
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २५ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सक्रिय सदस्यहरूको सदस्यता शुल्क बुझाउन कार्तिक २८ सम्मको समय दिएको छ । सो अवधिभित्र सदस्यता शुल्क नबुझाउनेको सदस्यता स्वतः खारेज गर्ने निर्णय अध्यक्षत्रयहरुको बैठकले गरेको छ । सचिवालयले कार्तिक २९ भित्र केन्द्रीय निर्वाचन समितिलाई सक्रिय सदस्यहरूको नामावली उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ । यस्तै केन्द्रीय निर्वाचन समितिले कार्तिक ३० गते जिल्लाहरुमा सक्रिय सदस्यहरूको नामावली पठाउने, सक्रिय सदस्यहरूको नामावलीमा दावी विरोध मंसिर १ र २ गते भित्र गर्ने निर्णय पनि भएको केन्द्रीय सचिवालय प्रमुख भास्कर भद्राले जानकारी दिए । बैठकले सक्रिय सदस्यहरूबाट महाधिवेशन प्रतिनिधिहरूको चुनाव मंसिर ३,४ र ५ गते…
झापा, २५ कात्तिक । विज्ञापन बोर्डले मदिरा कम्पनीको विज्ञापन गर्ने र गराउनेलाई कारबाहीको चेतावनी दिएको छ । चाडपर्वको समयमा सर्वसाधारणको जनस्वास्थ्यमा असर पर्ने मदिरा तथा सुर्तीजन्य वस्तुको विज्ञापनले व्यापकता पाएपछि बोर्डले यस्तो चेतावनी दिएको हो । जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा १ मा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन गर्न नपाइने व्यवस्था छ । साथै, विज्ञापन नियमन गर्ने ऐन, २०७६ को दफा ५ को उपदफा १९छ० मा ‘प्रचलित कानूनले विज्ञापन गर्न निषेध गरेका बिषयमा विज्ञापन गर्न नहुने’ व्यवस्था गरेको छ । चाडबाडको समयमा केही पत्रपत्रिका लगायत विभिन्न सञ्चारमाध्यममा प्रचलित कानून विपरीत मदिराका विज्ञापन प्रकाशन तथा…
बिर्तामोड, २५ कात्तिक । निर्माण व्यवसायी संघ झापाको १४ औं साधारणसभा मंसिरको तेस्रो साता हुने भएको छ । संघको यही कात्तिक २३ गते बसेको कार्यसमिति बैठकले साधारणसभा मंसिर २१ र २२ गते विर्तामोडमा गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष मिलन वस्नेतको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । साधारण सभाको उद्घाटन नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले गर्ने निर्णय भएको संघका महासचिव ओम पौडेलले जानकारी दिए । अघिल्लो वर्ष नै साधारणसभा सम्पन्न गर्नुपर्ने भए पनि विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणका कारण साधारणसभा पछि धकेलिएको हो । हाल संघमा २७६ निर्माण व्यवसायी आबद्ध रहेको संघका छन् ।
झापा, २५ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना संक्रमण भएको छ । २४७ जनाको पीसीआर परीक्षण गर्दा १९ र ३९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १०, मोरङमा ६ र सुनसरीमा ३ जनामा संक्रमण भएको हो । झापाको अर्जुनधारामा ३, दमक र विर्तामोडमा २–२, मेचीनगर, कनकाई र भद्रपुरमा १–१, मोरङको विराटनगरमा ३, सुन्दरहरैचामा २, बुढीगंगामा १ र सुनसरीको धरानमा ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २६…
झापा, २५ कात्तिक । झापामा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व आजबाट विधिवत रुपमा सम्पन्न भएको छ । हिजो बेलुका जलासयहरुमा भेला भएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिई रातभर भजन किर्तनगरी आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै विधिवत रुपमा समापन भएको हो । कात्तिक शुक्ल चौथी देखि सप्तमीसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरुले व्रत सङ्कल्प गरी स्नान गरेर चोखो नितो खाएका थिए । पहिलो दिनको यो विधिलाई स्थानिय बोलीचालीको भाषामा ‘नहाय–खाय’ भनिन्छ । मूलतः सूर्य देवको उपासना गरिने छठ पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरी निराहार व्रत बसी राति सख्खरमा पकाइएको खीर मात्र…
