झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २ पुस । आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको शिवसताक्षीमा बिहीबार एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको शिवसताक्षी नगरपालिका–८ स्थित डुडाँमारी चोकमा मे ७ प ९८०० नंको मोटरसाइकल तीव्रगतिका कारण दुर्घटना हुँदा कन्काई नगरपालिका–८ सुरुङ्गाका २८ वर्षीय विनोद लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परेर मोटरसाइकलमा पछाडि सवार कन्काई–८ का २४ वर्षीय विमल सिवा घाइते हुनुभएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, २ पुस । वार्षिक बजेटमा आउने सरकारी योजना छनोटप्रति मन्त्री नै असन्तुष्ट रहेको पाइएको छ । संघीय सरकारका प्राथमिकताका भनिएका आयोजनाहरू पहुँचवाला व्यक्तिको कब्जामा परेको र उनीहरूले बजेट किताबमा शब्द हालेर छनिरहेको भन्दै शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले असन्तुष्टि जनाएकी हुन् । ‘संघीय सरकारका प्राथमिकताका आयोजना पहुँचवाला व्यक्तिले बजेट किताबमा शब्द हालेर छानिरहेका छन् । मुलुक कस्तो बनाउने भन्ने सपना राजनीतिक व्यक्तिको हो राजनीतिक व्यक्तिले नै योजनाको छनोट गर्न पाइरहेको अवस्था छैन,’ बिहीवार विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री झाँक्रीले भनिन् । मन्त्री झाँक्रीका अनुसार योजना छान्दा कस्ता कार्यक्रम छान्ने रु अर्थतन्त्रमा के दिन सकिन्छ भन्ने कुराको विचार नगरी…

Read More

झापा, २ पुस । नेपाली काँग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। नयाँ नेतृत्व चयनका लागि मंसिर २७ गते भएको निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न मतगणनामा २०४६ को राजनीतिक परिवर्तनपछि उदाएका दुई युवा नेता काँग्रेस महामन्त्रीको जिम्मेवारीमा पुगेका हुन्। काँग्रेसभित्र पुस्तान्तरण र रुपान्तरणका लागि युवालाई पार्टी नेतृत्वमा ल्याउनुपर्ने आवाज उठे पनि दरिलो बनेको गुट प्रभावमा थापा र शर्माले महामन्त्रीमा जित निकाल्नेमा धेरैले आशंका गरेका थिए। महाधिवेशन प्रतिनिधिले गुट होइन,विवेकको प्रयोग गर्दै शर्मा र थापालाई महामन्त्रीमा निर्वाचित गरेर पुस्तान्तरणको सन्देश दिएका छन्। हिजोसम्म पार्टीका नेताहरूलाई प्रश्न गरेर नेता तथा कार्यकर्तामाझ आफूलाई स्थापित गर्दै आएका थापा र शर्मा अब जवाफ दिने…

Read More

झापा, २ पुस । कोरोना सङ्क्रमणका कारण बन्द भएको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा बिहीबारदेखि खुला भएको छ । सीमा खुलेसँगै नेपाललगायत अन्य मुलुकका विद्यार्थी र अन्य प्रकृतिका भिसावाहकहरूले अस्ट्रेलिया आवतजावत गर्न पाएका छन् तर अस्ट्रेलिया छिर्नेले अनिवार्य रूपमा कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्नेछ । अस्ट्रेलियाले फाइजर, जोन्सन एन्ड जोन्सन, अस्ट्राजेनेकालगायतका खोपलाई मान्यता दिएको छ । अस्टे«लिया सरकारको पछिल्लो निर्णयसँगै विशेष गरी भिसा लागेर पनि अस्ट्रेलियाको सीमा बन्द भएर नेपालमै रोकिएका चार हजार नेपाली विद्यार्थीले लाभ लिनेछन् । यी विद्यार्थीहरू अहिले डलरमा शुल्क तिर्दै नेपालमै बसेर अस्ट्रेलियाका विश्वविद्यालयमा अनलाइनमा पढिरहेका छन् । अस्ट्रेलिया गएर कमाउँदै पढ्ने योजना बनाएका थुप्रै विद्यार्थी नेपालमा नै रहेर…

