
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २२ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशन पर्सी शुक्रबारबाट राजधानीमा सुरु हुँदै छ । काँग्रेसको यो महाधिवेशनमा नेतृत्व लिन वर्तमान सभापति शेरबहादुर देउवा, हालका उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, नेता डा शेखर कोइराला र अर्का नेता गोपालमान श्रेष्ठ अघि सरेका छन् । यस्तै, नेता कल्याण गुरुङको पनि सभापति पदमा नै दाबी रहँदै आएको छ । यीमध्ये महामन्त्री कोइरालाले भने आफ्नो समर्थन वरिष्ठ नेता पौडेललाई दिएका छन् । सभापतिको दौडमा संस्थापन समूहबाट देउवा, निधि र श्रेष्ठ छन् भने इतर समूहबाट अब पौडेल, पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्यसमेत रहेका…
झापा, २२ मंसिर । केन्द्रीय नेतृत्व चयन गर्न महाधिवेशनमा होमिएका प्रमुख राजनीतिक दलहरू वडादेखि नै पार्टीको जग बलियो बनाउने कसरतमा लागेका छन् । तल्लो तहबाटै साङ्गठनिक संरचना बलियो बनाउने उद्देश्यका साथ प्रमुख राजनीतिक दलहरूले सङ्गठन विस्तारलाई तीव्रता दिएका हुन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादीसहितका राजनीतिक दलहरू महाधिवेशन, राष्ट्रिय सम्मेलन र सङ्गठन निर्माण अभियानमा जुटेका छन् । नेपाली काँग्रेसको १४औँ महाधिवेशन मङ्सिर २४, २५ र २६ गते हुँदै छ । महाधिवेशनको प्रक्रिया क्रियाशील सदस्यता वितरणबाट सुरु हुन्छ । नेपाली काँग्रेसले देशका ७७ वटै जिल्लामा यस पटक क्रियाशील सदस्यता झन्डै दोब्बर वृद्धि गरेको छ । कतिपय…
झापा, २२ मंसिर । विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलन कमजोर भइरहेको बेला सरकारले अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) सँग ४० करोड अमेरिकी डलर ऋण लिएर विनिमय संकट टार्ने तयारी गरेको छ । नेपाल सरकारको प्रस्तावमा आईएमएफले एक्स्टेन्डेड क्रेडिट फेसिलिटी ९ईसीएफ० मार्पmत नेपाललाई ४० करोड अमेरिकी डलर अर्थात् करीब ४८ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको हो । यस्तो ऋण लिन अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकका अधिकारीहरू र आईएमएफका अधिकारीहरूबीच ‘एक लेभल’मा सहमति समेत जुटिसकेको छ । आइएमएफले यसबारेमा जानकारी दिँदै आईएमएफका मिशन प्रमुख रोबर्ट ग्रेगरीसहितको टोलीसँग नेपालका अधिकारीहरूले पटकपटक छलफल गरेको र यस्तो ऋण दिन आईएमएफ तयार भएको हो । ग्रेगोरीसहित…
झापा, २२ मंसिर । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएका दुई जना विदेशी नागरिकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनीहरूलाई मङ्गलबार कोरोना परीक्षण गरिएकोमा कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले मङ्गलबार गरिएको पीसीआर परीक्षणमा उनीहरूको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । गत मङ्सिर ३ गते नेपाल आएका ६६ र ७१ वर्षीय दुई विदेशी नागरिकको जिन सिक्वन्सिङ गर्दा उनीहरूलाई कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो । प्रवक्ता डा। पौडेलले हाल पनि उनीहरूको अवस्था सामान्य रहेको र क्वारेन्टाइनमा बसिरहेको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा खबर छ ।
बिर्तामोड, २२ मंसिर । निर्माण व्यवसायी संघ झापाको १४ औं साधारण सभा तथा अधिवेसन सम्पन्न भएको छ । निर्माण व्यवसायी संघ झापाका अध्यक्ष मिलन बस्नेतको अध्यक्षता तथा निर्माण व्यवसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संघका प्रथम उपाध्यक्ष शरद खनालले स्वागत गरेका थिए । कार्यक्रममा एभीन्युज टेलिभिजनका झापा समाचारदाता सन्तोस न्यौपानेलाई नगद १० हजार र सम्मानपत्र प्रदान गरिएको थियो भने निर्माण व्यवसायीहरु छत्रबहादुर अधिकारी, उपेन्द्रप्रसाद सिंह, धर्म घिमिरे, दिपेन्द्र पोखरेल (मरणोपरान्त) र साहित्यकार तुलसीप्रसाद भट्टराईलाई सम्मान गरिएको थियो । कार्यक्रममा निर्माण व्यवसायी संघ झापाका पूर्व अध्यक्ष गणेश वस्नेतलगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन निर्माण व्यवसायी…
बिर्तामोड, २२ मंसिर । झापाको मेचीनगरबाट किताबमा ब्राउनसुगर लुकाएर ल्याएको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मङ्गलबार भारतबाट नेपाल आउँदै गरेका एक युवकलाई प्रहरीले शङ्का लागेर चेकजाँच गर्दा किताबभित्र ब्राउन सुगर लुकाएर राखिएको अवस्थामा प्रहरीले भेटाएको थियो । ब्राउन सुगर किताबमा राखेर भित्राउने युवक सल्यान जिल्ला बनगाउँ नगरपालिका–१ का ३० वर्षीय रमेश डिसी रहेका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाले डिसीलाई २३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेको जनाएको छ ।
इलाम, २२ मंसिर । माईजोगमाई अध्यक्ष कपमा माई नगरपालिकाले बिजयी सुरुवात गर्दै सेमीफाइनल प्रवेश गरेको छ । उद्धघाटन खेलमा माई नगरपालिकाले घरेलु टोली माईजोगमाई निलो माथि ३–१ गोल अन्तरले जित निकाल्दै बिजयी सुरुवात गरेको हो । पहिलो हाफमा १–० को अग्रता बनाएको घरेलु टोलीले दोश्रो हाफमा सम्हालिन नसक्दा ३ गोल व्यहोर्न पुग्यो । खेलको सातौ मिनेटमा पाएको पेनाल्टीलाई माईजोगमाईले सदुपयोग गर्न सकेन् । माईजोगमाईका खेलाडीको प्रहार माईका गोलरक्षक सञ्जय गुरुङले क्लियर गरिदिए । १२ औ मिनेटमा कप्तान सुदिप थेवेले माईजोगमाईलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १–० ले पछि परेको माईको लागि खेलको ३७ औ मिनेटमा हरि मगरले बराबरी गोल…
झापा, २२ मंसिर । प्रदेश १ मा मंगलबार २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापा र मोरङमा ८–८ र सुनसरीमा एक जनामा संक्रमण देखिएको हो । झापाको भद्रपुरमा ३, विर्तामोड, दमक, मेचीनगर, अर्जुनधारा र कमल गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ६, कानेपोखरी र रतुवामाईमा १–१ र सुनसरीको इटहरीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा मंगलबार २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १० महिला र १६…
भद्रपुर, २१ मंसिर । भद्रपुर १० चन्द्रगढी स्थित हनुमान टोलको पहिचान स्वरूप निर्मित हनुमान मन्दिर र मेची लोकमार्गका यात्रुका लागि निर्माण गरिएको यात्रु प्रतीक्षालयको उद्घाटन गरिएको छ । हनुमान मन्दिर र यात्रु प्रतीक्षालयको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ तथा गोलोक गोर्वधन गौशाला सतासीधामका संरक्षक नन्दकिशोर सम्युक्त रूपमा उद्घाटन गरेका हुन् । टोलका बासिन्दाको पहलमा विभिन्न दाताहरुको सहयोग जुटाएर निमार्ण सम्पन्न गरिएको मन्दिर तथा प्रतीक्षालय निर्माणसंगै हनुमान टोल विकास संस्थाको पहिचान स्थापित भएको अध्यक्ष खड्गबहादुर बुढाथोकीले जानकारी दिए । हनुमान टोल विकास संस्थाका अध्यक्ष खड्गबहादुर बुढाथोकीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर नगर उपप्रमुख चन्द्रमाया…
केशब चापागाईं मदरगाछ, २१ मंसिर । झापा गाउँपालिकामा जारी अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगितामा झापा गाउँपालिका बाह्रदशी गाउँपालिकालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । झापा गाउँपालिका-७ को जनकल्याण माविको मैदानमा बिहिबार सम्पन्न खेलमा झापाले ६२ रनले बाह्रदशीलाई पराजित गरेको हो।टस हारेर ब्याटिङ गरेको झापाले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर १३१ रन बनाएको थियो। १३२ रनको विजयी लक्ष्य पछ्याएको बाह्रदशीले १४ दशमलब ४ ओभरमा सबै विकेट गुमाई ६९ रन मात्र बनाउन सक्यो।झापाको व्याटिङ तर्फ राज सिटौलाले ४५ बलमा ५१ रन, निरज यादवले १३ बलमा २५ रन,अंकित दासले ११ बलमा १५ रन जोडे। बह्रदशीको बलिङ तर्फ राजा सहानिले…