झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १० चैत । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ । तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताए । शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो । भन्सार विभागबाट आज रिपोर्ट आउनासाथ मल राजधानी पठाइने गौतमले बताए । बोलपत्र पाएपछि छ महिनाअघि शिल्कले पहिलो खेपमा एक हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ । रासायनिक मलको चर्को अभाव झेल्दै आएका नेपाली किसानलाई यसले राहत दिने बताइएको छ । बाँकी आठ हजार ५०० मेट्रिक टन मल ल्याउन…

Read More

झापा, १० चैत । झापाको मेचिनगर नगरपालिका–१० बाट लागुऔषध सहित आमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानकी ४५ वर्षीया मैनी खातुन र छोरा २५ बर्षीय मेबुव आलम रहेका छन् । बिषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारी र लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले खातुनको घरमा चेक जाँच गर्दा ९ ग्राम ३२ मिलिग्राम ब्राउनसुगर, २४ ग्राम गाँजा, डिजिटल तराजु १ थान नगद ९ हजार ५ सय साठी रुपैया र बिभिन्न कम्पनीका मोवायल ९ थान बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका आमा छोराको इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा, १० चैत । स्थानीय तहको निर्वाचन नजिकएसँगै मधेस प्रदेशमा राजनीतिक दलले चुनावी गतिविधि तीव्र पारेका छन् । विभिन्न दलका शीर्ष नेताहरूले निर्वाचनमा आ(आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेका छन् । चैतको सुरूआतसँगै मधेसमा पार्टी प्रवेशको लहर चलेको छ । चुनावमा उम्मेदवार बनाएर जिताउनेसम्मका आश्वासन दिएर अर्को पार्टीका नेता(कार्यकर्ता तान्न शीर्ष नेता नै सक्रिय बनेका छन् । एमाले, कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, नेकपा एकीकृत समाजवादी, राप्रपाबीच कार्यकर्ता तान्ने होडबाजी चलेको छ। पार्टी प्रवेशको लहरलाई निर्वाचनसँग जोडेर हेरिएको छ। नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष…

Read More

झापा, १० चैत । सम्झौता भएको छ वर्ष पूरा भइसक्दा पनि नेपाल–चीन व्यापार तथा पारवहन सम्झौता कार्यान्वयनमा आउन सकेको छैन । चीन हुँदै तेस्रो देशसँग व्यापार गर्न पाउने सुविधा समेटिएको उक्त सम्झौताका सम्पूर्ण प्रक्रिया पूरा भए पनि नेपालले अहिलेसम्म त्यसको व्यावहारिक प्रयोग गर्न पाएको छैन । बरु कोभिड–१९ सङ्क्रमणको कारण देखाउँदै चीनसँगका मुख्य दुई भन्सार नाकाबाट चीनसँग नै सहज व्यापार हुन सकेको छैन । सम्झौताअनुसार नेपालले चीनका ल्हासा, लान्झाउ र सिगात्से गरी तीन सुक्खा बन्दरगाह र तियान्जेन, लियान्युन्झ्याङ, झाइजिङ र सेन्जेन गरी चारवटा सामुद्रिक बन्दरगाह प्रयोग गर्न पाउने प्रावधान छ तर नेपालले अहिलेसम्म यी कुनै पनि बन्दरगाहको प्रयोग गरेर तेस्रो…

Read More

झापा, १० चैत । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा आकाङ्क्षी उम्मेदवारहरू पनि बढ्दै गएका छन्। अझ प्रमुख सत्ताघटक दल नेपाली काँग्रेसभित्र त एक पदका लागि दर्जनौँ नेता आकाङ्क्षी देखिएका छन्। देशभरबाट प्राप्त समाचार हेर्ने हो भने ७ सय ५३ स्थानीय तहको प्रमुखको मात्र आकाङ्क्षी नेता ७ हजारभन्दा बढी हुने अनुमान छ। त्यस्तै, आकाङ्क्षी उपप्रमुख र वडा अध्यक्षको सङ्ख्या त आवश्यकभन्दा २० औँ गुणा बढी छ। नेपाली काँग्रेसका उम्मेदवारबारे अन्तिम निर्णय र घोषणा गर्ने निकाय संसदीय समिति हो। काँग्रेसमा प्रतिनिधिसभा संसदीय समिति, जिल्ला संसदीय समिति, प्रदेश संसदीय समिति र केन्द्रीय संसदीय समिति गरी चार तहको संसदीय समितिहरू…

