
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २६ फागुन । झापाको अर्जुनधाराबाट २० वर्ष दाम्लोमा बाँधिएका एक युवकको उद्धार गरिएको छ । मेची अभियानको सक्रियतामा मानसिक सन्तुलन गुमाएका एक युवकको उद्धार गरिएको हो । अर्जुनधारा नगरपालिका–१का २६ वर्षीय रोशन ढुङ्गेललाई अभियानले उद्धार गरेको हो । उनलाई उपचारका लागि सोमबार नै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको अभियानका सदस्य कौशल भण्डारीले बताए । सामान्य अवस्थामै जन्म भएका ढुङ्गेल २ वर्षको हुँदा बिरामी भएका थिए । त्यस बेला उपचार गरिएन । धामी झाँक्रीको भर परियो, ढुङ्गेलका बाबु दुर्गाप्रसादले भने– ‘पछि बिराम त जाति भयो, तर यस्तो खालको समस्या उत्पन्न भयो ।’ दुर्गाप्रसादले २ वर्षको उमेरदेखि रोशनको बोली…
झापा, २६ फागुन । आगामी निर्वाचनमा गठबन्धन नगर्ने भन्दै नेपाली काँग्रेसका शीर्ष नेताहरुले दिएको अभिव्यक्तिप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाउनुभएको छ । माओवादीकै बलमा काँग्रेसको नेतृत्वमा सरकार बनेको स्मरण गर्दै उहाँले अपमानजनक रुपमा कांग्रेसका नेताहरुले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउनुभएको हो । एमसीसी सम्झौता संसदबाट पारित गर्ने क्रममा कांग्रेसका सांसद डा मीलेन्द्र रिजालले माओवादी नीतिलाई लक्षित गर्दै अभिव्यक्ति दिनुभएको थियो । रिजालको अभिव्यक्तिले माओवादीका नेताहरु असन्तुष्ट बन्दै आएका छन् । अन्तिम अवस्थामा माओवादीले एमसीसी पारित गर्ने निर्णय गरेको भन्दै रिजालले संसदमा माओवादीको धज्जी उडाउने गरी अभिव्यक्ति दिनुभएको थियो । आजको नेपालसमाचार पत्र दैनिकमा छ ।
झापा, २६ फागुन । चुनावी तालमेललाई लिएर सत्ता गठबन्धनमा एकमत छैन। माओवादी केन्द्र र एकीकृत समाजवादी चुनावी गठबन्धन कायम गर्न चाहन्छन्। तर, कांग्रेसभित्रै चुनावी तालमेलका विषयमा मतभेद छ। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा चुनावी तालमेलको पक्षमा छन् भने संस्थापनइतर एक्लै चुनावमा जानुपर्ने अडानमा छ। वैशाख ३० को स्थानीय तहको निर्वाचन नजिँकिदै गर्दा गठबन्धनभित्र चुनावी तालमेलको विषय तीव्र बहसको विषय बनेको छ। शीर्ष नेताहरु चुनावी तालमेल गर्न एकमत देखिन्छन्। तर, अहिलेसम्म संस्थागत निर्णय हुन सकेको छैन। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्ता गठबन्धनमा सहमति भइसकेको दाबी गर्छन्। ‘आगामी निर्वाचनमा हामी मिलेरै जाने हो, सबै ठाउँमा मिल्न सकिँदैन भने पनि जति…
झापा, २६ फागुन । नेपाल अण्डा उत्पादक संघले बुधवारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । संघले चितवन जिल्लालाई आधार मानेर बढाएको मूल्य अनुसार ठूलो अण्डाको प्रतिक्रेट ३९५ रुपैयाँ र मध्यम अण्डाको प्रतिक्रेट ३६५ रुपैयाँ पुगेको छ । यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट ३६५ र मध्यम अण्डाको मूल्य प्रतिक्रेट ३३५ रुपैयाँ थियो । बढेको मूल्य अनुसार प्रतिअण्डाको गेट मूल्य १३ रुपैयाँ १६ पैसा भए पनि उपभोक्ता मूल्य भने १६ रुपैयाँ कायम गरिएको छ । उपभोक्ताको भान्सामा दैनिकजसो उपभोग हुने अण्डाको मूल्य बढ्दा किसानलाई भन्दा बिचौलिया तथा व्यापारीलाई बढी फाइदा हुने गरेको छ । मूल्य बढे पनि अहिले किसानले पाउने प्रतिगोटा…
झापा, २६ फागुन । संविधानसभाबाट संविधान निर्माण भएको ६ वर्ष बितिसक्दा पनि नागरिकतासम्बन्धी विद्येयक संसद्बाट सुल्झन सकेको छैन । नागरिकता समस्या हल गर्न संसद्मा पेस भएको तीन वर्ष बितिसके पनि नागरिकता विधेयकको टुंगो अझै लाग्न सकेको छैन । नागरिकता विद्येयक अघि नबढ्दा लाखौं नागरिक अनागरिक बन्नुपरेको छ । महिला कानुन विकास मञ्चको अध्ययनअनुसार नेपालमा नागरिकता लिन योग्य भएका तर नागरिकता नपाएकाको संख्या ७ लाख ८० हजार बढी छ । नागरिकताविहीनताको अवस्था हुँदा आउँदो वैशाख ३० को स्थानीय निर्वाचनमा मताधिकारबाट समेत वञ्चित हुनेछन् । संसद्बाट विधेयक पारित नहुँदा संविधानमा राखिएका नागरिकतासम्बन्धी कतिपय नयाँ प्रावधान कार्यान्वयन हुन सकेका छैनन् । यसले जन्मका…
