झापा, ४ कात्तिक । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ।
विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ।

उहाँले प्रत्येक नागरिकले सरकार आफ्ना लागि छ भन्ने अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको उल्लेख गर्नुभएको छ। इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनतबाट समाजमा विद्यमान विकृति हटाउन सकिने उहाँको विश्वास छ।
प्रधानमन्त्री शाहले विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्न प्रेरणा दिने बताउनुभएको छ। परिवर्तनका लागि सोचमा सुधार ल्याउनुका साथै व्यवहारमा समेत परिवर्तन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभएको छ।
विजयादशमी असत्यमाथि सत्यको विजयको प्रतीक भएको बताउँदै प्रधानमन्त्री शाहले यस पर्वले नेपाली समाजमा आपसी सद्भाव, एकता, सम्मान र आत्मीयता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
उहाँले सबै नेपालीलाई आ–आफ्नो क्षमताअनुसार पर्व मनाउँदै आपसमा माया, सद्भाव र सम्मान साटासाट गर्नसमेत आग्रह गर्नुभएको छ।