Read More

झापा ९ चैत्र । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौं संघीय महाधिवेशनले गजुरधन राईको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गरेको छ । महाधिवेशनले अध्यक्ष, महासचिवलगायत अधिकांश पदहरुमा सर्वसम्मत नेतृत्व चयन गर्यो भने केही खुला उपाध्यक्ष, अल्पसंख्यक उपाध्यक्ष, सचिवलगायतका केही पदमा निर्वाचन भएको थियो । महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा लक्की चौधरी‚ उपाध्यक्षहरु अमरध्वज लामा (खुला)‚ सरु राना (महिला), जगत दोङ (संस्थागत), कमन देवान (अल्पसंख्यक) निर्वाचित भए । त्यसैगरी महासचिवमा मिलन लिम्बू‚ सचिवहरु बुद्धवीर बाहिङ राई‚ समीर बलामी‚ विश्वराज तामाङ खुलातर्फ निर्वाचित भए भने सचिव अञ्जना शिल्पकार (महिला)‚ छेटु शेर्पा (संस्थागत) र यमन दनुवार (अल्पसंख्यक) निर्वाचित भए भने कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः चित्रबहादुर…

Read More

धुलाबारी, ७ चैत । नयाँ पुस्ताका पत्रकारलाई खोज पत्रकारिताको अभ्यासमा महत्वपूर्ण सहयोग पुगेको एक प्रशिक्षणका सहभागीले बताएका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा धुलाबारीमा सञ्चालित स्थानीय सरकारका सवालमा दुईदिने खोज पत्रकारिता प्रशिक्षणका सहभागीले त्यस्तो बताएका हुन् । तालिम लिइरहदा अहिलेको पत्रकारिता हतारो र सतही रहेको आफूहरुलाई अनुभूति भएको बताउदै सहभागीले अब खोज पत्रकारिताको अभ्यास गर्ने बताए । सोमबार भएको प्रशिक्षण समापन समारोहमा सहभागीहरु रीता सापकोटा, अनिता विष्ट, खगेन्द्र घिमिरे र दिलिप थापाले आफ्ना अनुभूति सुनाएका थिए । सक्रिय सहभागी मध्ये विनिशा शर्मा र शिशिर चम्लागाईं पुरस्कृत भए । पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको समारोहमा नारी…

Read More

बिर्तामोड, ७ चैत । निर्वाचन नजिकिँदै गर्दा मतदाताहरुलाई मठ, मन्दिर, मस्जिद, गुम्बा आदिमा लगेर मतदाताको धार्मिक आस्थामाथि प्रहार भएको भन्दै नेकपा माओवादी केन्द्र झापाले त्यसको विरोध गर्दै भत्र्सना गरेको छ । नेकपा एमालेका नेता तथा कार्यकर्ताले मतदातालाई भ्रमित र आतंकित बनाई धार्मिक स्थलमा लगेर भोटका लागि कसम खुवाउनेजस्ता मानव अधिकारविरोधी कार्य गरेको भन्दै भत्र्सना गरेको हो । माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाले सोमबार पत्रकार सम्मेलन गरी नेकपा एमालेका नेता कार्यकर्ताहरुलाई त्यस्तो खाले निर्लज्ज गतिविधि सच्याउन चेतावनीसमेत दिएको छ । ‘संविधानले ग्यारेन्टी गरेको धर्म निरपेक्ष देशमा चुनाव लक्षित धार्मिक मठ, मन्दिर, गुम्बा, मस्जिदआदि धार्मिक स्थलहरुमा गएर चुनाव लक्षित कार्यक्रम गर्दै…

Read More

झापा, ७ चैत । झापाको कमल गाँउपालिका–७ स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका-७ का२३ बर्षीय पाण्डव चौलागाई रहेका छन । हिजो दिउँसो पौने १२ बजे BR 38 T 5974 नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकल पछाडि सवार चौलागाई गम्भिर घाईते भई उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो भने मोटरसाईकल चालक खडका सामान्य घाईते भएकोमा दमक रिसर्च सेन्टर दमकमा उपचार पश्चात इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

Read More

वितामोड, ५ चैत्र । एपिवान च्यानल बाट प्रशारित गायन रियालिटी शो नेपाल आइडल सिजन ४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले जितेका छन् । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको प्राप्त भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेका हुन् ।उपाधिसँगै भूपेन्द्रले ट्रफीसँगै ३० लाख रुपैयाँ नगद प्राप्त गरे । नेपाल आइडल सिजन-४ मा झापाका नामगेल तामाङ फस्ट रनरअप र रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भए । उनीहरुले क्रमशः ५ लाख र ३ लाख रुपैयाँ प्राप्त गरे । झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमश तेस्रो र चौथों भए । उनीहरुले गिटार र १० लाख…

Read More