झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ५ भदौ । एमाले बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले समानान्तर संगठन विस्तार गरेको नेकपा एमाले झापा नेकपा एमाले (एकीकृत समाजवादी) मा समाहित भएको छ । आज बिर्तामोडमा बसेको बैठकले माधव–खनाल पक्षले निर्वाचन आयोगमा दर्ता गरेको नेकपा एमाले (एकीकृत समाजवादीं) मा जिल्ला कमिटी सभाहित भएको पार्टीका अध्यक्ष बेदराज रेग्मीले बताउनुभयो । गत बैशाख ३ गते मालेकालदेखिका पुराना बामपन्थी नेता बेदराज रेग्मीको अध्यक्षतामा निर्माण भएको सो कमिटी ३५१ सदस्यीय रहेको थियो । कमिटीको उपाध्यक्षमा भद्रपुर नगरपालिका उपप्रमुख रहेकी चन्द्रा श्रेष्ठ, सचिव निलमणि बराल, उपसचिव मणि भण्डारी लगायत रहेका थिए ।

Read More

झापा, ५ भदौ । झापाका १५ वटा पालिकामध्ये कचनकवल गाउँपालिकाको सबै भन्दा बढी बेरूजु देखिएको छ । महालेखा परिक्षकको कार्यालय काठमाडौंले सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदन अनुसार कचनकवल गाउँपालिकामा मात्रै ६ दशमलव ०६ प्रतिशत वेरूजु देखिएको छ । कचनकवलको कुल लेखा परिक्षण रकम रु १ अर्ब १९ करोड ४३ लाख ९५ हजार रुपैयाँको ६ दशमलव ०६ प्रतिशत रकम अर्थात ७ करोड २३ लाख २१ हजार रूपैयाँ बेरुजु देखिएको छ । त्यसैगरी शिवसताक्षी नगरपालिकाको सबै भन्दा कम बेरुजु देखिएको छ । प्रतिवेदनले शिवसताक्षीको ०।०६ प्रतिशत अर्थात ११ लाख ७७ हजार रुपैयाँ मात्र बेरुजु देखिएको छ । लेख परिक्षण गरिएको कुल…

Read More

बिर्तामोड, ५ भदौ । झापाको बिर्तामोडमा निर्माणाधीन बहुजाती बहुभाषिक बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माणका लागि झापाली समाज युएईले सहयोग गरेको छ । झापा नाटक घरका लागि आवश्यक जमिन खरिद गर्न संस्थाले सञ्चालन गरेको एक धुर जमिन खरिद अभियानका लागि झापाली समाज युएईले एक लाख एक हजार रुपैयाँ सहयोग गरेको हो। झापाली समाज युएई नेपाल सम्पर्क समितिका अध्यक्ष दुर्गाप्रसाद सापकोटाको अध्यक्षता तथा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल सम्पर्क समितिका प्रवक्ता गोपी रिजालले स्वागत गरेका थिए । कार्यक्रममा झापाली समाज युएईका अध्यक्ष दुर्योधन कार्की र नेपाल सम्पर्क समितिका अध्यक्ष सापकोटाले झापा नाटक घर निर्माण व्यवस्थापन समितिका…

Read More

झापा, ५ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएयताको पाँच हप्तामा ४८ लाखभन्दा बढिले कोरोनो विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत बिहीबारसम्ममा ४८ लाख ११ हजार ७ सय ३३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । त्यसअघि झण्डै ३६ लाखले मात्रै कोराना विरुद्धको खोप लगाएका थिए भने अहिले खोप लगाउने संख्या ८५ लाख २० हजार ४ सय २१ पुगेको मन्त्रालयको भनाइ छ । दैनिक १ लाख ५० हजारको हाराहारीमा खोप लगाउने काम भइरहेको छ । त्यसमध्ये ४९ लाख ७ हजार ५ सय २३ जनाले कोरोनाको दुवै डोज खोप लगाएका छन्। त्यस्तै ३७ लाख ८ हजार…

Read More

झापा, ५ भदौ । साना तथा स्वरोजगारमूलक छापा माध्यम सङ्कटमा परेको एक अध्ययनले देखाएको छ । छापा सञ्चारमाध्यमको छाता सङ्गठन नेपाली छापामाध्यम राष्ट्रिय सञ्जालले हालै गरेको अध्ययनले कोरोना महामारीलगायतका कारण त्यस्ता पत्रपत्रिकाको अवस्था थप धरासायी बन्दै गएको निष्कर्ष निकालेको हो । उक्त अध्ययन प्रतिवेदनमा छपाइ कागजको अभाव, कागजको मूल्यवृद्धि, विज्ञापनको सङ्कटका साथै पत्रपत्रिका संरक्षणमा राज्यबाटसमेत स्पष्ट नीति एवं राहत प्याकेजको अभाव रहेको उल्लेख छ । सञ्जालले साना एवं स्वरोजगारमूलक मिडियाका वास्तविक कठिनाइ बुझेर वैज्ञानिक र व्यावहारिक समाधानको पहल थाल्न सरकारसँग अनुरोध पनि गरेको छ । पत्रपत्रिका प्रकाशन गर्ने छापाखाना बन्द हुँदा प्रकाशक, पत्रकार, कर्मचारीका आश्रित परिवारले ठूलो सङ्कटको सामना गर्नु…

