
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, २९ फागुन । सेवा निवृत्त कर्मचारी समाज झापाले भद्रपुर ८ स्थित भानु प्रा वि (आधारभूत विद्यालय) का विद्यार्थीका लागि ३ सय थान माक्स निशुल्क प्रदान गरेको छ । कोरोना संक्रमण टरिनसकेको भन्दै रोग सर्नबाट सचेत गराउन समाजले विद्यालयकी प्रधानअध्यापक सीता विमलीको रोहवरमा बाल क्लबकी अध्यक्ष अञ्जना राईलाई माक्स हस्तान्तरण गरेको हो । हिन्दु स्वयम सेवक संघ नेपाल र सेवा इन्टरनेशनलको संयोजनमा प्राप्त गरिएको माक्स समाजले सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रदान गर्ने क्रममा सो विद्यालयमा अध्ययनरत छात्र छात्राका लागि प्रदान गरिएको समाजका अध्यक्ष धनप्रसाद शिवाकोटीले जानकारी दिए । समाजका सचिव चेतनाथ भट्टराईको सञ्चालन तथा सदस्य उत्तम सुवेदीले सहजीकरण गरेको कार्यक्रममा विद्यालय…
विर्तामोड, २९ फागुन । नेपाल आईस पाचौँ झापा गोल्डकपको उपाधि भिडन्त सोमबार हुदैँछ । मुलककै चर्चित झापा गोल्डकपको पाचौँ संस्करणको उपाधिका लागि घरेलु टोली झापा ११ र विभागीय टोली त्रिभुवन आर्मीले प्रतिस्पर्धा गर्ने भएका छन् । बिर्तामोडस्थित होटल दि किङ्सबरीमा आईतबार आयोजित प्रि म्याच कन्फ्रेन्समा दुवै टोलिले उपाधि जित्ने दावी गरे । घरेलु टोलि झापा ११ ले यो पटक उपाधी सुरक्षीत गर्ने टिम प्रशिक्षक सन्तोष गुरुङले बताए । झापा ११ लगातार झापा गोल्डकपमा पाँचौ पटक फाईनलमा प्रवेश गरेको हो । गोल्डपको सबै संस्करणमा फाईनल पुगे पनि झापा ११ ले हालसम्म उपाधि जित्न सकेको छैन् । झापा ११ का कप्तान बिशाल…
बिर्तामोड, २९ फागुन । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले झापा गोल्डकपका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको छ । गोल्डकपको पाँचौं संस्करण चलिरहँदा शनिबार शिक्षा सहकारी संस्थाले बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा पुगेर उक्त सहयोग प्रदान गरेको हो । खेलकुदको विकास, स्थायित्व र खेलप्रेमी तथा खेलाडीको उत्साहका लागि सहयोग रकम उपलब्ध गराइएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताए । अध्यक्ष न्यौपानेले आपसी समन्वय, सहयोग र सद्भावबाट झापा गोल्डकपको गरिमा अझ बढ्दै गएकाले यस प्रकारका सहयोगलाई सबैले निरन्तरता दिँदै जानुपर्नेमा जोड दिए । अध्यक्ष न्यौपानेको नेतृत्वमा उपाध्यक्ष हेमराज मिश्र, सञ्चालकहरु चीजा राई र लक्ष्मीप्रसाद घिमिरे तथा संस्थाका ऋण अधिकृत राजेन्द्र पोखरेलको…
विर्तामोड, २९ फागुन । विर्तामोड नगरपालिका वडा नं – ५ महिला भलिबल टिमको आयोजनामा एक दिने अन्तर कलेज महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको प्रतियोगिताको उपाधि कन्काई कलेजले हात पारेको छ।प्रतियोगितामा आयोजक वडा नं ५ महिला भलिबल टिमलाई कन्काई कलेजले सोझो सेटमा उपाधि रक्षा गरेको थियो । खेलको उत्कृष्ठ खेलाडी कन्काई कलेजको नेहा लिम्बू भएको कन्काई कलेजका टिम व्यवस्थापक खुम खड्काले बताए । प्रतियोगिताको आयोजित कार्यक्रममा वडा ५ का अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन, वडा ५ का वडा सदस्यहरु लक्ष्मी प्रसाद बास्कोटा, डि आर कडरिया, प्रकृति फाउण्डेशनका महासचिव अनिता कन्दङवा, झापा बास्केटबल एशोसियनका अध्यक्ष प्रकाश लिङ्देन, वडा…
बिर्तामोड , २९ फागुन । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी झापा गोल्ड कपमा आउने भएका छन् ।अलमुताइरी फाइनल खेलका दिन फागुन ३० गते डोमालाल राजवंशी रंगशालामा उपस्थित हुने पक्का भएको हो । उनले झापा आउनेबारे आफ्नो फेसबुक स्टाटसमा समेत उल्लेख गरेका छन् ।प्रतियोगितालाई थप उत्साह प्रदान गर्न उनलाई झापा बोलाइएको झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।उनी खेल अवधिभर मैदानमा रहने छन् । कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएपछि नेपालले पहिलोपटक साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलेको थियो ।एएफसी कोचिङ इन्स्ट्रक्टर समेत रहेका अब्दुल्लाह नेपाली टिमका हालसम्मका…
