झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १३ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८०९ जनामा कोरोना संक्रमण भएको छ । १०७४ जनाको पीसीआर परीक्षण गर्दा ४८५ र ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा ३२४ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८६, सुनसरीमा १३६, झापामा ७०, धनकुटामा १०, इलाममा ३, संखुवासभा र भोजपुरमा २–२, ताप्लेजुङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ७४ जनामा कोरोना संक्रमण भएको हो । मोरङको विराटनगरमा १३८, सुन्दरहरैचामा १०, पथरीशनिश्चरेमा ६, कटहरी र उर्लाबारीमा ५–५, बुढीगंगा र स्थानीय तह नखुलेका ४–४, बेलबारी, कानेपोखरी, रतुवामाई, जहदा र रंगेलीमा २–२, ग्रामथान, मिक्लाजुङ,…

Read More

बिर्तामोड, १३ माघ । झापाको बिर्तामोडबाट पाँच वर्षीया बालिकालाई करणी गरेको अभियोगमा बुधबार राति एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही बरथवा नगरपालिका–२ हजरियाका ३८ वर्षीय गंगा मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । बिर्तामोड–२ स्थित इटाभट्टामा काम गर्दै आएका मगरले सोही इटाभट्टा काम गर्ने एक महिलाकी पाँच वर्षीया छोरीलाई खेल्दै गरेको अवस्थामा कोठामा लगेर करणी गरेको भनेर पीडित बालिकाकी आमाले दिएको जाहेरीको आधारमा मगरलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । पीडितको उजुरीको आधारमा मगरलाई इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले पक्राउ गरेको थियो । मगरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान…

Read More

भद्रपुर, १३ माघ । भद्रपुर भन्सार कार्यालयले जग्गा अधिग्रहण गरेको १५ महिना बितिसके पनि प्रभावितहरूले मुअब्जा नपाएको भन्दै संघर्ष समिति गठन गरी न्यायका लागि आन्दोलनमा उत्रिएका छन् । करिव नौ विगाह क्षेत्रफलमा फैलिएको सो जग्गामा ३० परिवार वसोबास गरिरहेका छन् । १०६ कित्ता नम्बरी जग्गा रोक्का राखेर सरकारले अघोषित सुकुम्बासी बनाएको भन्दै स्थानीय संघर्ष समिति गठन गरेर न्यायको लडाइमा उत्रिएका हुन् । भन्सार कार्यालयले कार्यालय प्रयोजनका लागि सो स्थानको जग्गा अधिग्रहण गर्ने भनी २०७७ साउन २७ गते राष्ट्रिय स्तरको पत्रिकामा सूचना प्रकाशन गरी भूमि सुधार तथा मालपोत कार्यालय भद्रपुरमा जग्गा रोक्का आदेश गराएको थियो । जग्गा रोक्का राखेको डेढ वर्ष…

Read More

बिर्तामोड, १३ माघ । रियालिटी सो ‘सारेगमप लिटल च्याम्प’ को टप ५ मा पर्न सफल झापा बिर्तामोडकी कृपा पौडेललाई जिताउन अभियान सुरु गरिएको छ । कृपालाई जिताउन २५० बढी संघसंस्थाको अभियानमा साथ र सहयोग रहेको बिर्तामोड २ का वार्ड अध्यक्ष एवम् अभियानका संयोजक नगेन्द्र संग्रौलाले बताउनुभयो । उहाँले सामान्य परिवारकी कृपा झापाको शान भएकाले कृपा जिताऔं अभियान चलाइएको बताउनुभयो । बिर्तामोड–२ चारपानेकी १४ वर्षीया बाल गायिका कृपाका बुबा कुमार पौडेलले छोरीलाई भोट दिएर ‘सारेगमप लिटल च्याम्प्स नेपाल’ को जिताउन आग्रह गर्नुभयो । सानैदेखि सामाजिक मन भएकी कृपाको सुमधुर स्वरले जोकोहीको मन जित्न सक्छ । कृपाको प्रस्तुतले उनी अब्बल भइसके पनि…