झापा, २५ कात्तिक । तेस्रो ध्रुव मानिने हिमाली क्षेत्रको संरक्षण, अध्ययन, अनुसन्धान तथा जलवायु परिवर्तनले पारेको हिमाली अर्थतन्त्रको सुधारमा काम गर्न विश्व समुदाय सहमत भएको छ । बेलायतको स्कटल्यान्डस्थित ग्लास्गो सहरमा आयोजना भइरहेको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप २६) को प्राविधिक सत्रमा यो कुरालाई अनुमोदन गरिएको छ । सम्मेलनको पहिलो सत्रमा राजनीतिक प्रतिबद्धता तथा घोषणा हुने गर्छन् । पहिलो सत्रमा राष्ट्राध्यक्ष तथा सरकार प्रमुखले गरेका घोषणा तथा प्रतिबद्धतालाई कसरी कार्यान्वयनमा लैजाने भन्ने विषयमा प्राविधिक रूपमा दोेस्रो सत्रमा छलफल, बहस तथा समझदारी हुने गर्छ । यही दोस्रो सत्रलाई प्राविधिक सत्र भन्ने गरिन्छ । कात्तिक १४ बाट सुरु भएको सम्मेलन कात्तिक २६…
झापा, २५ कात्तिक । प्रमुख चाडपर्व सम्पन्न भएका छन्। यस वर्ष असोज र कात्तिकमा प्रमुख चाड दसैँ,तिहार र छठलाई सर्वसाधारणले उत्साहपूर्वक मनाएका छन्। कोरोना विषाणुको असरका कारण गत वर्ष अहिलेजस्तो उत्साहले चाड मनाउने सुविधा सर्वसाधारणलाई भएन। चाडपर्वपछि जीवन फेरि व्यस्तता र वर्षभरिका कठिनाइ तिर फर्कन्छ। यस पटक चाडपर्व सकिएलगत्तै सर्वसाधारणले अचानक भान्छा महँगिएको चाल पाएका छन्। सामान्यतः चाडपर्वका बेला राजधानी उपत्यकाका सर्वसाधारण आफ्ना गृह जिल्ला जान्छन्।यस्तो बेलामा अचानक महँगी बढ्नु स्वाभाविक होइन। जहाँ आपूर्ति धेरै गर्नु पर्दैन भने मूल्य बढ्नुपर्ने अवस्था पनि रहँदैन। तरकारी बजारलाई व्यवस्थित गर्न नसकेका कारण यस्तो भएको हो। मूल्य वृद्धि हुँदा पनि एकैचोटि दोब्बरसम्म हुनु आफैंँमा…
झापा, २५ कात्तिक । पटक–पटक कार्यतालिका परिवर्तन गरी पछिल्लोपटक मंसिर २४ देखि २६ सम्म महाधिवेशन गर्ने कार्यतालिका बनाएको नेपाली कांग्रेसले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले अब कार्यतालिकामा कुनै हेरफेर नहुने र निर्धारित समयमै अधिवेशन सम्पन्न गर्न सबै जिल्लामा निर्वाचन अधिकृत खटाइएको बताए । महाधिवेशनको तयारीबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक पनि यही कात्तिक २८ गते आइतबार बस्दै छ । बैठकले महाधिवेशनका लागि विभिन्न उपसमिति बनाउने तथा महाधिवेशनमा प्रस्तुत हुने विभिन्न प्रतिवेदनहरू तयार पार्न संयोजकहरू तोक्ने बताइएको छ । निर्वाचन समितिले भदौ १८ देखि तल्लो तहको अधिवेशन प्रक्रिया अघि बढाए…
झापा, २५ कात्तिक । मुलुकभरि आजदेखि देखि राष्ट्रिय जनगणना सुरु हुँदैछ।प्रत्येक १० वर्षमा जनगणना गरिन्छ। केन्द्रीय तथ्यांक विभागले गणकलाई सही सूचना दिएर सहयोग गर्न सबैलाई अपिल गरेको छ। विभागले बुधबार पत्रकार सम्मेलन गरी प्रत्येक नागरिकलाई जनगणनामा सहभागी हुन अपिल गरेको हो। ‘अहिलेको जनगणनामा सहभागी भएनौं भने हामी राष्ट्रिय तथ्यांकमा छुट्छौं’,विभागका महानिर्देशक नेवीनलाल श्रेष्ठले भने।कोही पनि नागरिक जनगणनामा नछुटून् भन्नेतर्फ विभाग सचेत रहेको उनले बताए।जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ भन्ने तय गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको परिवारको विवरण लिएर जनगणना उट्घाटन गर्ने कार्यक्रम रहेको विभागले जनाएको छ। जनगणना सुरु भएकै दिन उपराष्ट्रपति नन्दकिशोर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाको परिवारको विवरण…
झापा, २५ कात्तिक । नेपालबाट वैदेशिक रोजगारीमा जाने लगभग १८ प्रतिशत युवाको मासिक कमाइ १७ हजारभन्दा कम हुने गरेको छ । धेरै कमाउने आशामा परिवार र आफन्त छोडेर विदेश जाने १८ प्रतिशत युवाको कमाइ नेपालमा काम गर्ने श्रमिकका लागि तोकिएको भन्दा केही बढी १६ हजार ६ सयको हाराहारीमा रहेको सरकारको अध्ययनले देखाएको हो । सरकारले गत साउनबाट नेपालमा काम गर्ने श्रमिकको मासिक पारिश्रमिक भने १५ हजार तोकेको छ । तर विदेशी नेपालीको मासिक पारिश्रमिक स्वदेशमा तोकिएको भन्दा केही मात्र बढी छ । यस्तै वैदेशिक रोजगारीमा जाने लगभग ६५ प्रतिशत युवाको आय औसत मासिक ३३ हजार रुपैयाँभन्दा कम हुने गरेको अध्ययनले…