झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

मान्छेहरुका गिनिज बुकमा नाम लेखाउने उपाय अनेक हुन्छन् । अमेरिकामा एकजना व्यक्तिले सबैभन्दा छिटो सोडापानी पिएर गिनिज बुकमा आफ्नो नाम दर्ज गराएका छन् । इरिक ब्याडल्याण्ड बूकर नामका ती व्यक्तिले १८।४५ सेकेण्डमा २ लिटर सोडा पिएर विश्व कीर्तिमान कायम गरेका हुन् । BadlandsChugs नामक आफ्नो युट्युब च्यानलमा तीव्र गतिमा खाएका भिडियोहरु अपलोड गर्ने बूकरले सबैभन्दा छोटो समयमा २ लिटर सोडापानी पिए । गिनिज वर्ल्ड रेकर्डस्मा नाम दर्ज गराउने आफ्नो जिवनकै सपना रहेको हुँदा आफूले सबैभन्दा छोटो समयमा सोडा पाउने पिउने प्रयास गरेको उनको भनाइ छ । उनले न्युयोर्कको सेल्डेनमा उनले कीर्तिमान कायम गर्नका लागि २ लिटर सुगर फ्री कोला पिएका…

Read More

झापा, १६ भदौ । सशस्त्र प्रहरीले लागूऔषधसहित २ जनालाई पक्रउ गरेको छ । ब्राउन सुगरसहित मोरङ जिल्ला सुन्दरहरैँचा–१० निवासी ३९ वर्षीया विमला ढकाल र शिवसताक्षी–७ निवासी २१ वर्षीया निशा जोगी रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिए । भारत पुगेर फर्किएका दुवै महिलाहरुलाई मङ्गलबार साँझ ५ बजे ज्यामिरगढी नाकाबाट नेपाल प्रवेश गरेका थिए । मेचीनगर नगरपालिका १५ स्थित कालिका टी स्टेट क्षेत्रबाट प्रवेश गरेपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ज्यामिरगढीको शसस्त्र प्रहरीको टोलीले चेकजाँच गरेका थिए । सशस्त्र प्रहरीले चेकजाँच अघिनै ती महिलाहरुले ल्याएको ब्राउन सुगर खेतबारी फालेका थिए । प्रहरीले…

Read More

झापा, १६ भदौ । सामाजिक अभियन्ता सरोज रायको पहलमा भारतको गोपालगञ्जबाट उद्धार गरिएका बालक चेतन परियारको आमाबुवासँग आठ महिना पछि पुनर्मिलन भएको छ। राय र उनको टोली झापा जिल्लाको बिर्तामोड नगरपालिका वडा न। १०, दक्षिणभुतेरि गौरवटोलस्थित चेतनको घर पुग्दा आमाबुवा र गाउँलेले ढाका टोपी, खादा र टिका लगाई सम्मान गरेका छन् । चेतन परियार करिब आठ महिना अगाडी आफ्नो काकासँग विहारको नर्वदा गएका थिए तर १५ दिन नपुग्दै उनी त्यहाँबाट हराएका थिए । गोपालगञ्जतिर अलपत्र देखेर भारतीय प्रहरीले समातेर उनलाई बाल कल्याण समिति गोपालगञ्जको जिम्मा लगाएका थिए । त्यही बेला देखि चेतन छपरास्थित बालगृहमा बस्दै आएका थिए । ६ महिना…

Read More

झापा, १६ भदौ । पर्सि शुक्रबारदेखि शुरू हुन लागेको नेपाली कांग्रेसको वडा अधिवेशनमा कतै उत्साह देखिएको छ भने कतै अन्योल भइरहेको छ ।​ पूर्वघोषित कार्यतालिकाअनुसार भदौ १८ गते देशभर ६ हजार ७ सय ४३ वडामै एकै दिन अधिवेशन गर्ने भनिएको थियो । दुई दिनअघिसम्म पनि सबै जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा शुक्रबार धेरै वडाको अधिवेशन भने नहुने पक्का भएको छ । केन्द्रीय निर्वाचन समितिले सम्भव भएजति वडाको अधिवेशन पर्सि १८ गते नै गर्ने र यो दिन अधिवेशन गर्न नसकिएको वडाहरूमा २७ गते हुने गाउँरनगर अधिवेशन भन्दा दुईरतीन दिनअघिसम्म वडा अधिवेशन गर्ने तयारी गरेको छ । क्रियाशील सदस्यता विवाद नटुंगिएका कारण…

Read More

झापा, १६ भदौ । २५ पुस २०५८, यो यस्तो दिन हो, जुन दिनलाई नेपाल प्रहरीका कतिपय अधिकृत अहिले पनि सम्झन चाहँदैनन् । सम्झिऊन् पनि कसरी ? त्यो दिनले उनीहरूको वृत्तिविकासमा नराम्रो असर पार्ने पक्कापक्की थियो, कालान्तरमा प¥यो पनि । त्यस दिनको सरकारको निर्णयविरुद्ध ११२ र ११३ औं टोलीका प्रहरी निरीक्षकहरूले सर्वोच्च अदालतसमेत गुहारे । तर, सर्वोच्च अदालतले उनीहरूलाई साथ दिएन । सरकारकै निर्णय सदर गरेपछि उनीहरू चुपचाप लाग्नुको विकल्प पनि भएन । त्यसबेला गृहमन्त्री थिए खुमबहादर खड्का । प्रहरी महानिरीक्षक थिए प्रदीपशमशेर जबरा । जबराअघिका प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलकै पालामा सरकार त्यो निर्णय गर्न अघि बढिरहेको थियो । तर, प्रहरी…