झापा, २६ फागुन । बर्दियाकी तुलसी सुवेदीले मिर्गौला काम गर्न छाडेपछि डायलासिस गराउन थाल्नुभएको आठ वर्ष बितिसक्यो । अहिलेसम्म उहाँको मिर्गौला प्रत्यारोपण हुन सकेको छैन । तुलसीका श्रीमान्ले श्रीमतीलाई मिर्गौला दान गर्न तयार हुनुभयो तर उहाँलाई मधुमेहलगायतका रोग देखिएपछि हालसम्म मिर्गौला प्रत्यारोपण हुन नसकेको हो । विगत आठ वर्षदेखि डायलासिस गराइरहनुभएकी तुलसीका लागि अन्य आफन्तले पनि मिर्गौला दान दिन खोजे पनि मिलेन । अहिले तुलसी भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डायलासिस गराइरहनुभएको छ । नियमित डायलासिस धेरै बोझको जिन्दगी हो, तुलसीले भन्नुभयो, “हप्तामा दुईदेखि तीन पटकसम्म डायलासिस नगराइ बाँच्नै सकिँदैन ।” तुलसीको डायलासिस हप्तामा तीन पटक गर्नुपर्छ । हाल…
झापा, २५ फागुन । पछिल्लो ११ महिनामा आगलागीका घटनामा परी देशभर ८३ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७८ वैशाख १ देखि फागुन २४ गतेसम्मको अवधिमा आगलागीका घटनामा परी उनीहरुको ज्यान गएको हो । यो अवधिमा देशभर २ हजार ८६ वटा आगलागीका घटना रेकर्ड भएका छन् । यीमध्ये २ हजार २० वटा आगलागी घर, गोठ, उद्योग र कारखानामा भएका हुन् भने ६६ वटा जंगलमा । घर, गोठ, उद्योग र कारखानामा लागेको आगलागीमा परी ८० जना र जंगलमा लागेको आगलागीमा परी ३ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । आगलागीमा परी हालसम्म ३५२ जना…
बिर्तामोड, २५ फागुन । झापाको अर्जुनधारा–११ बाट प्रहरीले लागुऔषधसहितत तीन जनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०१–००२ह १०१ न. को अटो ट्याम्पुलाई शंका लागि चेकजाँच गर्ने क्रममा मंगलबार दिउँसो अटो चालकको सिट मुनि लुकाइ छिपाइ ल्याउदै गरेको प्रतिबन्धित लागुऔषध प्रहरीले बरामद गरेको हो । प्रहरीले लुपिजेसिक २०० एम्पुल, एबट २०० एम्पुल, डाइजेपाम २०० एम्पुल र नाइट्राभेट ३०० ट्याब्लेट सहित अटो, अटो चालक भद्रपुर–१ का २३ वर्षीय सुमन मिश्र, अटोमा सवार २७ वर्षीय युगल खत्री र सोही स्थानका २४ वर्षीय शंकर लिम्बलाई नियन्त्रण लिएको हो ।…
भद्रपुर, २५ फागुन । झापाको भद्रपुरबाट लागुऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । भद्रपुर नगरपालिका–५ नयाँ बजार र मेची पुलबाट वडा प्रहरी कार्यालय भद्रपुर र सशस्त्र प्रहरी बलको बिओपी.भद्रपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट प्रहरीले लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ पर्नेमा बारा निजगढ नगरपालिका–९ का २६ वर्षीय प्रकाश खुलाल र बझाङ सुर्मा गाउँपालिका–३ का २२ वर्षीय सञ्जय बोहरा रहेका छन् । उनीहरुको साथबाट Nitrazepam tablet IP ३० पत्ता (४५० ट्याबलेट), ट्रमाडोल २ पत्ता (१६ क्याप्सुल) बरामद गरेको छ ।त्यस्तै, बिर्तामोड–९ गरामनीका धनसिंह राजवंशी र बिर्तामोड–८ का रोशन शिवाको साथबाट…
बिर्तामोड, २५ फागुन । झापाको बिर्तामोड नगरपालिका–५ स्थित मित्रनगरमा आज दिउँसो एक युवा बन्द कोठाभित्र मृत फेला परेका छन् । बिर्तामोड–५ का २८ चिरञ्जिवी दाहाल रक्ताम्मे अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो । भित्रबाट ढोका लगाइएको अवस्थामा चिरञ्जिवीलाई आमा र हजुरआमाले बोलाउँदा नसुनेपछि ढोका जबरजस्ती खोलेका थिए । ढोका खोलेपछि हेर्दा रक्ताम्मे अवस्थामा फेला परेको र अस्पताल पु¥याउना साथ चिकित्सकले मृत घोषित गरेको प्रमुख आचार्यले बताउनुभयो । “घटनाको प्रकृति हेर्दा आफैँले छूरी प्रहार गरेर आत्महत्या गरेको जस्तो देखिन्छ”, उहाँले भन्नुभयो, “अहिले यसै भन्न सकिन्न, घटनाबारे अनुसन्धान भइरहेको छ ।” घटनास्थलबाट…