Read More

झापा, १३ माघ । नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता तथा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो ‘मौसम’ले राष्ट्रिय सभा सदस्य निर्वाचनमा लालच र प्रलोभनमा परेर गम्भीर अन्तरघात भएको बताएका छन्। बुधबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश १ मा गठबन्धनको उम्मेदवारलाई हराउँदै एमालेका उम्मेदवार विजयी भएका हुन्। यसै सन्दर्भमा मन्त्री आङ्बोले बिहीबार बिहान टिप्पणी गरेका हुन्। ‘संघीयताप्रति चौतर्फी प्रहार भइरहेका बेला झन हामी १ नं प्रदेशका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू हाम्रो एजेन्डा, जनता, पार्टी अनि नेतृत्वप्रति इमानदार बन्न सकेनौं, लालच र प्रलोभनमा परेर भएको यो गम्भीर अन्तरघात कुनै पनि पार्टीको निम्ति क्ष्यम्म हुन्न’, मन्त्री…

Read More

बुद्धशान्ति, १३ माघ । बुधबारे जेसीजले आज जेसीजका पदाधिकारीहरूलाई प्रि(इन्डक्सन तथा लोम अफिसर तालिम प्रदान गरेको छ । अम्बिसन एकाडेमी बुद्धशान्ति(२ मा आयोजित तालिममा संचारकर्मी तथा बुधबारे जेसीजका निवर्तमान अध्यक्ष अनिल वाग्लेले तालिम प्रदान गरेका थिए । तालिममा सहभागीलाई पदाधिकारीको पदीय जिम्मेवारी, कर्तव्य, निभाउनु पर्ने भूमिका, सिकाईका आधारहरू र जेसीज इतिहासको बारेमा प्रशिक्षकले जानकारी गराएका थिए । अध्यक्ष मुकेश भट्टराईको सभापतित्वमा भएको तालिममा स्वागत मन्तब्य तालिम संयोजक गोकुल पौडेलले राखेका थिए । पूर्व अध्यक्ष रमेश बराल, नन्दकुमार याफू राईको आतिथ्यता रहेको तालिममा जेसीज आस्था गजुहाङ योङहाङले प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन महासचिव अर्जुन ढकालले गरेका थिए ।

Read More

झापा, १३ माघ । मोरङ र भोजपुरबाट प्रहरीले लागुऔषधसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । भोजपुर नगरपालिका–१० बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले केरावारी गाउँपालिका–१० का २९ बर्षीय सुमन तामाङ र धर्मदेवी नगरपालिका–५ का ३७ बर्षीय दलबहादुर तामाङलाई २ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । त्यस्तै, मोरङका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट ओसार पसारमा संग्लग्न २ जना भारतिय नागरिक सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा…

Read More

मोरङ, १३ माघ । मोरङको बेलवारी नगरपालिका–९ डाँगा बजारका ३५ बर्षीय जयबहादुर खत्रीलाई आफ्नै बुबाको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । बुधबार राति साँढे १० बजेको समयमा खत्रीले आफ्नै बुबा ८० वर्षीय दलबहादुर खत्रीको घाँटी थिचेर हत्या गरेको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले खत्रीलाई पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरेर आएका खत्रीले घरायशी विषयमा बुबासँग वादविवाद गरेको र वादविवादकै क्रममा रिशको आवेगमा घाँटी थिच्दा दल बहादुरको घटनास्थलमा नै मृत्यु भएको थियो । यसरी हत्याको आरोपमा पक्राउ परेका खत्रीको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

झापा, १३ माघ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुन तोलामा ९०० रुपैयाँले घटेको हो । बुधबार तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यस्तै तेजाबी सुन तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको छ । यसैबीच बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १३०० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर १२९० रुपैयाँमा कारोबार भएको हो ।

Read More

इलाम, १३ माघ । आज बिहान इलाममा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आफैँ अनियन्त्रित भई सडकदेखि करिव पाँच सय मिटर तल झरेको छ । मेची राजमार्गको रोङ गाउँपालिका–४ पहिरोमा पिकअप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी झापाको मेचीनगर नगरपालिका–४ वस्ने वर्ष ५५ का रमेश थापा र सोही स्थान वस्ने वर्ष ४० का सुर्यबहादुर थापाको घटनास्थलमा नै मृत्यु भएको हो । जिप चालक मेचीनगर–४ बस्ने वर्ष ३३ का अर्जुन कोइरालासमेत गम्भिर घाइते भएको बताइएको छ ।…

Read More