झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काँकरभिट्टा, ३ बैशाख । प्रदेश नंं. १ का कृषिमन्त्री झलकसिंह दर्लामी (सन्देश) ले धार्मिक आस्था मानिसको व्यक्तिगत स्वतन्त्रता र अधिकार भएको बताएका छन् । काँकरभिट्टास्थित मेची सामुदायिक भवनमा आयोजित नेपाल बौद्ध धर्म संरक्षण समाज मेचीनगरको प्रथम अधिवेशनमा बोल्दै मन्त्री मगरले धर्मलाई राजनीतिसँग जोडेर हेर्न नहुने बताए । ‘धर्म र आस्था मानिसको व्यक्तिगत स्वतन्त्रता हो,’ उनले भने, ‘धर्म र आस्था राज्यको हुँदैन ।’ मन्त्री मगरले यदाकदा धर्म र आस्थालाई राजनीति र राज्यसँग जोडेर अलग बनाउने प्रयास भइरहेको टिप्पणी गरे । आफ्नो धर्म, संस्कृति र पहिचानलाई संरक्षण गर्न एकीकृत प्रयासको खाँचो रहेको पनि उनले औँल्याए । मन्त्री मगरले धार्मिक आस्थामा स्वतन्त्रता भएकाले…

Read More

काठमाडौं ,०३ बैशाख । बाल अभियन्ता प्रेन्सा रेग्मीलाई जनसेवाश्री पदक विभुषण प्रदान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बाल अभियन्ता प्रेन्सा रेग्मीलाई जनसेवाश्री पदक विभुषण प्रदान गर्नु भएको थियो । संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मानपदवीबाट विशिष्ट व्यक्ति, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई सुशोभन गर्नुभएको हो । गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषित नेपाल रत्न मानपदवी, जनसेवाश्रीबाट विभूषण प्रदान गरिएको हो । बालअभियन्ता प्रेन्सा रेग्मी सानै देखि सामाजिक कार्यमा सक्रिय रहेकी छन् भने कोरोना महामारी अग्रपंक्तिमा रहेर काम गरेकी थिईन ।

Read More

झापा, ३ बैशाख । लोसपाका पार्टी अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो दुवै गठबन्धनका शीर्ष नेताहरूसँग चुनावी तालमेल तथा सिट बाँडफाँटको छलफलमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग ठाकुर र महतो समानान्तर रूपमा छलफल गरिरहेका छन् । जुन गठबन्धनमा आफूलाई बढी फाइदा हुन्छ सोही गठबन्धनमा सहभागी हुने रणनीति लोसपाको छ । लोसपाको तराई मधेसमा राम्रो प्रभाव रहेको छ । यस्तै, मधेसको नयाँ तर शक्तिशाली भनिएको डा। सिके राउत नेतृत्वको जनमत पार्टी कुनै पनि गठबन्धनमा सहभागी भइसकेको छैन । जनमत पार्टीसहित हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपाल (जप्रपा), वृशेषचन्द्र लाल नेतृत्वको…

Read More

झापा, ३ बैशाख । स्थानीय तह निर्वाचनमा प्रदेश १ मा १ हजार ८ सय ७७ मतदानस्थलमध्ये ३ सय २१ मतदानस्थल ‘अति समवेदनशील’ रहेको सुरक्षा निकायको विश्लेषण छ । जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदानस्थललाई ३ तहमा वर्गीकरण गरेको छ । सो वर्गीकरण अनुसार १४ जिल्ला रहेको प्रदेशमा ४ हजार ५१ वटा मतदान केन्द्र र १ हजार ८७७ मतदानस्थलमध्ये ३२१ मतदान केन्द्र अति समवेदनशील वर्गीकरण गरिएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविनराज राईले जानकारी दिए । उनका अनुसार प्रदेशमा ८४९ वटा मतदानस्थल समवेदनशील र ७०७ वटा सामान्य छन् । प्रदेशमै सबैभन्दा बढी झापामा ‘अति समवेदनशील’ मतदानस्थल…

Read More

झापा, ३ बैशाख । प्रदेश १ मा राप्रपा र लिम्बुवान पनि गठबन्धनमा मिसिएका छन् । गठबन्धनमा राजेन्द्र लिङ्देनले नेतृत्वको गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक संघीय लिम्बुवान राष्ट्रिय मञ्च पनि सहभागी भएको हो । सुनसरीको इटहरीमा बसेको गठबन्धन दलको बैठकमा राप्रपाका तर्फबाट प्रदेश १ का अध्यक्ष राम थापा र लिम्बुवानका केन्द्रीय महासचिव अशोक चेम्जोङको सहभागिता थियो । ‘बैठकमा राप्रपालाई १ नम्बर प्रदेशमा गठबन्धनमा समावेश गरेर जाने निर्णय भयो,’ माओवादी केन्द्र प्रदेश १ का उपाध्यक्ष शिवकुमार डाँगीले भने, ‘अब राप्रपा र लिम्बुवान पनि गठबन्धनमा सहभागी भएका छन् ।’

