
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
What's Hot
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १८ भदौ । मंसिर ९ देखि १३ सम्म १४औं महाधिवेशन गर्न लागेको नेपाली कांग्रेसभित्रको आन्तरिक गुट–उपगुट केन्द्रदेखि वडा तहसम्म फैलिएको छ । अघिल्लो अधिवेशनमा तीन गुट स्पष्ट देखिएको यो पार्टीभित्र १४औं महाधिवेशनमा थप गुट स्थापित हुने देखिएको छ । १२औं महाधिवेशनसम्म दुई गुट रहेको कांग्रेसभित्र १३औं महाधिवेशनसम्म आइपुग्दा तीन गुट स्थापित भएको थियो । १४औं महाधिवेशनमा बढेर पाँच गुटसम्म पुग्ने अनुमान छ । यसअघि स्थापित संस्थापन पक्षमा सभापति शेरबहादुर देउवा गुट, वरिष्ठ नेता रामचन्द्र पौडेल गुट र नेता कृष्णप्रसाद सिटौलाको गुट छिन्नभिन्न भएर थप गुट स्थापित हुने बाटोमा अग्रसर भइरहेको छ । देउवा पक्षका नेता उपसभापति विमलेन्द्र निधिले सभापतिको…
झापा, १८ भदौ । कोरोना सङ्क्रमण भएको वा सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका दुईदेखि छ सातामा बालबालिकालाई ज्वरो आउने वा छालामा समस्या त आएको छैन् ? सचेत हुनुहोस् अहिले बालबालिकामा ‘मल्टिसिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम’ (एमआईएससी) जटिल समस्याका रूपमा देखिएको छ । कोरोना सङ्क्रमित भएको दुईदेखि छ साता रोग प्रतिरोधात्मक शक्ति अनियन्त्रणका कारणले यस प्रकारको रोग बालबालिकामा लाग्ने गरेको विशेषज्ञहरूको भनाइ छ । कान्ति बाल अस्पतालका निर्देशक अजित रायमाझीले कोरोना सङ्क्रमित भएको बेला कुनै पनि लक्षण नदेखिए पनि निको भएको छ हप्ताभित्र एमआईएससी देखिन सक्ने जानकारी दिए । ज्यानसम्म पनि जान सक्ने यो जटिलतामध्ये एउटा ठूलो जटिलता रोग हो जुन अहिले नेपालमा पनि…
भद्रपुर, १८ भदौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै कांग्रेस भद्रपुरमा चुनावी माहौल तातिएको छ । कांग्रेस केन्द्रीय समितिले देशव्यापी रुपमा भदौ १८ गतेदेखि वडा स्तरबाट महाधिवेशन सुरु गर्ने कार्य तालिका सार्वजनिक गरी सकेको छ । महाधिवेशनको मिति नजिकिएसँगै नेता कृष्ण सिटौलाको गृह नगरमा क्रियाशील कार्यकर्ता र नेताहरु आफ्ना नजिकका मान्छेलाई वडा, नगर र क्षेत्रीय सभापति बनाउन लागि परेका छन् । भद्रपुर नगर सभापति ७ जनाको नाम चर्चा छ । त्यसमध्ये ६ जना सिटौला, एक जना देउवा पक्षका रहेका छन् । नगर सभापतिमा १ नम्बर वडाका मनप्रसाद कोइराला, २ नम्बर वडाका राम कँडेल, ४ नम्बर वडाका मदन बस्नेत, ५…
ताप्लेजुङ, १८ भदौ । ताप्लेजुङ फुङलिङ नगरपालिका–१० सिम्लेमा रहेको सानिमा हाइड्रोपावरमा काम गर्ने मजदुरको ढुंगाले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ फत्तालुङ गाउँपालिका–१ का ४४ वर्षीय खगप्रसाद तामाङ रहेका छन् । बिहीबार दिउँसो तामाङ हाइड्रोपावरको भान्सा कोठामा बसिरहको अवस्थामा माथीबाट ठुलो ढुंगा झरी किचेर घटनास्थलमानै मृत्यु भएको छ । उनी सोही हाइड्रोपावरमा नै खाना पकाउने काम गर्ने बुझिएको छ । घटनास्थलमा प्रहरी चौकी शिवा र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
झापा, १८ भदौ । नेकपा एमाले झापाले भदौ २७ गते बिर्तामोडमा बृहत कार्यकर्ता भेला गर्ने भएको छ । भेलालाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने एमाले झापाका अध्यक्ष चिन्तन पाठकले बताउनुभयो । नेकपा एमाले झापा जिल्ला सचिवालयको आज बसेको बैठकले विभिन्न निर्णय गर्दै जिल्ला स्तरीय बृहत कार्यकर्ता भेलामा अध्यक्ष ओलीको प्रमुख आतिथ्यता रहने जनाइएको छ । एमाले झापाको आन्तरिक एकताका रुपमा सम्पन्न बैठकले जिल्ला कमिटिको बैठक भदौ २१ गते गर्ने निर्णय पनि गरेको छ । पार्टी केन्द्रीय कमिटिको अन्तरपार्टी निर्देशन अनुसार २०७५ जेठ २ को साविक कमिटिको आधारमा सबै तह र जनवर्गीय संगठनहरुको कमिटिहरु चलायमान…
