झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २६ माघ । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका एक दुई दिनमै प्रकाशित गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षा तालिका सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिँदै आज बुधबार वा भोलि बिहीबारभित्र तालिका सार्वजनिक हुने बताए । रापबोर्डले स्थानीय तहको निर्वाचन घोषणा गरेलगत्तै परीक्षा तालिका सार्वजनिक गर्ने जनाएको थियो । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसँगै निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम शुरू गरिसकेको छ । रापबोर्डले वैशाख २० गतेभित्र परीक्षा सक्ने गरी तयारी थालेको छ । बोर्डको अधिकारीका अनुसार निर्वाचन गराउन कर्मचारी खटिनुपर्ने भएकाले…

Read More

झापा, २६ माघ । तराई मधेसलाई केन्द्रित गरी मधेसमा फेरि छ्यापछ्याप्ती पार्टी गठन हुन थालेका छन् । सिके राउतको जनमत पार्टीदेखि हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टीसम्म तराई मधेस केन्द्रित गरी गठन भएका छन् । चुनाव नजिकिँदै जाँदा नेताहरूको व्यवस्थापन गर्न तराई मधेसलाई केन्द्रित गरी नयाँ नयाँ पार्टी घोषणा हुन थालेको हो । २०७७ वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकीकरण भई जनता समाजवादी पार्टी (जसपा) गठन भएपछि १६ महिनासम्म तराई मधेस केन्द्रित एउटामात्रै पार्टी सक्रिय रह्यो । तर यो अवस्था लामो समय टिकेन । गठन भएको एक वर्षमा नै जसपामा चरम विवाद उत्पन्न भयो ।…

Read More

उदयपुर, २६ माघ । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले उदयपुरका सुरक्षा निकायसँग जिल्लाको सुरक्षाका बारेमा जानकारी लिनुभएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय उदयपुर परिसरमा सुरक्षा निकायका प्रतिनिधिसँग भएको छलफलमा जिल्लाको सुरक्षा अवस्थाका बारेमा छलफल भएको हो । छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले जिल्लामा सुरक्षाको व्यवस्थापनलाई चुस्त दुरुस्त पारिएको बताउनुभयो । सम्भावित आपराधिक गतिविधिलाई ख्याल गर्दै प्रहरी उच्च सतर्कतामा रहेको उहाँले जानकारी दिनुभयो । उदयपुरका प्रहरी प्रमुख सुवास चन्द्र बोहराले जिल्लामा प्रहरी भ्यानको आवश्यकता परेको बताउनुभएको छ । मन्त्री कार्कीले जिल्लामा सुरक्षा कायम गर्न सरकारले आवश्यक काम गर्ने बताउनुभयो । जिल्लामा रहेका…

Read More

मलेसियाका एक व्यापारीले लन्डनमा एक क्यासिनोमा जुवा खेलेर ६४ करोड रुपैयाँ गुमाएका छन् । तर अचम्मको कुरा के छ भने उनले आफ्नो यो हारलाई क्यासिनोलाई जिम्मेवार ठहराएका छन् । यति मात्रै होइन उनले क्यासिनोविरुद्ध मुद्दा नै दर्ता गराएका छन् । मलेसियाका यी व्यापारीको परिचय लिम हान जोह रहेको छ । लिम २०१५ मा मलेसियाबाट लन्डन व्यवसायीक भ्रमणमा गएका थिए । त्यहाँ एक क्यासिनोमा लिमले ६४ करोड रुपैयाँ हारेका थिए । लिमले जब सबै पैसा हारे उनी क्यासिनोमाथिनै जाइलागे । उनले आफ्नो पैसा क्यासिनोको गल्तीबाट गुमेको बताएका छन् । आफूले जुवा खेलेर त्यत्रो पैसा हार्दा पनि क्यासिनोले नरोकेको भन्ने उनको गुनासो…

Read More

बिर्तामोड, २५ माघ । झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय सामाजिक संस्था ‘किवानिज क्लव’ को बिर्तामोड च्याप्टर स्थापना भएको छ । च्याप्टर स्थापनाका लागि किवानिज इटहरीले आज एक कार्यक्रमकाबीच बिर्तामोड च्याप्टरलाई मातृत्व प्रदान गरेको हो । किवानीज क्लब बिर्तामोडको प्रेसिडेन्टमा सिकुमसुन्दर लावती चयन भएका छन् । त्यसैगरी, प्रेसिडेन्ट एलेक्ट चन्द्रकला दाहाल, भाइस् प्रेसिडेन्ट डम्बरबहादुर विश्वकर्मा, सन्ध्या मास्के, सेक्रेटरी पार्वता श्रेष्ठ, भाइस् सेक्रेटरी इन्द्रसेन तामाङ र टे«जर तिलक श्रेष्ठ चयन भएका छन् । पहिलो पटक किवानीज क्लव बिर्तामोडको गठन गरेको क्लबका प्रेसिडेन्ट लावतीले जानकारी दिए । किवानीज क्लब अफ इटहरीका प्रेसिडेन्ट होमनाथ खड्काको अध्यक्षतामा भएको कार्यक्रममा किवानीज क्लब अफ नेपालका हेड एकराज पन्तको प्रमुख…

