
गोपाल गिरी
दुई दर्जन पुस्तकका स्रष्टा, एक दर्जनभन्दा बढी पत्रपत्रिकाका सम्पादक, वरिष्ठ आख्यानकार, पत्रकार नकुल काजीको ‘पञ्चायती झापा’ पुस्तक २०७८ सालको बडादशैंको अवसरमा कोसेलीको रूपमा पाठक माझ आएको छ ।
‘राजनीतिक उगाल’–हास्यव्यंग्य पुस्तक प्रकाशित भएको एक महिनापछि नै पञ्चायती झापा इतिहासको पुस्तक पाठक समक्ष ल्याउन काजी सफल हुनुभएको हो । ११८ पृष्ठको १८ खण्डमा संरचित यस पुस्तकको भूमिका चूडामणि वशिष्ठ र गोपाल गिरीले लेख्नुभएको छ ।
३० वषेर् पञ्चायतकालीन झापा कस्तो थियो ? पञ्चहरू कस्ता थिए ? नेता र कर्मचारीहरूले जनताजनार्दनलाई कसरी दुःख दिन्थे ? सामन्तीहरूको कीतेर्, काइते, कानूनी जालझेल, शोषण–दमन कुन हदसम्मको थियो ? खमार काण्ड, पाटा काण्ड, झोडा काण्ड, सुखानी हत्याकाण्ड के प्रयोजनका लागि कसरी घटित भएका थिए र त्यसको परिणाम के निस्क्यो… आदि इतिहास जान्न–बुझ्न यो पुस्तक पढ्नै पनेर् हुन्छ ।
२०३५ सालपछिका पुस्ताले पञ्चायतकाल सुने पनि अनुभव गर्न पाएनन् । त्यो पुस्ताले यस पुस्तकमा पञ्चायत अनुभव गर्न पाउँछन्् । पञ्चायती झापाको आँखीझ्यालबाट त्यसबेलाको सिंगै देशको शासन व्यवस्थालाई नियाल्न सकिने यो पुस्तक अत्यन्तै पठनीय र संग्रहणीय बनेको छ ।
पञ्चायतको उज्यालो पक्षभन्दा पनि अँध्यारो अर्थात् नकारात्मक पक्ष र पञ्चायतको सैद्धान्तिक पाटोभन्दा पनि पञ्चहरूले प्रदर्शन गरेका व्यवहारगत पक्षलाई उजागर गदैर् पुस्तकले लुकेका धेरै घटनाहरूको पर्दाफास गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


