झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १९ असोज । माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप २०२१ मा नेपालले लगातार दोस्रो जित हात पारेको छ । सोमबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ३–२ ले पराजित गरेको हो । नेपालको लागि सुमन लामा, अन्जन विष्ट र आयुष घलानले गोल गरे । नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० ले पराजित गरेको थियो । लगातार दोस्रो जितपछि ६ अंक जोडेको नेपालले शीर्ष स्थानमा रहँदै फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।

Read More

झापा, १९ असोज । भारतबाट भन्सार छलेर नेपाल भित्राइएको करिब ९ लाख मूल्य बराबरको जुत्ता बरामद गरिएको छ । नेपाल भारतको सीमा पिलर ९४ नजिकैबाट नेपाल भित्राइएको सो मूल्य बराबरको जुत्ता सशस्त्र र नेपाल प्रहरीले बरामद गरेको हो । मेचीनगर नगरपालिका–१५ स्थित टुक्रे बाध नजिकैबाट इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले ८ लाख र सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोस्ट ज्यामिरगढीले ७५ हजार मूल्य बराबरको जुत्ता बरामद गरेको हो । बरामद गरिएको जुत्ता भद्रपुरका कारोबारीले ज्यामिरगढी नाकाबाट भित्राएको हो । सो सामान धुलाबारीका लाइनमेनले ल्याएको प्रहरी स्रोतले जनाएको छ । भारतबाट भन्सार छलेर १० पोका भन्दा बढी जुत्ता नेपाल भित्रिरहेको गोप्य…

Read More

फिल्म ‘उचाई’ को सुटिङका लागि बलिउडका तीन कलाकार नेपाल आएका छन् । सोमबार बिहान अभिनेता अनुपम खेरसहित बोमन इरानी, परिणिती चोपडा काठमाडौँ आइपुगेका छन् । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानले बलिउड कलाकारको टोली नेपालको मुस्ताङ लगायतका क्षेत्रमा फिल्म सुटिङ गर्ने प्रयोजनका लागि आज नेपाल आएको बताए । टोली सोमबार काठमाडौं आएपनि सुटिङ स्थलतर्फ कहिले प्रस्थान गर्छ भन्नेमा केही खुलाइएको छैन । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्म मुस्ताङका विभिन्न स्थानमा छायाँकन गर्ने कार्यक्रम छ । चलचित्रको छायाङ्कनका लागि स्थल अवलोकन गर्न निर्माता निर्देशक सुरज बडाजात्याको टोली भदौ अन्तिमतिर मुस्ताङ पुगेको थियो । मनाङमा करिब १० दिन सो…

Read More

झापा, १९ असोज । बाघबाट जोगिएर पुनर्जन्म पायौँ, सम्झँदा अहिले पनि मुटु काँपिरहेको छ, बाँचेर फर्किएको विश्वास अहिले पनि लागिरहेको छैन”, बाँकेको गाभरमा बाघको घेराबाट उद्धारपछि बाँचेका कालिका खड्काको भनाइ हो यो । बाघको मुखबाट बाँचेर घर फर्केकी खड्काले भोलिपल्ट बाघको डरले घरबाट बाहिर निस्कन नसकेको बताए । बाँकेको राप्तीसोनारी गाउँपालिका–१, गाभरका कालिका खड्का, हीरा खड्का र सेतु ओली बस्तीनजिकैको जङ्गलमा भैँसी, बाख्रा चराउन गएको बेला चारवटा पाटेबाघको घेरामा परेका थिए । “चारवटा पाटेबाघले घेरेपछि ज्यान जोगाउन हतार–हतार रूखमा चढ्यौँ, डेढ घण्टासम्म रूखबाटै हारगुहार गरेपछि बल्ल निकुञ्जका हात्तीले आएर उद्धार गर्दा बाँचेर फर्किएका हौँ, बाँच्ने आशा मारिसकेका थियौँ”, खड्कासँगै बाघको…

Read More

झापा, १९ असोज । सत्तारुढ दलमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता रोज्ने कि गठबन्धनलाई कायमै राख्ने भन्ने दुविधा उत्पन्न भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीलाई संसद्बाट छिटो पारित गर्ने पक्षमा छन्। यसकै लागि प्रधानमन्त्री देउवा संसद् अधिवेशन अन्त्य गर्न नमानेको गठबन्धनकै नेता बताउँछन्। तर, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) संशोधन गरेर मात्रै पारित गर्नुपर्ने पक्षमा छन्। माओवादी नेता गिरिराजमणि पोखरेल यथास्थितिमा एमसीसी संसद्को निर्णय प्रक्रियामा लैजान नहुने बताउँछन्। ‘अहिलेकै अवस्थामा एमसीसी राष्ट्रहितमा छैन। संशोधन र राष्ट्रिय सहमति कायम नगरी यसलाई संसद्मा लैजानु हुँदैन’, नेता पोखरेल भन्छन्, ‘प्रधानमन्त्रीले सोझै लैजानुभयो भने त्यसले गठबन्धनलाई प्रभाव पार्नेछ।’ आजको अन्नपूर्ण पोस्ट्…

