
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
विराटनगर, १९ माघ । बैंकिंङ् कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–६ बस्ने ४० बर्षीय सिताराम लुईटेल रहेका छन् । लुईटेललाई १ नं प्रदेश प्रहरी कार्यालय, आरआइटी बाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा हिजो पक्राउ गरि सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गरेकोमा सम्मानित अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको छ । प्रतिवादी सिताराम लुईटेल भएको बैंकिंङ् कसुरको मुद्धामा सम्मानित उच्च अदालत विराटनगरबाट मिति २०७८ कार्तिक १० गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १० महिना ७ दिन कैद र १५ लाख जरिवाना भई लगत नं. ८१७४ मा कैद…
बिर्तामोड, १८ माघ । झापाको बिर्तामोड नगरपालिका–५ पञ्चकन्या चौक स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २४ बर्षीय सुनिल लिम्बु रहेका छन् । हिजो बेलुका ६ बजे अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर २९ ग्राम, नगद दुई हजार र मोबाईल थान–२ सहित पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।
विश्वमा धनिभन्दा धनि व्यक्तिहरु छन् । केहीसँग यति सम्पत्ति छ कि उनीहरु आफू बस्ने घर सुन र हिराबाट बनाउँछन् भने कार पनि सुन पनि कारकै चढ्छन् । यस्तै, एक सुल्तान छन् जोसँग लगभग ७ हजार कारहरु छन् । उनीसँग भएका कार कलेक्शनमा रोल्स रोयस, मर्सिडिज, फेरारी, बेन्टले आदि छन् । उनीसँग यति सम्पत्ति छ कि उनी सुनको सिंहासनमा बस्छन् । र, सुनबाट बनेको कार चढ्ने गर्छन् । ७ हजार कारसहित अथाह सम्पत्तिका मालिक हुन्, हसनल बोलकिया । उनी ब्रुनई ९बोर्नियो द्वीप अन्तरगतको एउटा देश० का वर्तमान सुल्तान तथा प्रधानमन्त्री हुन् । उनी विश्वका धनि व्यक्तिहरुमध्ये एक हुन् । उनले ब्रुनईमा…
झापा, १९ माघ । शोधपत्र, अनुसन्धानका प्रस्ताव तथा स्वदेशी एवं विदेशी जर्नलमा प्रकाशनका लागि तयार गरिएका सामग्रीमा अरूका सामग्री समावेश गरिएको छ कि छैन भनेर परीक्षण गर्ने क्रम बढेको छ । त्रिभुवन विश्वविद्यालयले त्यस्ता सामग्री सम्बन्धित डिन कार्यालय तथा विभागबाट स्वीकृत हुनुअघि अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था अनिवार्य गरेपछि यस्तो चलन बढेको हो । अर्काको बौद्धिक सम्पति चोरी गरेर आफ्नो कृति तयार पार्ने प्रवृत्ति बढेपछि त्रिविले नेपालमै पहिलो पटक एन्टि प्लाजियारिजम चेकिङ सफ्टवेयर प्रयोगमा ल्याएको थियो । विश्वविद्यालयले सात महिनाअघि अमेरिकी कम्पनीबाट ३५ लाख रुपियाँमा यो सफ्टवेयर किनेको हो । यो सफ्टवेयर त्रिवि केन्द्रीय पु‚तकालय मातहत रहने गरी विश्वविद्यालयअन्तर्गतका अध्ययन संस्थान,…
झापा, १९ माघ । सत्ता सहयात्री दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पाँच दलीय गठबन्धन भत्काउन लागि परेको आरोप लगाएका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दल एमाले जसरी पनि गठबन्धन भत्काउन लागि परेको निष्कर्षमा पुगेको छ । एमालेले अहिलेको सरकारलाई जसरी पनि असफल पार्ने र गठबन्धन भत्काएर निर्वाचनमा जान चाहेको विश्लेषणसहित उनीहरूले आउँदै संघीय संसद्को निर्वाचनसम्म गठबन्धन कायम रहने दाबी गर्दै आएका छन् । एक सातायता सत्ता सहयत्रीबीच उत्पन्न चिसोले भने गठबन्धन भत्किन सक्ने शंकालाई बल पुगेको छ । आउँदै संघीय संसद्को निर्वाचनसम्म गठबन्धन कायम रहने र त्यसमा काँग्रेस प्रतिबद्ध रहेका भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आश्वासन…
