
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २४ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना संक्रमण भएको छ । ३४७ जनाको पीसीआर परीक्षण गर्दा १९ र १०१ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८, मोरङमा ५, सुनसरीमा ४, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । झापाको मेचीनगर र विर्तामोडमा ३–३, बुद्धशान्ति र बाहृदशीमा १–१, मोरङको विराटनगरमा ४, पथरीशनिश्चरेमा १, सुनसरीको इटहरीमा ३ र धरानमा १, पाँचथरको मिक्लाजुङ र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज २१…
झापा, २४ मंसीर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ झापाको अध्यक्षमा पत्रकार अमित खम्बूले उम्मेद्वारी दिने भएका छन् । मंसीर २५ गते हुने फोनिज झापाको छैठौं अधिवेशनमा अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी रहने पत्रकार खम्बूले बताएका छन् । लामो समयसम्म विभिन्न सञ्चार माध्यममा काम गरिसकेका खम्बूले फोजिन झापालाई थप चलायमान बनाउदै लैजाने बताएका छन् । फोनिज झापाको हालसम्म आफ्नो छुट्टै भवन नभएको र जमिनको समेत व्यवस्था नभएकाले आफू अध्यक्षमा निर्वाचित भएलगत्तै भवन निर्माणका लागि जमिन व्यस्थापन गर्ने सहितका महत्वपूर्ण सातवटा कार्ययोजना अघि सारेका छन् । फोनिज झापाले स्थापना गरेको डिकमान सुनुवार विरही स्मृति वर्ष उत्कष्ट पुरस्कार र उदयमान पत्रकारिता पुरस्कारको अक्षयकोषको…
बिर्तामोड, २४ मंसिर । झापाको बिर्तामोड–४ बिजुली अफिस अगाडिमा जयन्ती लाइट हाउस सञ्चालनमा आएको छ । विगत तीन दशकदेखि लाइटसम्बन्धी व्यवसाय गर्दै आएका व्यवसायी विवेक अग्रवाल र निलम अग्रवालको रू २ करोडको लगानी लाइट हाउस सञ्चालनमा आएको हो । बढ्दो शहरीकरणसँगै विभिन्न प्रकारका लाइटहरुको माग बढेसँगै लाइट हाउस सञ्चालनमा ल्याइएको सञ्चालकको भनाइ छ । ‘अहिले विभिन्न प्रकारका लक्जरी लाइटको माग बढ्दै गएको छ’, अग्रवालले भन्नुभयो, ‘बजारको माग र युग सुहाउँदो लाइटहरुका लागि पसल सञ्चालनमा ल्याएका हौ ।’ विभिन्न व्यापारिक प्रतिष्ठान, होटल, औद्योगिक क्षेत्रमा चाहिने विभिन्न प्रकारका लाइटहरु पसलमा छन् । पसलमा १० हजार देखि डेढ लाखसम्मका झुमर समेत रहेको छ…
झापा, २४ मंसिर । झापाको कमल गाउँपालिका–५ स्थित सिम्लेमा केही दिनयता दिनहुँजसो जङ्गली हात्तीले आतंक मच्चाउँदै आएको छ । बस्तीसँगैको रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गल क्षेत्रबाट निस्कने जङ्गली हात्तीले आतङ्क मच्चाउँदै आएपछि त्यहाँका बासिन्दा त्रसित हुन पुगेका छन् । रातीपख देखापर्ने हात्तीले अन्नबालीसँगै घरमै आक्रमण गर्न थालेपछि रातभर त्रसित हुनुपरेको वडाध्यक्ष डम्बरबहादुर निरौलाले बताए । उनका अनुसार हात्तीले सिम्लेसहित टुक्रे, क्याम्पालगायतका बस्तीमा दिनहुँजसो आतङ्क मच्चाउँदै आएको छ । बुधबारमात्रै सिम्लेका कृष्णप्रसाद राईको घरमा हात्तीले क्षति पु¥याएको छ । राईको घरमा राखेका धानसहित अन्नबाली खाएर नष्ट पारेको हो । दिनुहुँजसो हात्तीले बस्तीमा आतङ्क मच्चाउँदै आएपछि स्थानीयवासीले हात्ती नियन्त्रणको माग गदैआएका छन् ।…
झापा, २४ मंसिर । अमेरिकन सहयोग मिलिनिअम च्यालेन्ज र्पोरेसन (एमसिसी) लाई आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने गरी कार्यसूची तयार गरिँने भएको छ। २०७६ असार ३० गते प्रतिनिधिसभामाको चौथो अधिवेशनमा दर्ता भएको एमसिसीलाई नवौं अधिवेशनमा आएर पारित गर्न खोजे पनि पारित हुन सकेन। दसौं अधिवेशन मंसिर २८ गते बोलाइएको छ। सो दिन पहिलो बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउने, ज्ञातरअज्ञात सहितप्रति एक मिनेट मौनधारण गर्ने र राष्ट्रपतिबाट जारी गरिएका छवटा अध्यादेश टेबुल गर्ने तयारी छ भने सोही दिन दोस्रो बैठक बसेर भए पनि एमसिसी प्रस्तुत गर्ने तयारीमा सरकार रहेको स्रोतको भनाइ छ। सरकारको तयारीका कारण संसद्ले यसबारे कार्यसूची तयारी अवस्थामा राखेको छ।…
