
झापा, १५ कात्तिक । प्रदेश १ को स्वास्थ्य सेवा तथा कार्यक्रमहरुको प्रदेश १ स्तरीय वार्षिक समीक्षा गोष्ठी आइतबारदेखि विराटनगरमा शुरु भएको छ ।
तीन दिन चल्ने समीक्षा कार्यक्रममा प्रदेश जनस्वास्थ्यको सेवा प्रवाह, प्रदेश स्वास्थ्य उपचारात्मक सेवा प्रवाह र प्रदेश आयुर्वेद सेवा प्रवाहका विषयमा प्रस्तुतीकरण र छलफल हुने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञाबहादुर वस्नेतले जानकारी दिनुभयो ।
आजको कार्यक्रममा स्वास्थ्य कार्यालयहरुको जिल्लागत प्रस्तुतीकरण र छलफल कार्यक्रम गरिएको निर्देशक वस्नेतले बताउनुभयो । उहाँका अनुसार सोमबार जिल्ला अस्पतालहरुको प्रस्तुतीकरण, प्रदेश स्वास्थ्य तालिम केन्द्र, प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, विराटनगर महानगरपालिका लगायत विभिन्न निकायको प्रस्तुती करण हुनेछ ।
मंगलबार १४ जिल्लाका आयुर्वेद कार्यालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा विभागको प्रस्तुती रहने निर्देशक बस्नेतले बताउनुभयो । समीक्षा कार्यक्रमको अन्तिम दिन गुणस्तरिय आयुर्वेद सेवा प्रदान गर्न प्रदेश र स्थानीय तहवीच समन्वय र सहकार्य संवन्धि अन्र्तक्रिया कार्यक्रम पनि हुने बताईएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



