
झापा, २५ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना संक्रमण भएको छ । २४७ जनाको पीसीआर परीक्षण गर्दा १९ र ३९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १०, मोरङमा ६ र सुनसरीमा ३ जनामा संक्रमण भएको हो ।
झापाको अर्जुनधारामा ३, दमक र विर्तामोडमा २–२, मेचीनगर, कनकाई र भद्रपुरमा १–१, मोरङको विराटनगरमा ३, सुन्दरहरैचामा २, बुढीगंगामा १ र सुनसरीको धरानमा ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २६ महिला र २९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



