
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, २४ मंसिर । झापाको अर्जुनधारा–९ स्थित किरातेश्वर हाङसाम थेवा युमा माङहिम परिसरमा निर्माण भएको १६औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको पूर्ण कदको शालीक मंसिर २६ गते अनावरण गरिएको भएको छ । शालीकको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य र विशेष अतिथिद्वय किरात धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुआमा पवित्राहाङमा लिङ्देनको उपस्थिति अनारवण गर्न लागिएको हो । शालीक अनावरणका लागि प्रतिष्ठानको अध्यक्षतामा नौ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितका उपाध्यक्षमा भूपेन्द्र न्यौपाने, सचिवमा लवकुश गौतम, सहचिवमा ज्ञानेन्द्र इङनाम, कोषाध्यक्षमा खगेन्द्र इङनाम र सदस्यहरुमा भीमकुमारी लिम्बू, मनबहादुर पाहिम, मोहन सुब्बा र सरोज ओली रहेका छन् । कार्यक्रमलाई भव्यरुपमा…
बिर्तामोड, २४ मंसिर । झापाको बिर्तामोड–४ स्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको वासलात दुई अर्ब बढी पुगेको छ । स्थापनाको नौ वर्षको छोटो अवधिमै संस्थाको वासलात दुई अर्ब १० करोड पुगेको संस्थाका अध्यक्ष भवानी दंगालले बताउनुभयो । ‘संस्था संस्थापनाको छोटो अवधिमा उल्लेख्य प्रगति भएको छ’, उहाँले भन्नुभयो, ‘सहकारी क्षेत्रमा छोटो समयमा वासलातको आधार ठूलो बनाउने केही मात्र छन्, त्यसमा हामी पनि पर्छौं ।’ संस्थाको आज (शुक्रबार) देखि इकाइगत साधारणसभा समेत शुरु हुनेछ । संस्थाको २९ गते हुने अन्तिम माइन्युट प्रमाणीकरण भेलामा प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राईले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष दंगालले बताउनुभयो । यसैबीच, संस्थाले…
झापा, २३ मंसिर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०७८–०७९ मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रमको भर्ना रोक्न १५ कलेजलाई निर्देशन दिएको छ । चिकित्सा शिक्षा आयोगको ऐनविपरीत भर्ना खोलेको भन्दै आयोगले तत्काल भर्ना नलिन परिषद्लाई पत्राचार गरेको थियो । सोही पत्रको आधारमा हिजो बुधबार सीटीईभीटीले सार्वजनिक सूचना जारी गरी विद्यार्थी भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन–२०७५ को दफा ४२ बमोजिम प्रमाणपत्र तहको कार्यक्रम सञ्चालन नहुने भएकाले चिकित्सा शिक्षा आयोगको २०७७ साउन ३० गतेको बैठकबाट शैक्षिकसत्र २०७७–०७८ देखि उक्त तहका कार्यक्रम सञ्चालन नगर्ने नगराउने निर्णय भई उक्त निर्णय कार्यान्वयनका लागि सम्बन्धित…
झापा, २३ मंसिर । वैदेशिक रोजगारीमा लागु भएको ‘फ्री भिसा फ्री टिकट’ को व्यवस्थाबाट सरकार र विदेश जाने दुवै पक्षले फाइदा उठाउन नसकेपछि विकल्प खोज्न बहस सुरु भएको छ। सरकारले नियम लागु गरे पनि म्यानपावर कम्पनीहरूले त्यसअनुसार फ्री भिसा टिकटको व्यवस्था गर्न नसक्दा कामका लागि विदेश जाने युवालाई पहिलेजस्तै हजारौं रुपैयाँ तिर्नुको विकल्प छैन। अर्कोतिर विदेश जानेबाट लाखौं रुपैयाँ लिएर पनि म्यानपावर कम्पनीले १० हजार रुपैयाँभन्दा धेरै आम्दानी देखाउन सकेका छैनन्। यसले वार्षिक करोडौं कमाउने व्यवसायीबाट पनि सरकारले कर असुली गर्न सकेको छैन। फ्री भिसा टिकटको नियमले दुवै पक्ष फाइदामा नदेखिएपछि सरकारले विकल्पमा बहस सुरु गरेको हो। २०७२ साल असारमा…
झापा, २३ मंसिर । नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट (ओमिक्रोन) भित्रिएसँगै मुलुकभर उच्च सतर्कता अपनाउन थालिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही मङ्सिर १३ गते र त्यसअघिका निर्णयका आधारमा गृहमन्त्रालयले प्रहरी तथा स्थानीय प्रशासनलाई आन्तरिक सर्कुलर जारी गर्दै उच्च सावधानी अपनाउन भनिसकेको छ । सोही आधारमा जिल्ला जिल्लामा आवश्यक तयारी थालिसकिएको छ । गृहप्रवक्ता प्रदीपकुमार कोइराला मन्त्रिपरिषद्ले विभिन्न मितिमा गरेको निर्णय र कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र ९सिसिएमसी०को निर्णयका आधारमा तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न र गराउनका लागि मातहतका निकायलाई सर्कुलर जारी गरिसकेको जानकारी दिए । सोहीअनुसार सीमा क्षेत्रका जिल्लाले आवश्यक निर्णय गरी कार्यान्वयनसमेत गर्न थालिसकेका छन् । यसअघि…
झापा, २३ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा ‘बुस्टर डोज’ दिने भएको छ । राष्ट्रिय खोप सल्लाहाकार समितिको सिफारिसका आधारमा ६० वर्षभन्दा माथिका भेरोसेलको दुई मात्रा लगाएका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइने भएको हो । समितिको सिफारिस र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्डमा परेका ६० वर्षभन्दा माथिका भेरोसेल खोपको दुई मात्रा लगाएका ज्येष्ठ नागरिकलाई एक मात्रा खोप पुनः दिन थालिएको स्वास्थ्य सेवा विभागको परिवार कल्णाण महाशाखाका प्रमुख डा.विवेककुमार लालले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि स्वास्थ्यमन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च अधिकारीसँग यही मङ्सिर १७ गते छलफल गरेकी थिइन्…
इलाम, २३ मंसिर । माईजोगमाई अध्यक्ष कपमा पाहुना टोली भारतको मानेभञ्ज्याङ फुटबल क्लब सेमीफाइन प्रवेश गरेको छ । इलामको माईजोगमाई गाउँपालिका–१ नयाँबजार स्थित बालागुरु खेलमैदानमा जारी प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा मानेभञ्ज्याङले झापाको गाडागल्ली इनोभेटिभ सोसाइटीलाई ३–२ गोल अन्तरले हराउँदै सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो । खेलको सुरुवाती अग्रता मानेभञ्ज्याङले लिएको थियो । डिबक्सभित्र झापाका गोलरक्षकले फाउल गरेपछि पाएको मौकालाई कप्तान इलाले पेनाल्टी मार्फत गोल गरे । पहिलो हाफमा १–० ले पछि परेको झापाले दोश्रो हाफमा गोल फर्कायो । मौसमले अवरुद्ध बनेको खेलको ३५ औ मिनेटमा सब्स्टिच्युट खेलाडी पुजनले खेल बराबरीमा ल्याए । ४३ औ मिनेटमा झापाले अग्रता बनायो । अफ्रिकी…
झापा, २३ मंसिर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को राम्रो तयारी भईरहेको बताउनु भएको छ । उहाँले कोरोना संक्रमण नियन्त्रणका लागि विगतमा भएका तयारी भन्दा राम्रो भईरहेको बताउनुभयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज विराटनगरमा आयोजना गरेको शिक्षा, स्वास्थ्य, खाध्य तथा आवास अधिकारका सवालमा सरोकारवालावीच गरिएको प्रदेश स्तरिय अन्र्तक्रिया कार्यक्रममा मन्त्री यादवले सो जानकारी दिनुभएको हो । १४ वटै जिल्लामा सञ्चालित कोभिड उपचार सेन्टरहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिईसकिएको उहाँले बताउनुभयो । प्रदेश सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा पनि वेडहरु थप गरिएको उहाँले बताउनुभयो । मन्त्री…
झापा, २२ मंसिर । कांग्रेस नेता तुलसी सुब्बाले कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तेह्रथुमका स्थायीबासी सुब्बा पूर्वका लोकप्रिय नेता हुन् । उनले पार्टीको केन्द्रीय कार्यसमितिमा आदिबासी जनजातितर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए । सुब्बा कोइराला परिवारसँग नजिक छन् । २७ वर्षमै मन्त्री बनेका सुब्बा तेह्रथुमबाट ०६४ सालमा प्रत्यक्षतर्फ निर्वाचित संविधानसभा सदस्य हुन् । तेह्रथुम त्यस्तो क्षेत्र हो, जहाँ ०१५ सालपछि कांग्रेसले चुनाव जित्न सकेको थिएन । त्यसो त सुब्बा नै ०५६ सालमा मात्रै कांग्रेस प्रवेश गरेका हुन् । उनको प्रवेशकै कारण तेह्रथुममा कांग्रेस संगठन मजबुद बन्यो । त्यसबेला आमनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट…
झापा, २२ मंसिर । जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म झापाबाट दुई हजार ६८ जना हराए । हराएकामध्ये सबैभन्दा धेरै महिला छन् । हराउने महिलाको सङ्ख्या एक सय ४४ छ । यस्तै, पुरुष ६८, बालबालिका ४६ र ज्येष्ठ नागरिक १० जना छन् । जसमध्ये एक सय ३० जना फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अर्थात् हराएको कुल सङ्ख्याको ४८ प्रतिशत मानिस फेला परेका छन् । उमेर समूहलाई आधार मान्ने हो भाने झापामा चालू आर्थिक वर्षमा सबैभन्दा धेरै १८ देखि ३० वर्ष उमेर समूहका युवायुवती हराएका छन् । उनीहरूको सङ्ख्या एक सय ३४ रहेको…