Read More

झापा, १६ भदौ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा बलियो हुँदै गएको पाइएको छ । पछिल्ला दिनहरूमा डलरको भाउ अवमूल्यन हुँदै गएको छ, फलस्वरूप डलरको तुलनामा नेपाली मुद्रा बलियो भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ६ दिनमा मात्र डलरको मूल्य करीब २ रुपैयाँले घटेको छ । गत बिहीवार एक डलरको खरीद मूल्य ११९ रुपैयाँ १० पैसा थियो, त्यो आज ९बुधवार० सम्म आउँदा १ रुपैयाँ ९९ पैसाले घटेर ११७ रुपैयाँ ११ पैसामा कायम भएको छ । बिहीवारका लागि डलरको खरीद दर भने ११६ रुपैयाँ ५१ पैसा तोकिएको छ । मंगलवार डलरको विक्री मूल्य ११७ रुपैयाँ ५२ पैसा र खरीद…

Read More

झापा, १६ भदौ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले गोरखाका बाढी पहिरो प्रभावितलाई राहत वितरण गरेको छ । परिषद्ले गोरखाको पालुङटार नगरपालिकाका विभिन्न स्थानका एक सय परिवारलाई राहत सामाग्री हस्तान्तरण गरेको छ । उक्त स्थानमा एक सय थान सुबिधा सम्पन्न टेन्ट, एक सय थान प्लाष्टिक सिट्स, ६ सय ७० थान स्लिपिङ म्याट्स र एक सय प्याकेज औषधी वितरण गरेको परिषद्ले जनाएको छ । उक्त राहत सामग्री भारतीय जनता र सरकारले प्राज्ञिक विद्यार्थी परिषद नेपाललाई बाढी पहिरो प्रभावित परिवारलाई वितरण गर्नका लागि उपलब्ध गराएको थियो । अन्य बाढी पहिरो प्रभावित जिल्ला पनि राहत वितरण गर्ने परिषदका राष्ट्रिय महासचिव छितराज न्यौपानेले जानकारी दिए…

Read More

झापा, १६ भदौ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको आयोजनामा १४ औं राष्ट्रिय पुस्तकालय दिवस मनाईएको छ । ‘सवल समाजको अधार, सार्वजनिक पुस्तकालयको विकास र विस्तार’ भन्ने नाराका साथ भर्चुअल माध्यमबाट राष्ट्रिय दिवस मनाईएको सामाजिक विकास मन्त्रालय उच्च शिक्षा तथा यूवा खेलकुद महाशाखाका प्रमुख फणिन्द्र खत्रीले जानकारी दिनुभयो । अन्र्तक्रिया कार्यक्रममा पुस्तकालयको सञ्जाल निर्माण, पुस्तकालयलाई आधुनिक र प्रविधिमैत्री बनाईनुपर्ने, पुस्तकालय संवन्धि कानून निर्माण, नमूना पुस्तकालय निर्माण, पुस्तकालयमा जनशक्ति व्यवस्थापन, प्रदेश स्तरिय मन्त्रालयमा पुस्तकालय समन्वय शाखाको आवस्यकता, प्रदेशमा भएका पुस्तकालयहरुको अध्ययन हुनुपर्ने लगायतका विषयमा छलफल भएको महाशाखा प्रमुख खत्रीले बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति महासंघ प्रदेश १ का अध्यक्ष बवि…

Read More

संसारभरीका १६८ संस्कृतिको अनुसन्धान गर्दा आधाभन्दा कम समुदायमा मात्रै अधरमा चुम्बन गर्ने प्रचलन रहेको भेटियो । युनिभर्सिटी अफ नेभदा लास भेगसका मानवशास्त्री तथा प्राध्यापक विलियम जानकोवियाकले ४६ प्रतिशत वैशालु जोडीले रोमान्टिक अवस्थामा चुम्बन गर्ने गरेको बताए । यसमा आमाबुवाले बच्चा गर्ने र अभिवादनका लागि गरिने चुम्बन समावेश गरिएको छैन । यहाँ यस्ता दुई सिद्धान्तबारे कुरा गरिएको छ जसमा मानिसहरुलाई चुम्बनको किन आवश्यकता पर्यो भन्ने बारे चर्चा गरिएको छ । एक बच्चाको रुपमा हामीलाई जन्मजात रुपमै ओठ छुन मनपर्छ । पहिलो सिद्धान्त यो हुनसक्छ कि हामीले ओठ छुने कुरालाई स्तनपानसँग जोडेर हेर्छौं । र यो गुण सबैमा जन्मजात नै हुन्छ ।…

Read More

बिर्तामोड, १५ भदौ । विर्तामोड नगरपालिकामा सडकमा जथाभावी थुपारिएको फोहर उठाउन सुरु गरिएको छ । नगरपालिकालाई चौतर्फी दबाब परेपछि तत्काल फोहर बिर्सन गर्ने अस्थायी स्थानको टुङ्गो लगाएर व्यवस्थापन सुरु गरिएको नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले बताए। “दीर्घकालीन फोहर व्यवस्थापन गर्ने स्थानको खोजी भइरहेको छ”, उनले भने “तत्काल सडकमा थुप्रिएको फोहर विसर्जनका लागि नगरप्रमुख धु्रव शिवाकोटीले वडा नं ७ मा रहेको आफ्नै निजी जग्गा प्रदान गर्नुभएको छ, अब त्यही फोहर फालिन्छ ।” बिर्तामोडमा जथाभावी फालिएको फोहर नउठेर दुर्गन्ध फैलिन थालेपछि चार वर्षमा पनि ल्याण्डफिल्ड साइट व्यवस्था गर्न नसकेको भन्दै जनप्रतिनिधिको चौतर्फी आलोचना सुरु भएको थियो । नगर प्रमुखले आपत्कालीन समस्या समाधानका लागि…

Read More