झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २७ फागुन । नेपाल र चीन अर्थात् रातमाटे–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारण लाइनको नेपाल खण्डको सम्भाव्यता अध्ययन सकिएको छ । नेपाल विद्युत् प्राधिकरणको टोलीले नेपाल खण्डमा बन्ने प्रसारण लाइनको सम्भाव्यता अध्ययन गरेको थियो । उक्त टोलीले अध्ययन गरेर प्रतिवेदनसमेत प्राधिकरणलाई बुझाइसकेको छ । नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन आयोजना प्रमुख कोमलनाथ आत्रेयले आयोजनाको सम्भाव्यता अध्ययन सकिएको बताएका छन् । उक्त अध्ययनले नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन बनाउन सम्भव रहेको देखाएको पनि बताए । ‘उक्त अध्ययनले प्रसारण लाइन बन्ने सम्भावना देखाएको छ । अब वातावरणीय प्रभाव मूल्यांकन र आयोजना विस्तृत प्रतिवेदन ९डीपीआर० बनाउने काम अगाडि बढ्छ,’ उनले भने, ‘वातावरणीय प्रभाव मूल्यांकनको काम चैतको पहिलो…

Read More

झापा, २७ फागुन । सरकारले सार्वजनिक खरिद नियमावलीको ११ औं पटक संशोधन गर्दै एउटा कम्पनीले एकपटकमा पाँचवटा मात्र ठेक्का लिन पाउने व्यवस्था गरेको छ । सरकारले अब ३ रुपैयाँसम्मको ठेक्का नेपाली कम्पनीले नै लिन पाउने व्यवस्था गरेको छ भने १० अर्बसम्मको विदेशी कम्पनीले लिने ठेक्कामा नेपालीलाई पनि अनिवार्य गरिएको छ । यसअघि १ अर्बसम्मको ठेक्का मात्र नेपाली कम्पनीले लिने पाउने व्यवस्थालाई संशोधन गरेर ३ अर्बसम्म पु(याइएको हो । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सार्वजनिक खरिद नियमावलीको ११ औं पटक संशोधन गर्दै अब ६० प्रतिशत काम सम्पन्न गरेको आधारमा मात्र पाँच वटाभन्दा बढी ठेक्का लिन पाउने व्यवस्था गरेको हो । एक मन्त्रीका…

Read More

बिर्तामोड,२६ फागुन । राष्ट्रिय खेलाडीका साथ मैदान उत्रेको घरेलु टोली झापा­–११ फुटबल क्लब पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको अन्तिम क्वार्टर फाइनलमा पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबलाई ५–१ को गोल अन्तरले पराजित गर्दै झापा ११ सेमिफाइनलमा प्रवेश गरेको हो । झापा­–११ का लागि विमल घर्ती मगर, विशाल राई बी, विश्वास श्रेष्ठले गोल गरे । खेलको ३१ औँ मिनेटमा झापाका विमल घर्ती मगरले पेनाल्टीमार्फत गोल गरे । सिक्किमका सागर गुरुङले झापाका रुपेश बर्तौलालाई डिएरियामा लडाएपछि पाएको पेनाल्टीमा विमलले गोल गरे ।५५ औँ मिनेटमा सिक्किमका पिन्सो भुटियाले अन गोल गरे । झापाका लागि तेस्रो गोल ५८…

Read More

बिर्तामोड, २६ फागुन । जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । कार्यालय परिसरमा आज पत्रकार सम्मेलनको आयोजना गरेर मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा एक भारतीय नागरिक र पाँच जना भद्रपुर नगरपालिकाका छन् । प्रहरीले उनीहरुले जिल्लाका विभिन्न स्थानबाट चोरी गरेको सात थान मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ पर्नेमा भद्रपुर–७ का २१ वर्षीय प्रकाश सहनी, २४ वर्षीय प्रकाश दर्जी, २१ वर्षीय दीपक उराउ, २२ वर्षीय दीपेश राजवंशी, भद्रपुर–१ का ३० वर्षीय बिर्ख लिम्बू र भारत किसनगञ्ज बिरखोर घर भई भद्रपुर नगरपालिका–६ समिम ग्यारेज…

Read More

बिर्तामोड, २६ फागुन । झापाको बिर्तामोडस्थित डोमालाल रंगशालामा जारी नेपाल आइस पाँचौ झापा गोल्ड कपमा झापा ११ सेमिफाइनल प्रवेश गरेको छ । झापा ११ ले रेड पाण्डा फुटबल क्लब सिक्किमलाई ५–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । झापा ११ को तर्फबाट खेलको ३१औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै बिमल घर्ती मगरले पहिलो गोल गरेका थिए । खेलको दोस्रो हाफको ८ मिनेटमा रेड पाण्डाले आत्मघाती गोल गर्दा झापा ११ ले २ गोलको अग्रता बनायो । त्यसको ४ मिनेटपछि झापा ११ का खेलाडी विशाल राईले झापाको लागि तेस्रो गोल गरे । झापाको तर्फबाट गरेको थुप्रै प्रहार रेड पाण्डाका गोलकिपर…

