झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, ३० फागुन । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले पाँचौँ संस्करणको नेपाल आइस झापा गोल्डकपको उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा–११ फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै आर्मीले उपाधि हात पारेको छ । जीतसँगै आर्मीले नगद १२ लाख ५५ हजार रुपयाँ प्राप्त गरेको छ । उपविजेता भएको झापाले नगद ६ लाख पाँच हजार रुपैयाँमा चित्त बुझाएको छ । आर्मीले योसँगै चौथोपटक झापा गोल्डकपको उपाधि हात पारेको हो । फाइनलको पुरस्कार कांग्रेस नेता कृष्णप्रसाद सिटौला, मुख्य प्रायोजक सिजी ब्रुअरीका सिनियर जनरल म्यानेर प्रदिप पुडासैनी, विशेष प्रायोजक कणकण चियाका प्रबन्ध निर्देशक रिसब मित्तल, एन्फा अध्यक्ष कर्मा छिरिङ…

Read More

बिर्तामोड, ३० फागुन । झापा ११ फुटबल क्लबका फरवार्ड विशाल राई ‘ए’ लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । झापा गोल्ड कप आयोजक समितिले झापा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल अघि सोमबार विशाललाई अवार्डबाट सम्मानित गरिएको हो । अवार्डबाट सम्मानित हुनुअघि विशाललाई फाइनल खेल्ने दुवै टोलीका खेलाडीले गार्ड अफ अर्नर दिएका थिए । झापा ११ टोलीमा अहिले पनि रहेका विशाललाई यामाहा कम्पनीको मोटरसाइकल प्रदान गरिएको थियो । उनलाई झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेत, वरिष्ठ उपाध्यक्ष बलराम कार्कीले मोटरसाइकलको चाबी प्रदान गरेका थिए । विशालले झापा ११ र सिक्किमबीचको खेल यसपटक खेलेका थिए । यसअघि आयोजकले झापा ११ का…

Read More

बिर्तामोड, ३० फागुन । नेपाल आइस पाँचौँ झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले उचालेको छ । झापाको डोमालाल रंगशालामा आज भएको फाइनल खेलमा झापा–११ लाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । प्रतियोगितामा विजयी आर्मीले नगद रू १२ लाख ५५ हजार र उपविजेता झापा–११ ले रू छ लाख पाँच हजार हात पारेको छ ।

Read More

झापा, ३० फागुन । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनुपर्नेमा जोड दिएका छन् । झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा आयोजित नेपाल आइस पाँचौँ झापा गोल्डकपको समापन समारोहलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् । “मुलुक निर्वाचनमा प्रवेश गरिसकेको छ,” उनले भने, “आचारसंहिताको पूर्णपालना गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आग्रह गर्छु ।” दुई महिनाभित्र निर्वाचन सम्पन्न हुने बताउँदै उनले नेपाल अनुशासित लोकतान्त्रिक पद्धति र प्रगतिको मार्गमा अघि बढिरहेको सन्देश विश्वलाई दिनुपर्ने उल्लेख गरे । “जीत हार एउटा पाटो हो,” उनले भने, “परस्परमा हार्दिकता राखेर चुनाव सम्पन्न गर्नुपर्छ ।” नेता सिटौलाले खेलकुदको…

Read More

बिर्तामोड, ३० फागुन । झापा गोल्डकपको पहिलो हाफमा आर्मीले अग्रता लिएको छ । झापाको डोमालाल रंगशालामा भइरहेको फाइनल खेलमा आमीले दुई र झापा–११ ले एक गोल गरेको छ । आर्मीका लागि १८ औं मिनेटमा टेकबहादुर बुढाथोकी र २०औं मिनेटमा जर्ज प्रिन्स कार्की एक÷एक गोल गरे भने झापा–११ का लागि बिमल घर्ती मगरले २४ औं मिनेटमा एक गोल फर्काएका छन् । निकै प्रतिस्पर्धात्मक पहिलो हाफमा आर्मीको अग्रता तोड्न झापा ११ प्रयासरत रहेको थियो ।

Read More

बिर्तामोड, ३० फागुन । झापाको बिर्तामोडमा ‘श्रीमत्ततारतम सागर १०८ पारायण श्रीमत्तारतम सागर चर्चा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ’ हुने भएको छ । बिर्तामोड–१ निवासी हरिप्रसाद कडरिया, गंगादेवी कडरिया, यशोदा कडरिया लगायत कडरिया परिवारको आयोजनामा श्री तारतम महामन्त्र अवतरण भएको ४०० वर्ष पूरा भएको अवसरमा यही चैत ११ गदेखि १७ गतेसम्म सप्ताह ज्ञान महायज्ञ हुने भएको हो । महायज्ञको तयारी धमाधम भइरहेको आयोजक हरिप्रसाद कडरियाले बताउनुभयो । महायज्ञका लागि मुलुकभरका १९१ मठ मन्दिर र भारतका ३५ मठ मन्दिरमा निमन्त्रणा गरिएको उहाँले बताउनुभयो । ‘श्रीमत्ततारतम सागर १०८ पारायण श्रीमत्तारतम सागर चर्चा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ’मा दैनिक ५ हजार भक्तजन सहभागी हुने आयोजकले जनाएको…

