
झापा, १ बैशाख । झापाको गौरीगञ्ज गाउँपालिका–५ मा मोटरसाइलकको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् ।
आज बेलुका गौरीगञ्ज–५ डाँगीटोलास्थित फत्तेपुर–डाँगीटोला भित्री सडक खण्डमा पूर्व फत्तेपुरबाट पश्चिम डाँगीटोला तर्फ जाँदै गरेको प्र१–०१–०१२प२०८२ नम्बरको मोसाले विपरित दिशाबाट जाँदै गरेको साइकलयात्री सोही स्थानका १३ वर्षीय सरोज सिंह गनगाईलाई ठक्कर दिँदा गम्भीर घाइते भएका हुन् ।
घाइते बालकलाई उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएको छ । बालकको टाउको, अनुहार र खुट्टामा चोट लाग्दा अवस्था तत्काल बोल्न नसक्ने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मोटरसाइकल चालक गौरीगञ्ज गाउँपालिका–५ मल्लाह टोलका २५ वर्षीय सुरजकुमार सिंह गनगाई ठक्कर दिई भाग्ने क्रममा मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा घाइते भएका छन् । उनको समेत सोही अस्पतालमा उपचार भइरहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