Read More

झापा, २ पुस । कांग्रेस सभापतिमा महाधिवेशन प्रतिनिधिले ‘प्यानल’ रोजे। तर, त्यसपछिका उपसभापति र महामन्त्री पदमा भने ‘व्यक्तित्व’ रोजेका छन्। यी पदमा फरक–फरक प्यानलबाट उठेका उम्मेदवार निर्वाचित भएका छन्। महामन्त्रीमा बिहीबार गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी बनेका हुन्। थापा डा. शेखरप्रसाद कोइराला र शर्मा प्रकाशमान सिंह प्यानलबाट उम्मेदवार बनेका थिए। सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भए पनि महामन्त्रीमा उनको समूहका दुवै उम्मेदवार पराजित भएका छन्। देउवाको पक्षबाट प्रदीप पौडेल र डा. प्रकाशशरण महत प्रत्याशी थिए। केन्द्रीय निर्वाचन समितिका अनुसार थापाले सर्वाधिक ३ हजार २३ मत ल्याएका छन्। त्यसपछि शर्मा १ हजार ९ सय ८४ मत ल्याएर विजयी बनेका छन्।…

Read More

सिर्जन अधिकारीम एक नेपाली नागरिक हुँम स्वतन्त्र छुकहिले कम्युनिष्ट लाई समर्थन गर्छुकहिले कसैलाई समर्थन गर्दिनम युवाले देश नेतृत्व गरोस भन्छुत्यसैले कहिले कांग्रेसलाई समर्थन गर्छुकहिलेबुढो पुस्ताले नेतृत्व न छोडदाकहिले कांग्रेस लाई सराप्छु म एक नेपाली नगरिक हुँम स्वतन्त्र छुथा छ हिजो मैले एक दिनको लागिराजा ल्याउ भन्ने राप्रपालाईपनि समर्थन गरेकिन ?युवा अयो त्यहाँमलाई डर छ र म निरास छु१०० बर्ष पछि पनिहावा गफ जोती रहने ओलीलाईउस्का पार्टीलेबुढो लौरो टेक्ने नेता बनाइ रहनेछर हावा गफ गरिरहने छत्यसैले म उसलार्इसमर्थन त के नाम पनि लिन्नम एक नेपाली नागरिककहिले कही विवेकशील साझालाई समर्थन गर्छुकहिले टुक्रा टुक्रा भ’को देख्दावाक्क मान्ने गर्छुम एक नेपाली हुँम विवेकको…

Read More

झापा, १ पुस । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये गगन र विश्वप्रकाश निर्वाचित भएका छन् । यद्यपि निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गरिसकेको छैन । गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए ।

Read More

झापा, १ पुस । नेपाली कांग्रेसका नेता एवम् चौधौं महाधिवेशनमा महामन्त्रीका प्रतिस्पर्धी डा। मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिएका छन्। कांग्रेस महामन्त्री अन्तिम नतिजा नआउँदै आफू पराजित भएको भन्दै रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका हुन्। महामन्त्री पदको मतगणना जारी भइरहेका बेला उनी पाँचौ नम्बरमा छन्।

Read More

बिर्तामोड, १ पुस । माओवादी केन्द्रका झापा संयोजक मणिकुमार साम्पाङ (विजय) ले पार्टीको प्रदेश अध्यक्षमा आफ्नो दाबी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो दाबी पेश गरेका हुन् । उनले आफ्नो क्षमता, योग्यता लगायतलाई आधार बनाएर आफ्नो दाबी पेश गरेको फेसबुक स्टाटसमा लेखेका छन् । यस्तो छ उनको स्टाटस्–

Read More

सुनसरी, १ पुस । सुनसरीको इटहरी उपमहानगपालिका–९ स्थित रिभरसाईड होटल एण्ड लजबाट बेश्याबृत्ति गराउने कार्यामा संलग्न २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईटहरी–४ का ३६ बर्षिय गौतम लेप्चा र संखुवासभाको नुम गाँउपालिका–५ का २० बर्षिय मिनराज पराजुली रहेका छन् । मंसिर २८ गते रिभरसाईड होटल एण्ड लजमा बेश्याबृत्ति गर्ने गराउने कार्य भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले पिडितलाई उद्वार गरेको छ । बेश्याबृत्ति गर्ने गराउने लेप्चा र पराजुली दुवै जनालाई सम्मानित जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको छ ।

Read More