भद्रपुर, २९ फागुन । झापाको अर्जुनधारा र मेचीनगर नगरपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित शनिबार बेलुका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–१२ का ४५ वर्षीय कुमार राजवंशी र झापा अर्जुनधारा–४ भाङबारीका ३६ बर्षीय रेसबहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राजवंशीलाई शनिबार बेलुका ४ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले मेची पुल छेउबाट ४ ग्राम ब्राउनसुगरसहित र सार्कीलाई बेलुका ७ बजे अस्थाई प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले घरमै २ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाउपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मोरङ, २९ फागुन । मोरङको रंगेली नगरपालिका २ मंगलबारे स्थित विराटनगर आमबारी सडक खण्डमा मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु र एक जना घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल पछाडी सवार विराटनगर महानगरपालिका ५ का ४१ बर्षीय बलराम बर्तोला रहेका छन् भने चालक विराटनगरकै १६ बर्षीय कमल भन्ने कुनाल बर्तौला घाईते भएका छन् । हिजो दिउसो साँढे २ बजे पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश न ०१–०४–००१ प ७१६४ नंम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना भएको थियो । उक्त दुर्घटनावाट घाईते भएका बलरामको उपचारको लागी कोशी अस्पताल पुर्याउन साथ मृत्यु भएको थियो भने घाईते कुनालको गोल्डेन अस्पताल विराटनगरमा उपचार भईरहेको…
झापा, २९ फागुन । वर्तमान गठबन्धन सरकारमा मन्त्रीका लागि कसकसलाई सिफारिस गर्ने भन्ने विषयमा निर्णय गर्न बोलाइएको जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवले भनेका थिए, सरकारमा जान धेरै साथीले चाहना राख्नुभयो । हामीलाई थोरै कोटा छ। अहिले केही साथीलाई पठाऔँ। ६ महिनापछि पुरानालाई फिर्ता बोलाए नयाँ टिम पठाऔँ।ु यादवको उक्त प्रस्तावमा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले पनि सहमति जनाएका थिए। कार्यकारिणी र संसदीय दलको बैठकपछि यादवले सरकारमा चार नेतालाई पठाए। सुरुमा प्रमोद साहको नाम पनि राखिएको थियो। नामावली सूची प्रधानमन्त्रीलाई बुझाउने बेलामा भने साहको ठाउँमा महेन्द्र यादवलाई राखियो। सरकारमा जान नपाएपछि सांसद साह, प्रदीप यादवलगायत आक्रोशित…
झापा, २९ फागुन । आदिवासी जनजाति महासंघ मेचीनगर–१४ ले एक दिवसीय खाना महोत्सवसहित लोक–सांस्कृतिक कार्यक्रम झापाको धाइजनमा सम्पन्न गरेको छ । शनिबार ११ जातीको बसोबास रहेको झापाको मेचीनगरका सबै जात–जातिले आआफ्नो खानाको परिकार प्रर्दशनी गरेका थिए । साथै सास्कृतिक विभिन्न दर्जनबढि जाति वा संघसंस्थाले आआफ्नो जातीको लोक तथा मौलिक झल्कने खानाको परिकार, पोशाक, शृगारका सामाग्रीको स्टल नै राखेका थिए। लोक तथा मौलिक झल्कने सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । मेचीनगर लोक तथा मौलिक झल्कनेपालिकाका मेयर बिमल आचार्यको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा ११ जातीले बनाएको खानाको परिकार आगन्तुक अतिथिलाई बितरण गरिएको थियो । कार्यक्रममा नेपाल र भारतका विभिन्न ठाँउबाट सास्कृतिक झाकीसहित…
भद्रपुर, २९ फागुन । जेष्ठ नागरिक जिल्ला संघ झापाले ९ औं वार्षिक सभाका अवसरमा विर्तामोडमा विविध कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष हरिप्रसाद ओलीको अध्यक्षता तथा विर्तामोड नगर प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा असल बुहारी, उत्कृष्ट चिकित्सक, जग्गादाता, अग्रज व्यक्तित्व लगायत उत्कृष्ट व्यक्तित्व सम्मान सहितको कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विर्तामोड ४ का १०० वर्षीय मुक्तिनाथ तिम्सेना, ९२ वर्षीया धनमाया गौतम, तुलसादेवी उप्रेती, भद्रपुर ६ का टहलदास अधिकारी, शंकरप्रसाद गौतम, डा. टंकप्रसाद बाराकोटी लगायत १५ जनालाई सम्मान गरिएको थियो । जयप्रसाद संग्रौला र धनप्रसाद शिवाकोटीले सहजीकरण गरेको कार्यक्रममा उत्कृष्ट व्यक्तित्व तुलसादेवी उप्रेती, डा. टंकप्रसाद बाराकोटी, गणेशप्रसाद खनाल लगायतले…