
बुधबारे, ६ बैशाख । झापाको बुद्धशान्ति–३ चिलिमगढीमा हरिणको सिंगजस्तो वस्तु फेला परेको छ ।
शनिबार राति १०ः३० बजे बुद्धशान्ति–३ चिलिमगढी घाटस्थित इलाका प्रहरी कार्यालय बुधबारे झापा र सशस्त्र प्रहरी बल नेपाल भुटानी सरणार्थि शिविर सुरक्षा बेस टिमाई झापाबाट खटिएको संयुक्त गस्ती टोलीले गस्ती गर्ने क्रममा चिलिमगढी घाट नजिकै वन्यजन्तुको अंग हरिणको सिंग जस्तो देखिने वस्तु फेला पारेको हो । उक्त वस्तु सुरक्षित राखिएको र वन कार्यालय झापामा बुझाउनका लागि आवश्यक समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


