षमा उभिएको छ । कार्यकारिणी समितिको बैठकमा डा। भट्टराई पक्षले सामूहिक एवं बहुपदीय व्यवस्थामा जानुपर्ने माग गरेका थिए । यसअघि समेत भट्टराई समूहले यो मुद्दा उठाउँदै आएको भए पनि पार्टीमा लागू नगर्ने…

Read More

झापा, २८ फागुन । निर्वाचन आयोगले आगामी वैशाखमा गरिने स्थानीय तह निर्वाचनमा महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारलाई अधिकतम ७ लाख ५० हजार रूपैयाँ खर्च गर्न पाउने सीमा तोकेको छ। शुक्रबार विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँगको छलफलमा आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारहरूको खर्च सीमाबारे जानकारी गराएको थियो। आयोगले महानगरपालिकाअन्तर्गत विभिन्न वडाका वडाध्यक्ष र सदस्यका उम्मेदवारहरूले अधिकतम ३ लाख ५० हजार रूपैयाँ खर्च गर्न पाउने सीमा तोकेको थियो। उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारहरूले अधिकतम ५ लाख ५० हजार रूपैयाँ र विभिन्न वडाका वडाध्यक्ष र सदस्यका उम्मेदवारहरूले २ लाख ५० हजार रूपैयाँ खर्च गर्न पाउने सीमा तोकेको थियो । त्यस्तै नगरपालिकाको मेयर र उपमेयरका…

Read More

झापा, २८ फागुन । झापाको बिर्तामोडस्थित गिरीबन्धु टी–इस्टेटको हदबन्दीभन्दा धेरै जग्गा सट्टाभर्ना तथा स्थानान्तरण गर्न दिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । संविधानसँग बाझिने गरी भूमिसम्बन्धी ऐन नै संशोधन गरी हदबन्दीभन्दा धेरै जग्गा सट्टाभर्ना तथा स्थानान्तरण गर्न दिने निर्णयविरुद्ध परेको रिटमा सात महिनापछि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चको संवैधानिक इजलासले यस्तो आदेश दिएको हो । अधिवक्ता भक्तराज भारतीले दायर गरेको रिटमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की नेतृत्वको संवैधानिक इजलासले मागअनुसार अन्तरिम आदेश दिएको हो । केपी ओली सरकारले गत १३ वैशाखमा भूमिसम्बन्धी ऐन नै संशोधन गरेर हदबन्दीभन्दा धेरै जग्गा बिक्री गरेर चियाबगान सार्न दिने निर्णय गरेको थियो । संसद्को कृषि समितिको निर्देशनमा…

Read More

झापा, २८ फागुन । गृह मन्त्रालयले भ्रमण भिसा र सोबाट सिर्जित समस्या समाधानका लागि अध्यागमन विभागलाई १८ बुँदे निर्देशन दिएको छ। भ्रमण भिसामा गएर उतै बस्ने तथा त्यस्ता व्यक्ति विभिन्न समस्यामा पर्ने गरेका घटना सार्वजनिक भएपछि सरकारले भ्रमणमा जाने व्यक्तिको हकमा केही कडाइ गरेको हो । भ्रमण भिसा र त्यसबाट सिर्जित समस्या समाधानका उपाय सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले गएको हप्ता गृह मन्त्रालयलाई पेस गरेको अध्ययन प्रतिवेदनमा भ्रमण भिसामा जान दस लाख रुपियाँ आय देखाउनुपर्ने उल्लेख थियो तर गृह मन्त्रालयले तत्कालका लागि पाँच लाख रुपियाँ देखाए पुग्ने व्यवस्था गरेको छ । विभागलाई लेखेको पत्रमा खाडी मुलुकभन्दा बाहिर जाँदा कम्तीमा एक…