झापा, १८ भदौ । प्रदेश १ मा बिहीबार ३८३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार २३० जनाको. पीसीआर परीक्षण गर्दा २८० र ६८८ जनाको एन्टिजेन परीक्षण गर्दा १०३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११९, झापामा ७७, सुनसरीमा ६६, इलाममा ५, धनकुटामा ३, उदयपुरमा २ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको हो ।मोरङको विराटनगरमा ४५, सुन्दरहरैचामा २४, पथरीशनिश्चरेमा १९, बुढीगंगामा ९, केराबारीमा ४, रंगेलीमा ३, धनपालथान, कटहरी, ग्रामथान, उर्लाबारी, सुनबर्षी र बेलबारीमा २–२, रतुवामाई, लेटाङ र कानेपोखरीमा १–१, झापाको दमकमा २४, शिवसताक्षीमा ११, मेचीनगर र भद्रपुरमा…
मोरङ, १६ भदौ । मोरङ कानेपोखरी-६ स्थित शिवालय चोकका ३० बर्षीय रुद्र बहादुर क्षेत्री हतियार सहित पक्राउ परेका छन । क्षेत्रीको घरमा हतियार लुकाई राखेको छ भन्ने बिशेष सुराकका आधारमा हिजो राती सँवा ११ बजे खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्ने क्रममा १ थान पेस्तोल र ४ राउण्ड गोली फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका क्षेत्री उपर थप अनुसन्धान गर्ने क्रममा अर्का सोही स्थानका ४० बर्षीय पूर्ण बहादुर बोहरा समेतलाई पक्राउ गरी उनिहरु उपर ईलाका प्रहरी कार्यालय पथरीबाट हातहतियार मुद्धामा कानुनी कारबाही अगाडी बढाइएको छ ।
विराटनगर, १६ भदौ । प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) का १० सांसदको सनाखत भएको छ । उनीहरु निर्वाचन कार्यालय पुगेर सनाखत गरेका हुन् । सांसदहरु राजन राई, खिनुलङ्वा लिम्बू, गणेश काम्वाङ, सरिता थापा, सुनिता कुमारी चौधरी, सावित्रा कुमारी रेग्मी, पदम कुमार गुरुङ, कृष्ण कुमारी राई र उपेन्द्र घिमिरे निर्वाचन कार्यालयमा सनाखत गरेका हुन् । प्रदेश १ मा एमालेका ५१ सांसद छन् ।
पार्थ मण्डलझापा, १६ भदौ । सर्वोच्च अदालतले दुवै मिर्गौला पीडित भद्रपुर नगरपालिका–१० की गीता भण्डारीको पक्षमा फैसला सुनाएको छ। नेपालको कानुन बाधक बनेपछि स्वदेशमै मिर्गौला प्रत्यारोपण गर्न नपाएर श्रीमती गीतालाई लिएर भारतको दिल्ली पुगेका श्रीमान् देवीचरण भण्डारीले कानुनी व्यवसायीसँग सल्लाह गरी साउन २६ गते सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए। देशमा मिर्गौला प्रत्यारोपणका लागि बनाइएको कानुनले काका ससुराले मिर्गौला दिन पाउने व्यवस्था नराखेपछि देवीचरणको तर्फबाट अधिवक्ता टीकाराम भट्टराईले सर्वोच्चमा मुद्दा हालेका थिए। सर्वोच्चका न्यायाधीशद्वय डा। कुमार चुँडाल र दीपककुमार कार्कीको संयुक्त इजलासले भदौ १३ गते रिट निवेदकको पक्षमा फैसला सुनाएको छ। फैसलाको पूर्णपाठ एक हप्तापछि आउने जनाइएको छ। श्रीमती गीतालाई…
बिर्तामोड, १६ भदौ । लागू औषधसहित फेरि तीनजना पक्राउ परेका छन् । लागू औषध कारोबार गर्ने तीनलाई प्रहरीले अर्जुनधारा नगरपालिका–४ स्थित मदनपुरबाट पक्राउ गरेको हो । मदनपुर क्षेत्रमा लागू औषध कारोबार भइरहेको भन्ने सूचना पाएपछि लागू औषध ब्युरो काँकडभिट्टा, ईप्रका बिर्तामोड र प्रहरी चौकी शनिश्चरेबाट खटिएको संयुक्त प्रहरी टोलीले अर्जुनधारा –२ बस्ने १८ वर्षीय एबिट बुढाथोकी, ३० वर्षीय सजित समाल र अर्जुनधारा–३ का २६ वर्षीय सौगात खतिवडालाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ७ ग्राम ब्राउन सुगर, ४९ हजार ५ सय नगद र ५ थान मोबाइल बरामद भएको छ । मङ्गलवार पक्राउ गरी उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ…