झापा, ११ कात्तिक । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर, कुवेती दिनार र बहराइन दिनारलगायत अधिकांश विदेशी मुद्राको विनिमयदर घटेको छ। मंगलबार यीमध्ये अधिकांश मुद्राको मूल्य बढेको थियो।
राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४९ पैसा कायम भएको छ। मंगलबार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ र बिक्रीदर १५२ रुपैयाँ ६० पैसा थियो।

यसअघि गत जेठ ७ गते अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। उक्त दर हालसम्मकै उच्च विनिमयदर रहेको जनाइएको छ।
त्यसैगरी, आज युरो एकको खरिददर १६९ रुपैयाँ २१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ। मंगलबार युरोको खरिददर १७० रुपैयाँ ३२ पैसा र बिक्रीदर १७० रुपैयाँ ९९ पैसा थियो।
आज पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ २४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ४ पैसा कायम भएको छ। मंगलबार यसको खरिददर २०२ रुपैयाँ ८५ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६५ पैसा थियो।
अस्ट्रेलियन डलर एकको खरिददर आज १०६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०७ रुपैयाँ १३ पैसा रहेको छ। मंगलबार यसको खरिददर १०६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४० पैसा थियो।
त्यस्तै, कुवेती दिनार एकको खरिददर ४९२ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४९४ रुपैयाँ ८६ पैसा कायम भएको छ। मंगलबार कुवेती दिनारको खरिददर ४९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ४५ पैसा थियो।
बहराइन दिनार एकको खरिददर आज ४०२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४०४ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ। मंगलबार यसको खरिददर ४०२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ५६ पैसा थियो।
यसैगरी, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले तोकेको विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिनेछ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर फरक हुन सक्ने भएकाले अद्यावधिक दरका लागि सम्बन्धित बैंकमा सम्पर्क गर्न सकिन्छ।