झापा, २४ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै प्राप्त हुने दाबी गरेका छन् । विभिन्न समस्याका कारण विगतमा आर्थिक वृद्धिको लक्ष्य भेट्न मुश्किल पर्ने गरे तापनि अब त्यस्तो समस्या नहुने बताउँदै उनले लक्ष्य भेटिने दाबी गरेका हुन । बिहीवार प्रतिनिधिसभाको अर्थसमिति बैठकमा बोल्दै अर्थमन्त्री शर्माले अहिले कोभिड महामारीपछि ९८ प्रतिशत उद्योग, कलकारखानाहरू पुनः सञ्चालनमा आइसकेको बताए । सबैतिर आर्थिक गतिविधि बढेको र यसले पनि आर्थिक वृद्धिमा मद्दत पु¥याउने उनको भनाइ छ । आर्थिक वृद्धिदर प्राप्त गर्न पछिल्लो समय मुख्य चुनौतीका रूपमा ‘क्लाइमेट चेन्ज’ देखिन लागेको मन्त्री शर्माको भनाइ छ । बेमौसमी वर्षाका कारण…
झापा, २४ मंसिर । १३औं महाधिवेशनबाट कांग्रेसभित्र आफ्नो छुट्टै समूह स्थापित गरेका नेता कृष्णप्रसाद सिटौलाको समूह १४ औं महाधिवेशनमा पनि निर्णायक देखिएको छ । कांग्रेसको ६ वटा प्रदेशमा केही दिनअघि भएको प्रदेश अधिवेशनमा देखिएको परिणामलेसमेत सिटौला जता मिल्यो उही समूहले महाधिवेशनमा जित हात पार्ने देखिएको हो । प्रदेश अधिवेशनका क्रममा प्रदेश १ मा सिटौला समूह देउवा समूहसँग मिल्दा सिटौला पक्षको पोल्टामा नतिजा आएको थियो भने बाग्मती प्रदेशमा सिटौला समूहले देउवा समूहलाई सघाउँदा देउवा समूहको पक्षका उम्मेदवार सभापतिमा निर्वाचित बनेका थिए । यी सबै परिणामपछि संस्थापन समूहभित्र सिटौलालाई मिलाएर अघि बढ्न सभापति देउवामाथि दबाब बढेको छ । ‘सिटौलाजीको भूमिका १३औं महाधिवेशनमा…
झापा, २४ मंसिर । नेपाली कांग्रेसको आजबाट शुरु हुने १४औं महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भएका छन् । कांग्रेसको निमन्त्रणालाई स्वीकार गर्दै उनी महाधिवेशनमा शुभकामना दिन जाने भएका हुन् । महाधिवेशनमा सहभागी हुन ओलीलाई कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले निवासमै पुगेर आग्रह गरेका थिए । महतको आग्रहअनुसार आफू शुभकामना दिन सहभागी हुने आश्वासन दिएका थिए । यसअघि कांग्रेसको औपचारिक निम्तो लिएर गएका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई पनि अध्यक्ष ओलीले महाधिवेशनमा आउने जवाफ दिएका थिए । एमालेको महाधिवेशनमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा चितवनमा पुगेर शुभकामना दिएका थिए । एक वर्षअघि तत्कालीन नेकपामा आफूलाई अध्यक्ष तथा प्रधानमन्त्रीबाट…
केशब चापागाईंमदरगाछ, २४ मंसिर । झापाको झापा गाउँपालिकामा जारी अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगितामा झापा गाउँपालिकालाई पराजित गर्दै मेचीनगरले उपाधी कब्जा गरेको छ। झापा गाउँपालिका-७ को जनकल्याण माविको मैदानमा बिहीबार सम्पन्न फाइनल खेलमा मेचीनगरले ९२ रनले झापालाई पराजित गरेको हो।टस हारेर ब्याटिङ गरेको मेचीनगरले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर २०० रन बनाएको थियो। २०१ रनको विजयी लक्ष्य पछ्याएको झापाले १७ दशमलब १ ओभरमा सबै विकेट गुमाई १०८ रन मात्र बनाउन सक्यो। मेचीनगरको व्याटिङ तर्फ क्षीतिज पोर्तेल ले ६५ बलमा सेन्चुरी पुरा गर्दै १०२ रन,सुरज केसीले २७ बलमा ४० रन र राजु बिश्वकर्माले ४ बलमा ११ रन जोडे।झापाको…
बिर्तामोड, २४ मंसिर । टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता जगदम्वा मोटर्स प्रालिले बजारमा ल्याएको ‘टीभीएस रेडर मोटरसाइकल टीभीएसको बिर्तामोडको लागि आधिकारिक विक्रेता पाथिभरा अटो लिङ्कमा लञ्च गरिने भएको छ । गृष्मा ब्रोडकास्टिङले आयोजना गरेको ‘टीभीएस रेडर– सप्तरंग–३’ कार्यक्रमसँगै टिभिएसले नयाँ मोटरसाइकल रेडरलाई सातै प्रदेशमा लञ्च गर्ने कार्यक्रम अन्तर्गत टीभीएसको बिर्तामोडको लागि आधिकारिक विक्रेता पाथिभरा अटो लिङ्कमा लञ्च गरिने भएको जगदम्वा मोटर्स प्रालिका रिजनल सेल्स अफिसर तिर्थ रिजालले बताए । टीभीएस रेडर– सप्तरंग–३’ कार्यक्रममा सहभागी अभिनेता राजेश हमाल, गायक बद्री पंगेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता…