
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १४ कात्तिक । नेपालका पूर्वीसीमा काँकडभिट्टाबाट पौने दुई सय किलोमिटर मोटर यात्रापछि फुन्चोलिङ सहरको प्रवेशद्वार पुगेर चिहाउँदा भुटान चकमन्न थियो । पहाडी पाखोमा सफा र हरियाली फुन्चोलिङ बजार बन्द थियो । सर्वसाधारण घर बाहिर निस्किएका थिएनन् । सडकमा सरकारी गाडी मात्र पातलो कुदिरहेका थिए । प्रवेशद्वारमा वारिपारि हेर्न सकिने आँखीझ्याल छन् । भारततिरका स्थानीय तथा पर्यटक त्यही आँखीझ्यालबाट भुटान चिहाउने गर्छन् । फुन्चोलिङको यो चकमन्नता कोभिड–१९ को महामारीको प्रभाव शून्यमा झार्न भुटान कठोरतापूर्वक कसरी जुधिरहेको छ भन्ने दर्शाउन पर्याप्त छ । आफ्ना नागरिकको स्वास्थ्य सुरक्षामा निकै ध्यान दिदै आएको भुटानी सरकारले भुटानभित्र आन्तरिक आवतजावतमा मात्र नभएर बाह्य मुलुकसँगको सम्पर्कमा…
बिर्तामोड, १४ कात्तिक । राष्ट्रिय भूमी आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले भूमीहीन दलित, सुकुम्बासी तथा अब्यवस्थित बसोबासीलाई माघ मसान्त भित्र धनिपूर्जा वितरण गरिने बताएका छन् । उनले केपी ओली नेतृत्व सरकारको आयोगले गतिशील काम गर्न नसकेको आरोप लगाउँदै आयोगले भूमीहिनलाई लालपूर्जा दिन नचाहेकोसमेत बताए । उनले ओली नेतृत्व सरकारको आयोगको थुप्रै उदाहरण दिदै भने ‘यो आयोगले माघ मसान्त भित्रमा भूमीहीन दलित, सुकुम्बासी तथा अब्यवस्थित बसोबासीलाई धनिपूर्जा वितरण गर्छं ।’ नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) झापाको आयोजनामा शनिवार बिर्तामोडमा भएको भूमी समस्या तथा समाधान विषयक अन्र्तक्रिया कार्यक्रम २०७८ मा बोल्दै खड्काले उक्त कुरा बताएका हुन् । पार्टीका झापा सह–इन्चार्ज झलकसिंह दर्लामीको अध्यक्षतामा…
अभिनेता राजेश हमालले गीत गाएका छन्। उनले ‘मन बूढो भएन’ बोलको रोमान्टिक गीतमा स्वर दिएका हुन्। गीत दीपक शर्माले रचेका हुन् भने संगीत पनि उनैले भरेका हुन्। नरेन्द्र वियोगीको एरेन्जमा बनेको गीतमा अभिनेता हमालसँगै एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलको पनि स्वर छ। गीतकार तथा संगीतकार दीपक शर्माका अनुसार उक्त गीत अनामनगरस्थित वेभ स्टुडियोमा २ महिनाअघि रेकर्ड गरिएको हो। उक्त गीतको भिडिओ पनि बनाउने तयारी भइरहेको छ। जसमा अभिनेता राजेश हमाल आफैंले अभिनय गर्नेछन्। साथमा रेश्मा घिमिरेलगायत कलाकार रहने निर्माण पक्षले जनाएको छ। भिडिओ तिहारअगाडि नै तयार हुने बताइएको छ।
भद्रपुर, १३ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी एमाले भद्रपुर नगर अधिवेशनले ब्रम्हलाल ढुङ्गानाको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी गठन गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्तिक ९ गते १२ बजे भर्चुअल सम्बोधन गर्दैै उद्घाटन गरेको अधिवेशनको निर्वाचन सत्रले ढुङ्गानाको अध्यक्षतामा नगर कमिटीलाई निर्वाचित गरेको हो । निर्वाचन सत्रले एक उपाध्यक्षसहित ६३ सदस्य निर्विरोध निर्वाचित गरेको थियो भने १२ पदमा शुक्रबार मतदानबाट निर्वाचित गरेको निर्वाचन कमिटीका संयोजक माधव विद्रोहीले जानकारी दिए । निर्वाचन कमिटीले दिएको जानकारी अनुसार अध्यक्षमा ब्रम्हलाल ढुङ्गाना सचिव घनश्याम लकान्द्री, उपसचिवमा किरण कार्की र कौशिल्या अधिकारी निर्वाचित भएका छन् । उपाध्यक्षमा भीम सुब्बा केरुङ निर्विरोध निर्वाचित…
काठमाडौँ, १३ कात्तिक । लागुऔषध मुद्दामा हिरासतमा रहेका आर्यन खान २७ दिनपछि आज (शनिबार) रिहा भएका छन्। आर्यन बलिउड अभिनेता शाहरुख खानका छोरा हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार अदालतको आदेशमा धरौटीमा उनी अघि बिहान ११ बजे आर्थर रोड जेलबाट मुक्त भएका हुन्। अदालतले गत बिहीबार साँझ आर्यनसँगै अरबाज मर्चेन्ट र मुमुन धमेचालाई पनि धरौटीमा रिहा गर्न आदेश दिएको हो। तर त्यस क्रममा अदालतले अभियुक्तलाई १४ सर्त पालना गर्न भनेको छ, अन्यथा धरौटी आदेश रद्द हुनेछ। यी हुन् १४ सर्त१. हरेक अभियुक्तले १ लाख रुपैयाँ बराबरको धरौटी दिनुपर्ने२. अभियुक्त यस प्रकार (लागु औषध) को अपराध नदोहोर्याउन सजग हुनुपर्ने३. अभियुक्तले कुनै पनि…
विराटनगर, १३ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन काँचो धागोले बाँधेको नभएकाले बलियो भएको दाबी गरेका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीका क्रममा उनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाभियोग लगाउने विषयमा कुनै छलफल नभएको कुरा दोहोर्याए। उनले प्रदेश नं १ मा छिट्टै मुख्यमन्त्री भीम आचार्यको बहिगर्मन हुने र आफ्नो पार्टीको संसदीय दलका नेता राजेन्द्रकुमार राईको नेतृत्वमा सरकार बन्ने बताए। मुख्यमन्त्री आचार्य नेकपा एमालेका नेता हुन्। यसअघि बागमती प्रदेशमा एमाले नेता अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेका कारण मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि एकीकृत समाजवादीबाट नेता राजेन्द्र पाण्डेले त्यहाँको प्रदेश सरकारको नेतृत्व गरेका छन्। अघिल्लो सरकारले संघीयता,…
झापा, १३ कात्तिक । झापासहित देशभर चिसो बढेको छ । शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव एक डिग्री रहेकोमा आज १० दशमलव ६ डिग्रीमा झरेको छ । काठमाडौँ उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अब चिसो निरन्तर बढ्दै जाने विभागका मौसमविद् शान्ती कँडेलले बताउनुभयो । दिउँसोपख घाम लागे पनि बिहान र बेलुका चिसो महसुस हुने गरेको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम शुरु हुन्छ । केही दिनअघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ । हाल देशको पहाडी तथा हिमाली…
झापा, १३ कात्तिक (रासस) । नेपालीभाषीको बाहुल्य रहेको भारत र भूटानको सीमा क्षेत्र ‘डुबर्स’ मा मानव–हात्ती द्वन्द्व सबैभन्दा ठूलो समस्याको रुपमा रहेको छ । त्यहाँको अलिपुरद्वार जिल्लामा सडकमा गाईबस्तु हिँडेझैँ हरेक साँझ आहार खोज्दै जङ्गली हात्तीको लर्को बस्ती र बाली क्षेत्रमा पस्ने गरेको देख्न सकिन्छ । भूटानको प्रवेशबिन्दु फुन्चोलिङसँग जोडिएको अलिपुरद्वारको मदारीहाट ब्लकमा एक लाखभन्दा बढी नेपाली भाषी बसोबास गर्छन् । जहाँ दैनिक ४०० को हाराहारीमा आउने हात्तीले मान्छे मार्ने, खेतबारीको अन्नबाली खाइदिने र घर भत्काउने गरेको डुबर्स न्यूज च्यानलका सम्पादक नविन आचार्यले बताए । पश्चिम बङ्गाल सरकारले जल्दापाडा राष्ट्रिय निकुञ्जको वरिपरि विद्युतीय घेराबार गरेर हात्ती गाउँ पस्न नदिने उपाय…
झापा, १३ कात्तिक । सरकारले फेरि इन्धनको भाउ बढाएको छ । गएरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्याँससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको भाउ बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ निरन्तर बढिरहेकाले घाटा कम गर्न भन्दै निगमले स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको मूल्य १ सय ३३ रुपैयाँ कायम गरेको छ । त्यसैगरी डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढेर १ सय १६ रुपैयाँ पुगेको छ । आन्तरिक तथा बाह्य हवाई इन्धनमा साविकको बिक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँले बढाएर आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९६ रुपैयाँ पुगेको छ । यस्तै एलपी ग्याँसमा…
गोपाल गिरीदुई दर्जन पुस्तकका स्रष्टा, एक दर्जनभन्दा बढी पत्रपत्रिकाका सम्पादक, वरिष्ठ आख्यानकार, पत्रकार नकुल काजीको ‘पञ्चायती झापा’ पुस्तक २०७८ सालको बडादशैंको अवसरमा कोसेलीको रूपमा पाठक माझ आएको छ । ‘राजनीतिक उगाल’–हास्यव्यंग्य पुस्तक प्रकाशित भएको एक महिनापछि नै पञ्चायती झापा इतिहासको पुस्तक पाठक समक्ष ल्याउन काजी सफल हुनुभएको हो । ११८ पृष्ठको १८ खण्डमा संरचित यस पुस्तकको भूमिका चूडामणि वशिष्ठ र गोपाल गिरीले लेख्नुभएको छ । ३० वषेर् पञ्चायतकालीन झापा कस्तो थियो ? पञ्चहरू कस्ता थिए ? नेता र कर्मचारीहरूले जनताजनार्दनलाई कसरी दुःख दिन्थे ? सामन्तीहरूको कीतेर्, काइते, कानूनी जालझेल, शोषण–दमन कुन हदसम्मको थियो ? खमार काण्ड, पाटा काण्ड, झोडा काण्ड, सुखानी हत्याकाण्ड के…