Read More

झापा, १९ असोज । दसैँ नजिकिएसँगै बजारमा म्याद सकिएका खाद्य सामग्री छ्यापछ्याप्ती पाइने गरेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजारमा अनुगमनमा म्याद सकिएका खाद्य सामग्रीमा नै व्यापारीले नयाँ म्याद राखेर उपभोक्तालाई बिक्रीवितरण गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने गरेको पाइएको हो । बजार अनुगमन क्रममा पछिल्लो समय बजारमा म्याद सकिएको खाद्यवस्तुमा छ्यापछ्याप्ती पाइने गरेको विभागका एक अधिकारीले जानकारी दिए । महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण गरिएको लकडाउनले खाद्य सामग्री गोदाममै थन्किएपछि दसैंको मौका छोपी व्यापारीले नयाँ म्याद राखेर सामान बिक्री गर्ने गरेको पाइएको विभागले जनाएको छ । विभागका प्रवक्ता शिवराज सेढाईका अनुसार खाद्यान्न पसलमा म्याद नाघेका…

Read More

झापा, १८ असोज । प्रदेश १ मा पछिल्लो १४ घण्टामा १८६ जनामा कोरोना संक्रमण भएको छ । ८२६ जनाको पीसीआर परीक्षण गर्दा १३९ र २३८ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६६, मोरङमा ४४, सुनसरीमा २४, उदयपुरमा २, पाँचथर, ताप्लेजुङ, र धनकुटामा १–१ जनामा संक्रमण देखिएको हो । झापाको विर्तामोडमा १५, कनकाईमा १३, दमक र भद्रपुरमा ८–८, मेचीनगरमा ७, अर्जुनधारामा ४, बुद्धशान्तिमा ३, बाहृदशी, शिवसताक्षी र झापा गाउँपालिकामा २–२, हल्दिबारी र कमल गाउँपालिकामा १–१, मोरङको विराटनगरमा २८, बेलबारीमा ४, उर्लाबारी र बुढीगंगामा ३–३, सुन्दरहरैचामा २, सुनबर्षी,…

Read More

झापा, १८ असोज । कनकाई नगरपालिका ४ त्रिवेणीटोल स्थित दुर्गा नेपालको २ तले निर्माणधिन घरमा पलम्बरको काम गर्ने मजदुरको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका ३ का ६५ बर्षीय रुद्र अधिकारी रहेका छन् । आज बिहान साढे ११ बजे काम गर्ने क्रममा २ तलाबाट खस्दा गम्भिर घाईते भएका अधिकारीको उपचारको लागी B&C अस्पताल बिर्तामोडमा पुर्‍याउन साथ मृत्यु भएको थियो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।

Read More

इलाम, १८ असोज । इलाम सुर्योदय नगरपालिका–६ हर्कटे चौकबाट प्रहरीले लाखौ भारतिया नोट सहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम सुर्योदय नगरपालिका–१० फिक्कल का ३५ बर्षीय अनुप अग्रवाल रहेका छन् । हिजो बेलुका ४ बजे प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरी टोलीले अग्रवालले सवार गरेको मे १ च ६४२४ कारलाई चेकजाँच गर्ने क्रममा अग्रवालको साथमा रहेको कालो ब्यागमा २ हजार, ५ सय, २ सय र १ सयको नोट गरी जम्मा भारतीय रुपिया ११ लाख फेला परे पश्चात पक्राउ गरि ईलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको छ । पक्राउ परेका उनलाई कानुनि कारबाहीको लागी आन्तरिक राजस्व कार्यालय ईटहरीमा पठाउने पहल…

Read More

झापा, १८ असोज । झापा कनकाई नगरपालिका–२ सुकेडाँगी का ४२ वर्षीय राजबहादुर राईको रुखबाट लडेर मृत्यु भएको छ । आइतबार दिउँसो घिरौला टिप्न रुखचढेका राईको रुखबाट लडेर गम्भिर घाईते भएका थिए । घाइते राईको उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गराई थप उपचारको लागी नोवेल अस्पताल विराटनगर तर्फ ल्याउने क्रममा बेलुका साढे ६ बजे बाटैमा मृत्यु भएको थियो । घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।

Read More