Read More

झापा, ३ बैशाख । नेपालमा सञ्चालित सहकारी संस्थाले अब उद्योग खोल्न पाउने भएका छन् । सरकारबाट अनुमति प्राप्त सहकारी संस्थाहरूले उद्योग खोल्न पाउने सम्बन्धी नयाँ व्यवस्था सरकारले गरेको छ। औद्योगिक व्यवसाय ऐनमा सहकारी संस्थालाई उद्योग खोल्न दिने व्यवस्था भए पनि नियमावली बन्न नसक्दा यो कार्यान्वयनमा आउन सकेको थिएन। सरकारले गत साता औद्योगिक व्यवसाय नियमावली राजपत्रमा प्रकाशित गरेसँगै अब सहकारी संस्थाहरूले पनि उद्योग खोल्ने बाटो खुलेको छ। उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी चार प्रकारका सहकारी संस्थाले मात्र उद्योग खोल्न पाउने बताउँछन् । उनका अनुसार उत्पादक सहकारी संस्था वा संघ, उपभोक्ता सहकारी संस्था वा संघ, श्रमिक सहकारी संस्था वा संघ र बहुउद्देश्यीय…

Read More

भद्रपुर, २ बैशाख । नेपाली कांग्रेस भद्रपुर ९ ले नयाँ वर्ष २०७९ तथा सिरूवा पर्वको अवसर पारेर विविध साँस्कृतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान सम्पन्न गरेको छ । वडा सभापति चेतनाथ भट्टराइको सभापतित्व तथा पनेपाली कांग्रेस झापा जिल्ला उप–सभापति केशवराज पाण्डेको प्रमुख आतिथ्यमा साँस्कृतिक कार्यक्रमका साथ शुभकामना आदनप्रदान गरिएको हो । कार्यक्रममा नेपाली काँग्रेस झापा ३ नम्वर क्षेत्रीय सभापति गणेश पोखरेल, महाधिवेशन प्रतिनिधि गोमा भट्टराई, जिल्ला सदस्य रमेश पोखरेल, क्षेत्रीय प्रतिनिधि अल्छिया राजवंशी, नगर सहसचिव नन्दु राजवंशी लगायतले शुभकामना दिएकका थिए भने कार्यक्रममा स्थानीय कलाकारले राजवंशी संस्कृति झल्कने विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । वडा सचिव चिरञ्जीवी भट्टराईले कार्यक्रमको उद्देश्यमाथि…

Read More

झापा, २ बैशाख । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सत्ताधारी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्टिय जनमोर्चादेखि प्रमुख प्रतिपक्षमा रहेका दल नेकपा एमालेसम्म तालमेलको कसरतमा जुटेका छन् । पाँच दलीय सत्ता गठबन्धन स्थानीय तह निर्वाचनमा केन्द्रको महानगरदेखि गाउँपालिकासम्म नै तालमेलको पक्षमा उभिने निर्णय गरिसकेको छ । यसैगरी, प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले पनि तालमेलका लागि साना दलसँग सहकार्य गर्दै अघि बढेको छ। एमालेले बुधबार मात्रै कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपालसँग चुनावी तालमेलको सहमति गरेको हो । सहमतिअनुसार राप्रपाका उम्मेदवार आउँदो स्थानीय तह निर्वाचनमा सूर्य चिह्न लिएर चुनावी मैदानमा उत्रिने भएका हुन्…

Read More

झापा, २ बैशाख । अरू बेला असारमा पानी पर्दै गर्दा बन्ने बाटा र ढलजस्ता निर्माणकार्य यस वर्ष फागुन, चैतमै भए । चालू आर्थिक वर्ष २०७८÷०७९ सकिन अझै तीन महिना बाँकी छँदै त्यस्ता केही आयोजना बन्द पनि भइसके । आर्थिक वर्ष समाप्त हुन लाग्दा हतार गरेर काम गरिने र त्यस्ता कामको गुणस्तर कमजोर हुनेहुँदा त्यसलाई असारे विकास भन्ने गरिन्थ्यो । अरू बेला भर्खर–भर्खर सुरु हुने काम यस वर्ष भने वैशाख नलाग्दै त्यस्ता केही आयोजना सकिएका हुन् । सामान्यतः असारमा हुने विकास निर्माणकार्य चैतमै सकिएका हुन् । यो वर्ष स्थानीय तह निर्वाचन हुने भएकाले सबै स्थानीय तहको सरकारबाट हुने चालू आवका विकासका…

Read More

झापा, १ बैशाख । आज विक्रम संवत् दुई हजार उनानअसी (२०७९) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा।डा। माधव भट्टराई बताउछन् । “विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण…

Read More