झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, १८ चैत । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) भद्रपुरको नगर कमिटी गठन भएको छ । नेकपा (माओवादी केन्द्र) भद्रपुर नगर कमिटीको आयोजना भएको भेलाले सम्झना सत्यालको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको हो । नवगठित कमिटीको सचिव गंगा लम्साल रहनुभएको छ । जिल्ला सदस्य शर्मिला खातिको अध्यक्षता र केन्द्रीय सदस्य सरु न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत पार्टी नगर कमिटी उपाध्यक्ष कुमारी सोर्णिका सिंहले गर्नुभएको थियो । प्रमुख अतिथि सरु न्यौपानेले हजारौं शहीदहरुको बलिदाबाट प्राप्त संविधानबाटै महिलाले अधिकार प्राप्त गरेको बताउनुभयो । उहाँले महिलाहरुले सही प्रतिनिधि पठाउन नसकेकै कारण पछिल्लो पाँच वर्ष उपलब्धिमूलक बन्न नसकेको…

Read More

विर्तामोड १८ चैत्र । आर्दश स्कुल अफ म्यानेज्मेन्ट विर्तामोडको प्रत्येक दुई महिनामा हुने “आर्दश चिन्तन ” कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थी तथा समुदाय माझ देशमै ख्याति प्राप्त व्यक्तित्व लाई समावेश गरिने यस कार्यक्रममा यो पटक अल्ट्र धाविका मिरा राई र कलेजका भुतपूर्व विद्यार्थी तथा नेपाल आइडल सिजन ४ का फस्ट रनर अप नामगेल तामाङलाई सम्मान गरिएको छ । निधि क्याम्पसमा प्रमुख रन्जित शाहको अध्यक्षतामा आर्दश ब्याङ्केट विर्तामोडको सभाहलमा भएको कार्यक्रममा अल्ट्र धाविक मिरा राइले आफ्नो जीवनी, उत्प्रेरणा कक्षा र अन्र्तराष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गरी पाएका विभिन्न विश्वर्कितिमानका बारेमा चर्चा केन्द्रित रहेको कार्यक्रममा विद्यार्थीहरुले उहाँले गरेको योगदानलाई उत्प्रेरणाको रुपमा विभिन्न…

Read More

विराटनगर, १८ चैत । झापाको मेचीनगर नगरपालिका–६ र मोरङको बिराटनगर महानगरपालिका–१५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउसो इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका झापा कन्काई नगरपालिका-३ का ३० बर्षीय अरुण प्रधानलाई २ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो भने लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले को २५ प ७६५८ नम्वरको मोटरसाइकलमा भारत जोगवनीबाट नेपालतर्फ आउँँदै गरेका सुनसरी इटहरी–४ का ४० वर्षीय राजेन्द्र केसीलाई ७ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भईरहेको छ ।

Read More

झापा, १८ चैत । आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेटले राजस्वमा थप दबाब सिर्जना गर्न सक्ने आकलन गरिएको छ। हरेक आर्थिक वर्षमा सरकारले बजेटको आकार बढाउँदै गएको छर बजेटको आकार बढ्दा राजस्वको लक्ष्य पनि बढ्दै गएको छ। राजस्वको लागि आयातकै भर पर्नुपर्ने हुन्छ, किनकि नेपालको कुल राजस्वमा आधाजति योगदान आयातबाट आउने राजस्वको रहेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको फागुन महिनासम्मको तथ्यांकअनुसार ४८।६३ प्रतिशत राजस्व आयातबाट संकलन भएको छ। राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई आगामी आवको बजेटका लागि १७ खर्व ४४ अर्ब रुपैयाँ बराबरको सिलिङ दिएको छ। बजेटको स्रोत पूरा गर्न सरकारलाई आयातमा नै भर पर्नुपर्ने देखिन्छ…

Read More

झापा, १८ चैत । प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेश १ को प्रतिनिधित्व गर्दै राष्ट्रिय छनौट प्रतियोगितामा भाग लिने तेक्वान्दो र थाई बक्सिङका खेलाडीहरुलाई बिदाई गर्नुभएको छ । मन्त्री राईले तेक्वान्दोका विभिन्न तौल समूहका २९ खेलाडी र थाई बक्सिङका २ खेलाडीको विदाई गर्नुभएको हो । तेक्वान्दोको पुरुष तर्फ पिताम्वर दाहाल (मोरङ) उत्तम राई (उदयपुर) अरुण डाँगी, रुद्र दनुवार, सिद्धार्थ प्रधान, श्याम थापा (झापा), जीवनकुमार तामाङ, संयोग लिम्वु, युकेश भट्टराई, शिव खड्का, आर्यन कट्वाल, सुसन थापा (सुनसरी), रोशन चौधरी (उदयपुर) सिजन बुढाथोकी, प्रवेश चापागाई (झापा), महिला तर्फ शुभना धिमाल, नेहा चौधरी, आश्मा राई (मोरङ) छोटी शेर्पा, निर्जला गुरुङ,…