Read More

झापा, ३० फागुन । दलीय चुनाव चिह्नमा निर्वाचन लड्न पाउनुपर्ने माग राखेर आन्दोलनरत ३७ साना दलको मागबारे निर्वाचन आयोगले सोमबार राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने भएको छ। आयोगले साना दलको माग सम्बोधन गर्ने सम्बन्धमा कानुनविद्सँग पनि छलफल गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिएका हुन् । उनले भने, ‘आयोगले साना दलको माग कुन रूपमा सम्बोधन गर्न सकिन्छ भनेर छलफल गर्न सोमबार राजनीतिक दलहरूसँग बैठक राखेको छ, कानुनविद्सँग पनि छलफल गर्दै जाने छौं।ु उनले साना दलहरू दलीय चिह्नमा चुनाव लड्न अहिलेको मौजुदा ऐनले नदिने भएकाले ऐनको अधीनमा रही के गर्न सकिन्छ भनेर छलफल गर्न लागिएको बताए। निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि…

Read More

झापा, ३० फागुन । नेपाल सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार दक्षिण कोरिया पठाउन नौ हजार ६५४ जनाको आबेदन खुला गर्ने भएको छ। बैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सोमबार सार्वजनिक सूचना प्रकाशन गरी आवेदन माग गर्ने जनाएको हो । सो शाखाका अनुसार २०२२–२०२३ मा दक्षिण कोरियाले उत्पादनतर्फ छ हजार २१४ हजार र कृषि तथा पशुपालनतर्फ दुई हजार ७४१ अमिक लैजाने भएका छन् । एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आबेदन दिन पाउने व्यवस्था छ। जुन क्षेत्रका लागि परीक्षा आवेदन फाराम भरेको हो भाषा परीक्षा उत्तीर्ण भएपछि त्यही क्षेत्रमा मात्र रोजगार आबेदन फाराम भर्नुपर्नेछ। सो शाखाका निर्देशक पुष्पराज कटुवालले कृषि तथा…

Read More

झापा, ३० फागुन । नेपाली भान्साको पहिचान नै हो( तोरीको तेल र धनियाँ । हामी यी सामान आफ्नै बारीको उत्पादन हो भनेर गर्व गछौँ। तर, वास्तविकता फरक छ। नेपालमा जति खपत हुन्छ त्यसको धेरै हिस्सा रूस र युक्रेनबाट भित्रिने गरेको छ। तर, रूसले युक्रेनमा आक्रमण गरेपछिको तनावका कारण आयात(निर्यात प्रभावित भएको छ। व्यापारको विश्वव्यापी आपूर्ति सञ्जाल नै खलबलिन पुगेको जानकार बताउँछन्। युक्रेन र रूसबाट ल्याइरहेको सामान अब अरू देशबाट ल्याउँदा धेरै महँगो पर्छ। युक्रेनबाट प्रत्यक्ष रूपमा १४ अर्ब ४२ करोड ३३ लाख ६१ हजार रुपैयाँबराबरको ४५ प्रकारका सामान भित्रिएको भन्सार विभागको तथ्यांक छ। नेपालले यही अवधिमा रूसबाट ४ अर्ब ३१…

Read More

बिर्तामोड, २९ फागुन । नेपाल प्रेस युनियन झापाले स्थापना गरेको अक्षयकोषमा विर्तामोड निवासी सिके–गिरिराजकुमारी प्रसाईका परिवारले ५० हजार रुपैया सहयोग हस्तान्तरण गर्नुभएको छ । आफ्नी स्वर्गीय आमा गिरिराजकुमारी प्रसाईंको बार्षिक पुण्यतिथिको अवसर पारेर छोरा–बुहारी विवेककेशरी–संगिता प्रसाई छोरीहरु रमिता प्रसाईं, नम्रता विष्ट, नातीहरु आयुष्मान, अनुदान र अपेक्षा प्रसाई एवं बहिनी रोशन कार्कीलगायतले उक्त रकम हस्तान्तरण गर्नुभएको हो । नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, पूर्व केन्द्रीय सदस्य लोकराज ढकाल, केन्द्रीय पार्सदहरु यज्ञप्रसाद पाठक, लक्ष्मी लुइटेल, रेजिना गौतम, सचिव डिल्लीराम घोर्सांई, सहसचिव स्वस्तिका आचार्यलाई प्रसाई निवासमै उक्त रकम हस्तान्तरण गर्नुभएको हो । सिके चिन्तन प्रतिष्ठानका संरक्षक समेत रहनुभएका विवेककेशरी– संगिता प्रसाईं…

Read More