Read More

भद्रपुर, २६ फागुन । झापा मेचीनगर–५ मा एक महिलाको मृत फेला परेकी छन् । मेचीनगर–५ पिपलडाँडा चोककी ६८ वर्षीया अम्बिका कुँवर मृत फेला परेकी हुन् । घरबाट घाँस काट्न जान्छु भनि हिँडेकी उनी साँझसम्म घर नफर्किएपछि खोजतलाश गर्दै जाँदा उनको श्रीमान जगत कुँवरले घरदेखि २०० मिटर पश्चिम–दक्षिणमा रहेको लिलाराज देबकोटाको बाँझो खेतमा मृत अवस्थामा फेला परेका थिए । घटनाको जानकारी पाएलगत्तै सीमा प्रहरी चौकी नकलबन्दा, जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका साथै संघीय प्रहरी इकाइ धरान डग शाखाबाट पाँच जनाको टोली र दुई वटा कुकुर परिचालन गरिएको थियो ।घटनाको अनुसन्धानको क्रममा मेचीनगर–५ का २७ वर्षीय रणबहादुर बस्नेतलाई नियन्त्रणमा…

Read More

बिर्तामोड, २६ फागुन । झापाको कनकाई नगरपालिका–९ स्थित राजगढ–लक्ष्मीपुर सडक खण्डमा एम्बुलेन्सको ठक्करबाट बुधबार राति एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३५ वर्षीय उमेश थापा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मे.१च ५२५ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा गम्भीर घाइते भएका थापालाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो । अस्पताल पु¥याउना साथ चिकित्सकले थापाको मृत्यु भइसकेकये जनाएको थियो । दुर्घटनामा संम्लग्न एम्बुलेन्स र चालक अमर राज श्रेष्ठलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

Read More

बिर्तामोड,२६ फागुन। झापा गोल्ड कप अन्तर्गत आज अन्तिम क्वार्टर फाइनल खेल हुनेछ । खेलमा घरेलु टोली झापा ११ फुटबल क्लबले पहुना टोली सिक्किमको आरपी एफसीको सामाना गर्नु पर्ने छ । घरेलु टोली झापा ११ फुटबल क्लबले अधिकांश राष्ट्रिय खेलाडी मैदान उतार्ने भएको छ । झापा ११ फुटबल क्लबका मुख्य प्रशिक्षक सन्तोष गुरुङका अनुसार घरेलु टोलीको कप्तानी विशाल राईले सम्हल्ने भएका छन् । उनी पछिल्लो समय लिग विजेता मछिन्द्र क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् । झापाको टिम सदस्यहरुमा देवेन्द्र तामाङ, विश्वास श्रेष्ठ, विमल घर्ती मगर, आन्द्रेस मिया, सत्यम श्रेष्ठ, रुमेश बर्तौला, मनिष थापा, रामजीलगायतका राष्ट्रिय खेलाडी मैदान उत्रिने प्रशिक्षक गुरुङले…

Read More

झापा, २६ फागुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार व्यक्तिलाई सूचिकृत हुन आग्रह गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत मन्त्रालयले सूचना जारी गर्दै बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दर्ता गर्न आग्रह गरेको हो । प्रत्येक नेपाली नागरिकलाई रोजगारीको हक प्रत्याभूति गराउन तोकिएको मापदण्ड पूरा गरेका नागरिकले रोजगारीको हक सम्बन्धी नियमावली, २०७५ को नियम ७ बमोजिम आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा फागुन निवेदन दिनु पर्नेछ । फागुन महिना भरी आर्थिक वर्ष २०७९–०८० को लागि निवेदन दिन मन्त्रालयले आग्रह गरेको छ । निवेदन दिने व्यक्ति १८ देखि ५९ वर्ष उमेर…

Read More

झापा, २६ फागुन । केही दिनयता उल्लेखनीय मौसमी प्रणाली नरहेको नेपालमा बुधबार रातिबाट पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव पर्न सुरु भएको मौसमविद्ले बताएका छन्। तर यो कमजोर किसिमको प्रणाली भएकाले खासै ठूलो वर्षा वा हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए। ् मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारीको गरेको बुलेटिनअनुसार यतिबेला सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ। दिउँसो भने सुदूरपश्चिम, कर्णाली, गण्डकीका साथै प्रदेश नं १ का पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदली रहनेछ। पहाडी भेगमा…

Read More