
इलाम, १ चैत । इलामको देउमाई नगरपालिका–८ आमबोटेमा कुखुराको मासुको हड्डी अड्किएर एक जनाको मृत्यु भएको छ । सोही स्थानका ६० बर्षीय मनबहादुर मगर छिमेकि रामबहादुर मगरको घरमा कुखुराको मासु खाने क्रममा घाँटीमा हड्डि अड्किए मृत्यु भएको छ हो ।
आज बिहान ९ः४५ बजेको समयमा कुखुराको मासु खाने क्रममा घाँटीमा हड्डि अड्किए मृत्यु भएको स्थानियले इलाका प्रहरी कार्यालय मंगलबारे इलाममा जानकारी गराएका थिए । जानकारी पाउना साथ प्रहरी चौकी जितपुर इलामबाट प्रहरी सहायक निरिक्षक जीवन कुमार गिरीको कमाण्डमा २ जनाको प्रहरी टोली पुगेर घटनास्थल सुरक्षित राखेको थियो ।
घटनास्थल अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलका प्रहरी कार्यालय मंगलबारे इलाम र जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरीको टोली गएको बताइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


