
झापा, ५ साउन । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले वर्तमान परिस्थितिमा देशलाई विभाजन नभई एकताको आवश्यकता रहेको बताएका छन्।
बीपी स्मृति दिवसका अवसरमा मंगलबार जारी वक्तव्यमा देउवाले प्रतिशोध र निषेधको राजनीतिबाट माथि उठेर राष्ट्रिय संवाद, सहकार्य र साझा भविष्य निर्माणमा जुट्न सबैलाई आग्रह गरेका छन्।
उनले सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने भए पनि नेपाली जनताको लोकतान्त्रिक चेतना र न्यायप्रतिको विश्वासमा आफूलाई पूर्ण आस्था रहेको उल्लेख गर्दै छिट्टै स्वदेश फर्किने बताएका छन्।
जेनजी आन्दोलनमा घाइते भएपछि उपचारका लागि सिंगापुर र त्यसपछि हङकङ गएका देउवा हाल उपचाररत छन्।
Facebook Comments Box