Read More

झापा, २५ माघ । सरकारले राष्ट्रिय प्रसारण (एघारौं संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय प्रसारण (एघारौं संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय गरेको बताउनु भएको हो । त्यस्तै सरकारले धितोपत्र दर्ता तथा निष्कासन पाँचौँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ । सञ्चार मन्त्री कार्कीका अनुसार निर्वाचन आयोगबाट प्राप्त परामर्श बमोजिम स्थानीय तहको निर्वाचन ऐन २०७३ को दफा ४ को उपदफा (१) बमोजिम वि.स २०७९ साल वैशाख ३० गते शुक्रबारको दिन ७५३ वटा स्थानीय तहमा एकै चरणमा निर्वाचन गर्ने…

Read More

झापा, २५ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७४ जनामा कोरोना संक्रमण भएको छ । ५९३ जनाको पीसीआर परीक्षण गर्दा १२८ र ५३६ जनाको एन्टिजेन परीक्षण गर्दा १४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५७, सुनसरीमा २९, झापामा २२, संखुवासभा र भोजपुरमा ४–४, धनकुटामा ३, पाँचथर, इलाम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा २९, बेलबारीमा ५, बुढीगंगा, पथरीशनिश्चरे र जदहामा ४–४, रंगेली, ग्रामथान, उर्लाबारी र रतुवामाईमा २–२, केराबारी, सुन्दरहरैचा र मिक्लाजुङमा १–१, सुनसरीको इटहरीमा १३, धरानमा ६, रामधुनीमा ३, देवानगञ्ज,…

Read More

झापा, २५ माघ । विद्युतीय प्रविधिमा आधारित भुक्तानी सेवा प्रयोगमा सर्वसाधारणको आकर्षण बढ्दै गए पनि सेवा प्रदान गर्ने कम्पनीहरू भने पर्याप्त भौतिक पूर्वाधारविना नै सञ्चालन भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको अनुगमनमा भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) र भुक्तानी सेवाप्रदायक कम्पनी (पीएसपी) कम्पनीहरूले पर्याप्त भौतिक तथा प्राविधिक पूर्वाधारको व्यवस्था गर्न नसकेको भेटिएको हो । ‘कम्पनीहरूले लाइसेन्सका लागि आवेदन दिँदा नै आवश्यक भौतिक तथा प्राविधिक पूर्वाधार तयार गरेको हुनुपर्छ,’ नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले भने, ‘तर, हामीले स्थलगत अनुगमन गर्दा केही कम्पनीहरूमा पूर्वाधारको अपर्याप्तता भेटिएकाले त्यो पूरा गर्न निर्देशन दिएका छौं ।’ कम्पनीहरूले लाइसेन्स पाएको…

Read More

झापा, २५ माघ । १९ मंसिरको एकाबिहानै जुन खबर सञ्चार माध्यममा आयो, त्यो खबर राष्ट्रिय प्रजातन्त्र पार्टीमा निरन्तर नेतृत्वमा रहेका कमल थापाको पक्षमा थिएन । उनी आफैंले महामन्त्री बनाएका राजेन्द्र लिङ्देनसँग १९९ मत अन्तरले पराजित भएका थिए । महाधिवेशनबाट पराजित थापाले हारलाई सहज रूपमा लिएनन् । उनले अध्यक्षमा विजयी लिङ्देनलाई सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई त दिए, साथै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको आरोपसमेत लगाए । उनले त्यसबेला सामाजिक सञ्जालमा लेखेका थिए, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेन्डाको मूल संवाहकलाई राजनीतिक रूपमा समाप्त पार्न गरिएको…

Read More

झापा, २५ माघ । सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप लागेको छ । नेकपा एमालेका नेता बानियाविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन् । ती शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय, बाँकेमा सोमबार जाहेरी दिएकी छिन् । जाहेरीमा माघ १९ गते राति होटलमा बसेका बेलामा बानियाँले बलात्कार गरेको आरोप लागाइएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले सांसद बानियाँविरुद्ध बलात्कारको जाहेरी परेको पुष्टि गर्दै भने– सांसद बानियाँविरुद्ध बलात्कारको जाहेरी परेको छ । हामी बुझ्दै छौँ । मंगलबार यस बारेमा अरू प्रक्रिया अघि बढ्छ…

Read More