झापा, १९ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक जमिन अतिक्रमण गर्ने प्रवृत्ति बढेकाले भूू–माफियामाथि निगरानी बढाउन राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिएका छन् । उनले अतिक्रमण भइसकेका क्षेत्रको गहन छानबिनमा सरकारको पूरा सहयोग रहने विश्वास पनि दिलाए । मङ्गलबार राष्ट्रिय सतर्कता केन्द्रको आर्थिक वर्ष २०७७–७८ वार्षिक प्रतिवेदन बुझेपछि निर्देशन दिँदै प्रधानमन्त्रीले भने, “बागमती किनार र आसपासका क्षेत्रमा अतिक्रमण धेरै बढ्न थाल्यो, राम्रो अध्ययन गर्नुहोस् ।” प्रधानमन्त्री देउवा समक्ष केन्द्रका सचिव सुशीलचन्द्र तिवारीले वार्षिक प्रतिवेदन पेस गरे । आजको गोरखापत्र दैनिकमा खबर छ ।
भद्रपुर, १९ माघ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मूल्य बढाएको तीन हप्ता नबित्दै निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले आजदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएर १४२ रुपैयाँ तय गरेको छ । डिजेल र मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर तीन रुपैयाँले बढाएर १२५ रुपैयाँ तोकिएको छ । एलपी ग्यासको मूल्य यथावत राखिएको छ । एलपी ग्यासमा प्रति सिलिन्डर ५६० रुपैयाँ घाटा भइरहँदासमेत हाललाई यथावत राखिएको निगमले जनाएको छ ।
झापा, १९ माघ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयमा छिटो निर्णयमा पुग्न अमेरिकाले जोड दिएको छ । एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारूढ गठबन्धन दलहरूबीच नै मतभेद भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा यतिखेर कूटनीतिक दबाबमा छन् । प्रधानमन्त्री देउवा यसअघि नै एमसीसी पारित गर्ने पक्षमा उभिएका छन् । २०७४ सालमा आफ्नै नेतृत्वको सरकारको पालामा अमेरिकासँग एमसीसी सम्झौता भएकाले पनि सो अनुमोदन गर्ने दबाब प्रधानमन्त्री देउवासामु छ । एमसीसीको प्रतिनिधिसँगको हरेक भेटमा प्रधानमन्त्री देउवाले प्रतिबद्धतासमेत व्यक्ति गरिसकेका छन् । २८ मंसिर अर्थात् १४ डिसेम्बरका दिन अमेरिकाले एमसीसी बोर्ड बैठक डाकेको थियो । जसको चार नम्बर एजेन्डामा नेपालको…
झापा, १९ माघ । नेपालमा सञ्चालित कम्पनीहरूको नाफामा दोहोरो कर लगाउँदा लगानीकर्ता मारमा परेका छन् । विशेषगरी पब्लिक कम्पनीहरूको लगानीकर्ता (संस्थापक र सर्वसाधारण) हरू दोहोरो करको मारमा परेका हुन् । शेयरधनी तथा लगानीकर्ता आफैले दुईपटक कर तिरेका त छैनन् । तर, उनीहरूको लगानीबाट हुने आम्दानीमा भने दुईपटक नै कर लाग्ने गरेको छ । फलस्वरूप आफूहरू दोहोरो करको मारमा परेको लगानीकर्ता तथा शेयरधनीहरूले बताउँदै आएका छन् । शेयरधनी तथा लगानीकर्ताले एउटा आम्दानीमा एकैपटक मात्र कर लगाउने व्यवस्था गर्न पहिलेदेखि नै माग गर्दै आएका छन् । तर, सम्बद्ध निकायले भने यस मागलाई शुरूदेखि नै बेवास्ता गर्दै आएको छ । कम्पनीहरूले पहिला आफ्नो…
काठमाडौं , १८ माघ । मरिससविरूद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पुनः विजयी भएको छ ।मंगलबार साँझ दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाल १–० गोल अन्तरले विजयी भएको हो । खेलको दशौं मिनेटमा नेपालका लागि सुजल श्रेष्ठले गरेको गोल नै जितका लागि निर्णायक बन्यो । मरिससले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा मैत्रीपूर्ण खेलको दोस्रो म्याचमा पनि हार व्यहोर्नुपर्यो । मरिससका कप्तान एन्डी सोफीको पेनाल्टी किक गोलकिपर किरणकुमार लिम्बूले रोकेका थिए । खेलमा नेपाल १० खेलाडी र मरिसस ९ खेलाडीमा सीमित भएका थिए । यसअघि शनिबार भएको पहिलो खेलमा पनि नेपाल १–० ले नै विजयी भएको थियो ।