
झापा, १ बैशाख । झापाको दमक नगरपालिका–८ मा गुडिरहेको मोटरसाकइलमा अचानक आगलागी भएको छ ।
आज दिउँसो पूर्व–पश्चिम लोकमार्गमा भद्रपुरबाट इटहरीतर्फ जाँदै गरेको प्र.१–०२–०५२ प ८५७३ नम्बरको कालो रङको बुलेट मोटरसाइकल गुडिरहेको अवस्थामा अचानक आगलागी भएको हो ।
आगो दमक नगरपालिकाको दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा आएको थियो । आगलागीबाट मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको छ । मोटरसाइकल चालक संखुवासभाको मादी नगरपालिका–३ घर भई हाल शसस्त्र प्रहरी सिमा सुरक्षा गुल्म भद्रपुर झापामा कार्यरत गणेश जिमी सकुसल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