Read More

झापा, २८ फागुन । जलबिन्दु आँखाको रोग हो। आँखाको नसामा पर्ने चापका कारण भित्री भागको नसा (अप्टिक नर्भ) मा असर गर्छ । आँखासँग जोडिएको नसामा क्षति पुगेको अवस्थामा जलबिन्दु हुने विशेषज्ञहरू बताउँछन् । जलबिन्दु भएपछि इन्ट्राअक्युलर प्रेसर अर्थात् आँखाभित्रको चापमा वृद्धि हुन पुग्छ। समयमा उपचार नपाउँदा सुटुक्क दृष्टि गुम्छ। जलबिन्दुको लक्षण नै नदेखिन सक्छ । कतिपयमा आँखासम्बन्धी समस्याहरू देखिन सक्छ। कम्प्युटर शिक्षक शेर्पाका अनुसार, विद्यार्थीलाई पढाउँदाखेरी मात्र नभई मोटरसाइकल चलाउँदा पनि आँसु आउँथ्यो। कहिलेकाहीँ चक्कर लाग्थ्यो। ुदायाँ आँखा जति प्रष्टरूपमा बायाँ आँखाले नदेखे झै महसुस भयो,ु उनले भने, ुबायाँ आँखामा जलबिन्दु भइसकेको रहेछ। दायाँ आँखाले प्रष्ट रूपमा देख्ने हँदा थाहा…

Read More

भद्रपुर, २७ फागुन । भद्रपुर-१० स्थित सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीले सार्वजनिक सवारी साधनमा सरकारले तोकेको मापदण्ड पालना भए नभएको अनुगमन गरेको छ । ट्राफिक प्रहरीसित समन्वय गरी केन्द्रले जेष्ट नागरिक लक्षित सार्वजनिक बसहरूमा आरक्षण सिट र भाडादरको ५० प्रतिशत छुटको व्यवस्था भए नभएको अनुगमन गरेको हो । केन्द्रका अध्यक्ष दुर्गाप्रसाद पाठक र सचिव धनप्रसाद शिवाकोटीको नेतृत्वमा समितिका सदस्यहरू, प्रहरी लगायत सरोकारवाला प्रतिनिधिहरूको टोलीले चन्द्रगढी स्थित लेखनाथ चौकमा सार्वजनिक सवारी साधनको अनुगमन गरेको थियो । अनुगमनका क्रममा नियम मिच्ने बसका चालक, सहचालकलाई सरकारको निर्णय स्मरण गराएर सचेत समेत पारिएको थियो । यसैगरी केन्द्रको कार्य समितिलाई पूर्णता दिन बैठकले डा. टंकप्रसाद…

Read More

बिर्तामोड, २७ फागुन । त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । सातदोबाटो युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । आर्मीका लागि सुमन अर्याल, सन्तोष तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरे । सातदोबाटोले एक गोल मात्र फर्काउन सक्यो ।खेलको २७औँ मिनेटमा सन्तोष तामाङले प्रहार गरेको फ्रि किकमा सुमनले गोल गरे । पहिलो हाफको थप समयमा सातदोबाटोले गोल फर्कायो । उसका लागि सुशील राईको क्रसमा दिपकराजसिंह ठकुरीले गोल गरे । दोस्रो हाफमा आर्मीले ३ गोल थप्यो ।६० औँ मिनेटमा आर्मीका सन्तोष तामाङले गोल गर्दै खेललाई २–१ मा पु¥याए । ८०…

Read More

झापा, २७ फागुन । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रमा जस्तै स्थानीय तहमा पनि भ्रष्टाचार बढिरहेको र राप्रपाले आसन्न स्थानीय निर्वाचनमा स्थानीय तहको भ्रष्टाचारलाई प्राथमिकताका साथ उठाउने बताएका छन् । ललितपुरको चापागाउँमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भ्रष्टाचार देश विकासको मुख्य बाधकको रुपमा रहेको बताएका छन् । काँग्रेस, एमाले, माओवादी दलीय रुपमा मात्रै अलग हुन्, ठूला ठूला भ्रष्टाचारका काण्डमा तीन दलको मिलेमतो र संरक्षण रहेको आरोप लगाउँदै लिङ्देनले केन्द्रमा रहेको भ्रष्टाचारको महारोग स्थानीय तहमा पनि व्याप्त रहेकोमा चिन्ता व्यक्त गरेका छन् । लिङ्देनले देशको विद्यमान समस्याको समाधान सामान्य टालटुल गरेर नहुने भन्दै प्रणालीमा आमुल सुधार गर्नुपर्नेमा जोड दिएका छन्…

Read More