
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, १५ कात्तिक । भद्रपुरका बाढीपीडितलाई राहत सामग्री वितरण गरिएको छ । गत कार्तिक २ गते अविरल वर्षापछि मेची नदीमा आएको बाढीले प्रभावित परेका परिवारलाई राहत सामग्री वितरण गरिएको हो । क्यारिटस नेपाल र नेपाल–भारत मैत्री सङ्घ केन्द्रीय समितिले आइतबार छुट्टाछुट्टै संक्षिप्त कार्यक्रमको आयोजना गरी भद्रपुरका सय भन्दा बढी बाडीपीडितलाई खाद्यान्न सामग्री वितरण गरिएको भद्रपुर–५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले जानकारी दिए । क्यारिटस नेपालले भद्रपुर ५ का ७५ परिवार र नेपाल–भारत मैत्री सङ्घले ५८ परिवारलाई चामल, दाल, तेल, नुन, चना लगायतको खाद्यान्न सामग्री वितरण गरेको हो । क्यारिटसले भद्रपुर–३ स्थित हतिमाराका ३० परिवारलाई समेत खाद्यान्न सामग्री वितरण गरेको छ…
झापा, १५ कात्तिक । अब प्रदेश नं. १ का सबै कार्यालय पेपरलेस हुने भएका छन् । आइतबार बसेको प्रदेश नं. १ को मन्त्रिपरिषद्को बैठकमा स्वचालित विद्युतिय कार्यालय प्रणाली सञ्चालन तथा व्यवथापन कार्यविधी २०७८ पारित गरिएसँगै प्रदेशका सबै कार्यालयहरुलाई पेपरलेस हुने भएको हो । यस्ता छन् मन्त्रिपरिषद्का चार निर्णयहरु१. स्वचालित विद्युतिय कार्यालय प्रणाली सञ्चालन तथा व्यवथापन कार्यविधी २०७८ लाई पारित गरिएको छ । यो सँगै मुख्यमन्त्री भीम आचार्य ज्युको प्रदेशका सबै कार्यालयहरुलाई पेपरलेस बनाउने ध्यय पुरा हुने भएको छ । सबै काम कारवाही पेपरलेस बनाउनलाई आवश्यक सफ्टवेयर तयार गरिएको छ । अव मन्त्रालयका काम पेपरलेस हुने छन् । यसले इ–गर्भमेन्टलाई प्रभावकारी…
झापा, १५ कात्तिक । प्रदेश १ मा आइतबार ५३ जनामा कोरोना संक्रमण भएको छ । ४४१ जनाको पीसीआर परीक्षण गर्दा ४६ र ७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २०, मोरङमा १३, सुनसरीमा १२ र संखुवासभामा १ जनामा संक्रमण देखिएको हो । झापाको गौरादहमा ४, अर्जुनधारा, कनकाई, भद्रपुर र विर्तामोडमा ३–३, दमक र मेचीनगरमा २–२, मोरङको विराटनगरमा ७, सुन्दरहरैचामा २, बुढीगंगा, ग्रामथान, लेटाङ र उर्लाबारीमा १–१, सुनसरीको इटहरीमा ८, रामधुनी र इनरुवामा २–२ र संखुवासभाको खाँदबारीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १…
विराटनगर, १५ कात्तिक । प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले प्रदेशबासीलाई प्रदेश सरकारको अनुभूती दिलाउन एकद्वार प्रणालीबाट सेवा दिन खोजिएको बताउनु भएको छ । जिल्ला–जिल्लामा एकीकृत सेवा हुँदा प्रदेशबासीलाई नै सहज हुने उहाँले बताउनुभयो । विराटनगरमा आयोजित एक कार्यक्रमका बीच प्रदेश सरकारको २०७८–७९ को नीति तथा कार्यक्रम र प्रदेश सरकारको २०७८–७९ को बजेट वक्तव्यको अनुसारले नै प्रदेश सरकारले कार्य अघि बढाएको उहाँले बताउनुभयो ।
झापा, १५ कात्तिक । प्रदेश १ को स्वास्थ्य सेवा तथा कार्यक्रमहरुको प्रदेश १ स्तरीय वार्षिक समीक्षा गोष्ठी आइतबारदेखि विराटनगरमा शुरु भएको छ । तीन दिन चल्ने समीक्षा कार्यक्रममा प्रदेश जनस्वास्थ्यको सेवा प्रवाह, प्रदेश स्वास्थ्य उपचारात्मक सेवा प्रवाह र प्रदेश आयुर्वेद सेवा प्रवाहका विषयमा प्रस्तुतीकरण र छलफल हुने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञाबहादुर वस्नेतले जानकारी दिनुभयो । आजको कार्यक्रममा स्वास्थ्य कार्यालयहरुको जिल्लागत प्रस्तुतीकरण र छलफल कार्यक्रम गरिएको निर्देशक वस्नेतले बताउनुभयो । उहाँका अनुसार सोमबार जिल्ला अस्पतालहरुको प्रस्तुतीकरण, प्रदेश स्वास्थ्य तालिम केन्द्र, प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, विराटनगर महानगरपालिका लगायत विभिन्न निकायको प्रस्तुती करण हुनेछ । मंगलबार १४…
धरान, १४ कात्तिक । डिभोर्स गरिसकेकी पत्नीलाई बलात्कार गरेको आरोपमा सुनसरीको धरानबाट एकजना व्यक्ति पक्राउ परेका छन्। डिभोर्स गरिसकेकी पत्नीलाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय धरानले वडा नंं १५ निवासी भोजराज थापा ुफडिन्द्रुलाई पक्राउ गरेको हो। इप्रका धरानका डीएसपी नरेन्द्र कुँवरका अनुसार पूर्वपत्नीलाई करणी गरेको उजुरीको आधारमा उनी पक्राउ परेका हुन्। उक्त घटना यही बिहीबार भएको बताइएको छ।
बिर्तामोड, १४ कात्तिक । झापा अर्जुनधारा नगरपालिका–११ सालबारीस्थित चारआली–शनिश्चरे सडक खण्डमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सो सडक खण्डको कालिखोलाको कल्वटमा मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक अर्जुनधारा–११ का १८ वर्षीय कुशल दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.१–०१–०१२ प. ४३७४ नम्बरको मोटरसाइकल शनिबार राति ९ः३० बजे आफैँ अनियन्त्रित भई कल्वटमा ठोक्किएर खोलामा झरेको थियो । घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट सालबारीबाट प्रहरी टोलीले पानीमा डुबेर बेहोस भएका दासलाई उपचारकय लागि मनमोहन अस्पताल बिर्तामोड पठाइएकोमा अस्पताल पु¥याउन साथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ…
झापा, १४ कात्तिक । नेपालीका लागि विद्युतीय चुलोमा खाना पकाउन अब सहज हुने भएको छ । विद्युत अभाव र महँगो महसुल रहेको अवस्थामा हालै माथिल्लो तामाकोसीलगायतका आयोजना नेपाल विद्युत प्राधिकरणको प्रणालीमा थप भएपछि वर्षायाममा मुलुक बिजुलीमा आत्मनिर्भर भएको छ । अब मागअनुसार बिजुली उपलब्ध हुने अवस्था सिर्जना भएको छ । प्रणालीमा झन्डै दुई हजार मेगावाट बिजुली उपलब्ध भएका सन्दर्भमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भुसालले विदेशी ग्यास छाड्ने र स्वदेशी बिजुली उपभोग गर्ने योजना अगाडि सारेकी छन् । नेपाल आयल निगमको विवरण अनुसार झण्डै रु ४० अर्ब बराबरको खाना पकाउने एलपी ग्यास आयात हुने गरेको छ । शुक्रबार त निगमले एलपी…
मोरङ, १४ कात्तिक । मोरङको सुन्दरहरैचा नगरपालिका–४ दुलारी स्थित पूर्व–पश्चिम राजमार्गमा लहरीको ठक्करबाट स्कुटी चालकको मृत्युको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४५ वर्षीय श्याम लिङ्खा रहेका छन् । हिजो बेलुका पौने ६ बजे पश्चिम आउँदै गरेको BR 50 GA 0306 नम्बरको भारतीय लहरीले विपरीत दिशाबाट जाँदै गरेको को ३६ प २१७२ नम्बरको स्कुटरलाई ठक्कर दिई दुर्घटना हुदाँ गम्भीर घाइते भएका लिङ्खाको घोपा धरानमा उपचारको क्रममा बेलुका पौने ७ बजे मृत्यु भएको छ । ठक्कर दिने लहरी प्रहरी चौकीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकोले खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय बेलाबरीले जनाएको छ ।
बिर्तामोड, १४ कात्तिक । कालिका नेपाल बिर्तामोड–१ झापाको आयोजनामा सञ्चालित तीन दिवसीय आधारभूत उद्घोषण तालिम सम्पन्न भएको छ । बिर्तामोड –३ स्थित आदर्श स्कूल अफ म्यानेजमेन्टमा धौलागिरी–पारिजात बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोड–४ को प्राविधिक सहयोगमा भएको तालिममा कालिका नेपाल महिला विभागमा आवद्ध महिलाहरुको सहभागिता रहेको थियो । तालिममा सहभागीलाई बिर्ताज्योति साप्ताहिकका सम्पादक÷ प्रकाशक तुलसीप्रसाद निरौलाले प्रशिक्षण प्रदान गरेका थिए । कालिका नेपालका अध्यक्ष भक्तबहादुर कार्कीको अध्यक्षता तथा धौलागिरी–पारिजात बहुउद्धेशिय सहकारी संस्थाका व्यवस्थापक राजेश दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महिला विभाग सदस्य कविता ढुंगेल आचार्यले स्वागत गरेकी थिइन् । कार्यक्रममा कालिका नेपालका संस्थापक अध्यक्ष तुलसीराम खरेल, लेखा परीक्षक खीवलाल अधिकारी, कालिका मार्ग…