Read More

झापा, १८ चैत । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्षसहित २७ जनाविरुद्ध विद्युतीकरण गर्दा भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालत काठमाडौंमा बिहीबार मुद्दा दर्ता गरेको छ। गाउँपालिकामा विद्युतीकरण गर्ने क्रममा सामानको मूल्यमा घोटाला गरेको, चाहिनेभन्दा बढी सामानको बिल बनाएर भ्रष्टाचार गरेको भन्दै गाउँपालिकाका अध्यक्षसहित विभिन्न वडाका विद्युत् उपभोक्ता समितिका पदाधिकारीविरुद्ध छुट्टाछुट्टै बिगो माग दाबी गर्दै मुद्दा दर्ता गरिएको हो। गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काविरुद्ध ४ करोड २१ लाख रूपैयाँ बिगो असुल उपर हुनुपर्ने माग दाबी लिइएको छ। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपानेविरुद्ध १ करोड १२ लाख ८२ हजार र तत्कालीन लेखापाल दुर्गाबहादुर डिम्दोङ तामाङविरुद्ध १ करोड २६ लाख…

Read More

झापा, १८ चैत । नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका तीन प्रहरी अधिकारीले बिहीबार फुली लगाए । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई डीआईजीबाट एआईजीमा बढुवा गर्ने निर्णय गरेपछि उनीहरूले बिहीबार नै फुली लगाएका हुन् । बढुवा भएका प्रहरी अधिकारीले फुली लगाएसँगै प्रहरीमा ‘आगामी नेतृत्वमा को रु’ भन्ने चर्चा सुरु भइसकेको छ । अब प्रहरीको नयाँ नेतृत्वका लागि चार जना एआईजी प्रतिस्पर्धामा उत्रने निश्चित भएको हो । विश्वराज पोखरेल र सहकुलबहादुर थापा यसअघि नै एआईजीमा बढुवा भएका थिए । पोखरेल थापाभन्दा अघि २०७७ मंसिरमा नै एआईजी…

Read More

झापा, १८ चैत । जनक शिक्षा लिमिटेडले हिजो बिहीबार मतपत्र छपाई शुरू गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरू ईश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर, सचिव गोकर्णमणि दुवाडी र प्रवक्ता शालिग्राम शर्मा पौडेल र केन्द्रमा तैनाथ प्रमुख सेनानीसहितको टोलीले छापाखाना अवलोकन गरेलगत्ते छपाई शुरू भएको हो। केन्द्रको मेसिन अवलोकन गर्न सानोठिमी पुगेका प्रमुख आयुक्त थपलियाले तोकेको समयमै काम सम्पन्न गर्न निर्देशन दिएका थिए । उनले सम्भौताअनुसार काम सम्पन्न गर्न निर्देशन दिदै केन्द्रको क्षमता देखाउन आग्रह गर्नुभएको थियो। त्यस क्रममा केन्द्रका महाप्रबन्धक अनिलकुमार भाले आयोग र सरकारको निर्देशनअनुसार काम गर्ने बताएका थिए । दिउँसो करिब २ बजे केन्द्र पुगेको आयोगका…

Read More

कनकाई, १७ चैत । आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेकपा माओवादी केन्द्र कनकाईले घोेषणापत्र निर्माण समिति गठन गरेको छ । आज भएको पार्टीको भेलाबाट पार्टीका कनकाई नगर अध्यक्ष यामनाथ सेडाईको संयोजकत्वमा ५ सदस्यीय स्थानीय निर्वाचन घोषणापत्र निर्माण समिति गठन गरेको हो । समितिको सदस्यहरुमा कृष्ण घिमिरे, वेदप्रसाद खतिवडा, शान्ता अधिकारी र जनार्दन उप्रेती रहनुभएको छ । यसैगरी लीलाराज झापालीको संयोजकत्वमा आइटी टीमको समेत निर्माण गरिएको छ । जसको सदस्यहरुमा आइपी भट्टराई, सिएम शर्मा, सुष्मा कुमाल र अमृत योङहाङ रहनुभएको छ । नेकपा माओवादी केन्द्र निर्वाचन परिचालन कमिटीकी केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य शुशिला साम्पाङ बर्षाको…

Read More

इटलीका पूर्व प्रधानमन्त्री सिल्वियो बर्लुस्कोनीले आफूभन्दा ५३ वर्ष कान्छी महिलासँग प्रतिकात्मक विवाह गरेका छन् । यसका तस्बिर पनि सार्वजनिक भएका छन् । जसमा ८५ वर्षका बर्लुस्कोनी, ३२ वर्षकी मार्ता फासिनासँग ‘प्रेमको उत्सव’ मनाइरहेको देखिएका छन् । स्मरण रहोस्, मार्ता फासिना आफैं पनि एक सांसद हुन् । यो समारोह मिलानको लेस्मो शहरको एक ऐतिहासिक स्थल विला गेर्नेटोमा भयो । यो समारोह विवाह जस्तै देखिएतापनि उनीहरुले आधिकारिक रुपमा विवाह भने गरेनन् किनभने यी दुईको परिवारबीच सम्पत्तिको विषयमा झगडा छ । बर्लुस्कोनीको यो निर्णयले उनीहरुका पाँच सन्तान असन्तुष्ट भएको बताइन्छ । वास्तवमा विवाहपछि बर्लुस्कोनीको ५ बिलियन पाउन्ड (८ खर्ब रुपैयाँ) को सम्पत्तिमा फासिनाको…

Read More