Read More

झापा, ५ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४७९ जनामा कोरोना संक्रमण भएको छ । ७३९ जनाको पीसीआर परीक्षणगर्दा २०० र १ हजार ४५ जनाको एन्टिजेन परीक्षण गर्दा २७९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७३, सुनसरीमा ६६, झापामा ४७, धनकुटामा ७, इलाममा ४, उदयपुरमा २, भोजपुरमा १ जनामा संक्रमण देखिएको छ । मोरङको विराटनगरमा ३२, लेटाङमा १२, बेलबारीमा ११, पथरीशनिश्चरेमा ५, केराबारीमा ४, सुन्दरहरैचा र उर्लाबारीमा ३–३, रंगेलीमा २, कानेपोखरीमा १, सुनसरीको इटहरीमा ३६, धरानमा २२, दुहवी, इनरुवा र बराहक्षेत्रमा २–२, बर्जु र स्थानीय तह नखुलेका १–१, झापाको…

Read More

बिर्तामोड, ५ भदौ । झापाको बिर्तामोड नगरपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित शुक्रबार बेलुका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड–९ स्थित देवकोटा चौकबाट ब्राउन सुगरसहित बिर्तामोड–८ का २० वर्षीय गोपाल विश्वकर्मा र इलाम माई नगरपालिका–६ घर भई हाल बिर्तामोड–८ मा डीडीआर फार्मेसी सञ्चालन गर्दै आएका २० वर्षीय भीष्म बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जनाकारी दिनुभयो । शुक्रबार बेलुका ४ः३० बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले ५ ग्राम ५१० मिलिग्राम ब्राउनसुगरसहित उनीहरुलाई प्रकाउ गरिएको हो । पक्राउ परेका दुवै जना माथि थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ ।

Read More

झापा, ५ भदौ । ट्याक्सी, मोटरसाइकल, कार र बसहरु बग्रेल्ती गुड्ने सहर पोखरामा टेम्पु भने चल्दैनन् । प्रदूषण बढ्छ, जोखिम हुन्छ भनेरै पोखरेलीहरुले ३ पांग्रे टेम्पु भित्रन उहिल्यै रोक लगाएका थिए । यो साता भने पोखराका टोलटोलमा र चोकचोकमा टेम्पु देखिए । तिनले यात्रु भने ओसारेका थिएनन् । टेम्पुमा माइक जडान थियो । माइक बज्थ्यो र भन्थ्यो–पाल्पाका चुडाबहादुर रुचाल मिर्गौला पीडित र आर्थिक अवस्था कमजोर भएको हुँदा उनका लागि आर्थिक सहयोग गरिदिनुहोला । कहिले बैदाम, कहिले लेखनाथतिर त कहिले पोखराका गल्लीगल्लीमा त्यस्तो माइकिङ भइरहेको थियो । कति ठाउँका चोकहरुमा चाहिँ केही समय टेम्पु बिसाएरै घन्टौं वा दिनभरजसो आर्थिक सहयोगको अपिल…

Read More

झापा, ५ भदौ । सरकारले एक वर्षको अवधिमा मन्त्रिपरिषद् बैठकबाट मात्रै १ हजार ५ सय २१ निर्णय गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को वर्षभरिमा ५८ पटक बसेको बैठकबाट १ हजार ५ सय २१ र मन्त्रिपरिषद्अन्तर्गतका समितिको ५४ पटकको बैठकबाट १ सय २९ वटा गरेर जम्मा १ हजार ६ सय ५० वटा विषयमा निर्णय गरी कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाइएको हो । सरकारले यसरी विभिन्न विषयमा निर्णय गरे पनि कार्यान्वयनको पक्ष फितलो रहेको पाइएको छ । सरकारले मन्त्रिपरिषद् तथा मन्त्रिपरिषद्अन्तर्गतका निकायबाट निर्णय गरे पनि निर्णय कार्यान्वयन गर्ने निकायबाट नै ढिलासुस्ती हुने गरेको छ । कतिपय निर्णयको कार्यान्वयन अवस्था त कहाँ पुग्यो…

Read More

झापा, ५ भदौ । एमालेले पार्टीको ह्विप उल्लंघन गरेको भन्दै माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद् सचिवालयमा पत्र पठाएपछि उनीहरूको सांसद पद गुम्छ या गुम्दैन भन्ने बहस सुरु भएको छ। सरकारले मंगलबार राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै एमालेले स्थायी कमिटीको निर्णयबमोजिम गत वैशाख २७ गते प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिँदा दलको ह्विप उल्लंघन गरी मतदान नगरेको भन्दै वरिष्ठ नेता नेपालसहित १४ सांसदलाई कारबाहीस्वरूप पदमुक्त गर्न संघीय संसद् सचिवालयमा पत्र पठाएको हो। वैशाख २७ गते प्रतिनिधिसभामा भएको मतदानमा नेपालसहित उनको समूहका २८ सांसद अनुपस्थित थिए। अहिले आएर पार्टीले १४ जनालाई मात्रै कारबाही गर्न खोज्नुको उद्देश्य राजनीतिक प्रतिशोध भएको एकथरीको भनाइ…

Read More