झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १३ माघ । निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन) ले माघ २३ गतेदेखि विद्यालय खोल्न दिन माग गरेको छ । प्याब्सन केन्द्रीय कार्यसमितिले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई भेटेर कोरोना महामारीको परिस्थिति हेरेर माघ २३ गतेदेखि विद्यालय खोल्न दिन माग गरेको हो । खोप लगाइसकेका विद्यार्थीलाई आलो पालो प्रणालीमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने व्यवस्था गर्न शिक्षामन्त्री पौडेललाई माग गरेको अध्यक्ष टीकाराम पुरीले बताए । शिक्षामन्त्री पौडेलले प्याब्सनसँगको सल्लाहमा खोप लगाइसकेपछि निर्णयमा पुग्ने बताएका थिए ।

Read More

बिर्तामोड, १३ माघ । झापाको मेचीनगर नगरपालिका–७ स्थित टोकला चिया बगानको गेट अगाडि बुधबार साँझ गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर–७ का ३५ वर्षीय सन्तोष राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । बुधबार साँझ ७ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे.१झ १७२ नम्बरको मेचीनगर नगरपालिकाको गाडीले विपरीत दिशातर्फ जाँदै गरेको मे.९प ७९२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइल चालक राजवंशीलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी हस्पिटल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए । दुर्घटनामा संलग्न नगरपालिकाको गाडी, गाडी चालक मेचीनगर–७…

Read More

बुधबारे, १२ माघ । अस्वाभाविक मूल्यवृद्धि, असंवैधानिक अभिब्यक्ति र निर्वाचन नगर्ने चलखेलका विरुद्ध भन्दै अनेरास्ववियू र राष्ट्रिय यूवा संघ नेपाल बुद्धशान्तिले विरोध कार्यक्रम गरेको छ । इलाका प्रहरी कार्यलय बुधबारेको नजिकबाट बुधबारे बजार परिक्रमा गर्दै सरकारको विरोध गरिएको हो । प्ले कार्ड सहित युवाहरूको जमातले बिरोध कार्यक्रम गरेको हो । प्ले कार्डमा लिपुलेक, लिम्पियाधुरा र कालापानी भूमि फिर्ता गर, भारतीय बिस्तारवाद मुर्दावाद, परमादेश सरकार मुर्दावाद, स्थानीय निकायको चुनावको मिति घोषणा गर, रेणु यादवलाई बर्खास्त गर लगायतका माग गरिएको छ । प्ले कार्डमा अस्वाभाविक मूल्यवृद्धि, असंवैधानिक अभिब्यक्ति र निर्वाचन नगर्ने चलखेलका विरुद्धका नारा पनि लेखिएको छ । विरोधसँगसँगै मास्क पनि वितरण…

Read More

भद्रपुर, १२ माघ । झापाको जनसङ्ख्या ९ लाख ९४ हजार ९० पुगेको छ । राष्ट्रिय जनगणना २०७८ को केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार झापामा ४ लाख ७७ हजार ४९६ र महिला ५ लाख १६ हजार ५९४ रहेका छन् । जिल्लाको जनसङ्ख्या पुरुष भन्दा ३९ हजार ९८ ले महिला बढी रहेको छ । देशभर सबैभन्दा धेरै जनसङ्ख्या भएका झापासहित काठमाडौँ, मोरङ, रुपन्देही, सुनसरी रहेका छन् । २०६८ को जनगणना अनुसार झापामा ८ लाख १२ हजार ६५० जनसङ्ख्या थियो ।

Read More

झापा, १२ माघ । आज भएको राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचनमा महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूह गरी ४३ उम्मेदवार सहभागी भएकामा १९ उम्मेदवार विजयी भएका छन् ।​ प्रदेश १ मा गोपाल कुमार बस्नेत, सोनाम गेल्जेन शेर्पा, जयन्ती देवी राई, मधेस प्रदेशमा उर्मिला अर्याल, मोहम्मद खालिद, बागमतीमा गोमादेवी तिमिल्सना, कृष्ण प्रसाद पौडेल, गण्डकीमा कमला पन्त, भुवन बहादुर सुनार, सुरेश आले मगर, लुम्बिनीमा राजेन्द्र लक्ष्मी गैरे, तुल प्रसाद विश्वकर्मा, युवराज शर्मा, कर्णालीमा दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा र सुदूरपश्चिममा मदन कुमारी शाह, जगद बहादुर पार्की र नारायणदत्त मिश्र विजयी भएका छन् ।​

Read More

झापा, १२ माघ । प्रदेश नं. १ को राष्ट्रियसभा निर्वाचनमा गोलाप्रथाबाट सत्ता गठबन्धनका उम्मेदवार झापाका गोपाल बस्नेत विजयी भएका छन् । काँग्रेसको तर्फबाट उम्मेदवार बनेका उनले एमालेका उम्मेदवार गुरु बराललाई गोलाप्रथाबाट हराएका हुन् । दुई उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथामा विजेता घोषणा गरिएको हो । दुबै उम्मेदवारले बराल र बस्नेतको ४४८८ मत आएको थियो । राष्ट्रियसभा निर्वाचनसम्बन्धी ऐन २०७५ को दफा ५८ मा बराबर मत आएमा गोलाप्रथाबाट विजेता घोषणा गर्ने उल्लेख छ ।

Read More

झापा, १२ माघ । प्रदेश १ म पछिल्लो २४ घण्टामा १ हजार ४०७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४३ जनाको पीसीआर परीक्षण गर्दा ६३९ र १ हजार ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा ७६८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २९९, झापामा १५६, सुनसरीमा १२०, धनकुटामा ११, उदयपुर र इलाममा ६–६, तेहृथुममा ३, पाँचथरमा २, संखुवासभामा १ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा २३३, बेलबारीमा २०, सुन्दरहरैचामा ८, कटहरीमा ७, बुढीगंगा र रंगेलीमा ६–६, उर्लाबारीमा ४, ग्रामथान र पथरीशनिश्चरेमा ३–३, रतुवामाई र सुनबर्षीमा…

Read More

इलाम, १२ माघ । इलामका एक युवा सात दिनदेखि बेपत्ता रहेका छन् । इलाम माइजोगमाई गाउँपालिका–५ सोयाङका २२ वर्षीय पुजन बस्नेत सात दिनदेखि सम्पर्कविहीन भएका हुन् । विदेश जाने तयारीमा रहेका उनी भारतबाट सम्पर्कविहीन भएको परिवारले जानकारी दिएको छ । पारिवारिक स्रोतका अनुसार विराट ओभरसिजमार्फत क्रोएसिया जाने तयारीमा रहेका बस्नेत एक महिना पहिला काठमाडौँ गएका थिए । क्रोएसियाका लागि भारतको पहाडगञ्ज भन्ने ठाउँमा यातायात छाप लगाउन भन्दै बस्नेतसहित केही युवा एजेन्टमार्फत भारत गएका थिए । विदेश लैजाने एजेन्ट एकराज शेर्माका सहयोगी कल्याण राईसँगै यही माघ ५ गते भारत जानु भएका उनी भारतबाट नै सम्पर्कविहीन भएको बताइएको छ । भारतको गुलाफ…

Read More

झापा, १२ माघ । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । यो वर्ष २०७८ मा सम्पन्न गरिएको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको बुधबार तथ्यांक विभागले जानकारी दिएको हो । पुरुषको संख्या महिलाको तुलनामा कम छ । ६८ सालको असार महिनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । यो १० वर्षमा नेपालको जनसंख्या २७ लाखले बढेको छ । यो १० प्रतिशतभन्दा बढी हो । विभागले यो वर्ष दुई चरण गरेर देशको जनगणना सम्पन्न गरेको थियो । यसका लागि ५० हजारभन्दा बढी जनशक्ति खटाइएको थियो…

Read More

सन्तोष शर्माबिर्तामोड, १२ माघ । झापामा सवारी दुर्घटनामा परी प्रत्येक तीन दिनमा एक जनाको मृत्यु हुने गरेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको चालु आर्थिक वर्ष २०७८/०७९ को पुस मसान्तसम्म भएको सवारी दुर्घटनाको तथ्यांक हेर्दा त्यस्तो पाइएको हो । चालु आवको पुस मसान्तसम्ममा सवारी दुर्घटनामा परी ६३ जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक निशेष चापागाईंले जानकारी दिनुभयो । जिल्लामा चालु आवको पुस मसान्तसम्म तीन सय १३ वटा सवारी दुर्घटनामा परेका छन् । जसमा ६३ जनाले ज्यान गुमाएका हुन् । यो संख्या गत आवको तुलनामा करिब ४० प्रतिशतले बढी हो । गत आव २०७७÷०७८ मा…

Read More