
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १८ असोज । आर्थिक कारोबारमा गडबडी भएपछि भक्तपुरमा एउटा रोचक घटना भएको छ। भक्तपुरको ठिमीका धिरज श्रेष्ठले यस्तो घटना गराएका हुन्। आफूले दिएको ५ लाख रुपैयाँ पटक पटक ताकेता गर्दा पनि नतिरेपछि श्रेष्ठ स्थानीय पेट्रोल पम्प सञ्चालक निर्माण बमजनकी श्रीमती नै उठाएका छन्। दिएको पैसा तिर्न पटक पटक ताकेता गर्दा पनि नतिरेपछि श्रेष्ठले शनिबार भक्तपुरबाटै बमजनकी श्रीमती चमेलीमाया स्याङ्तानलाई उठाएका थिए। महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार श्रेष्ठले निर्माणकी श्रीमती चमेलीमायालाई ट्याक्सीमा हालेर लगेपछि भक्तपुरकै बोडेमा बन्धक बनाएका खुलेको छ। आफ्नो पैसा नतिरेको झोँकमा निर्माणकी श्रीमती उठाएका धिरजलाई अपराध महाशाखाको टोलीले पक्राउ गरिसकेको छ। नेपाल खबरबाट
झापा, १८ असोज । नेपालीको महान् चाड दसैँतिहार नजिकै आइसकेको छ। दसैँ नजिकिएसँगै बजारमा उपभोक्ताको भीड लाग्न थालेको छ। चाडबाडको मौकामा बजारमा व्यापारीहरुको मनोमानी बढ्दै गएको पाइएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा वाणिज्य विभाग, साना तथा घरेलु उद्योग कार्यालय, खाद्य गुणस्तर विभाग, प्रहरी, उपभोक्ता महासङ्घ, नगरपालिका र पत्रकारसहितको टोलीले सुरु गरेको बजार अनुगमनमा यस्तो पाइएको हो। बजार अनुगमनका क्रममा ठूला व्यापारिक केन्द्रका रुपमा चिनिएको भाटभटेनी सुपर मार्केटदेखि स्थानीय खुद्रा व्यापारीसम्मले उपभोक्तालाई ठगी गरेको पाइएको छ। भक्तपुरको सूर्यविनायक क्षेत्रमा भएको अनुगमनमा सेल्सबेरीमा खरिद बिल नै नराखी आफैँले मूल्य सूची टाँसेर सामान बिक्री गरेको पाइएको छ। दैनिक उपभोग्य सामानमा समेत पसलै…
झापा, १८ असोज । कोरोना भाइरसबाट थलिएको पर्यटनको पुनरुत्थानका लागि ल्याएको १० दिने काज बिदा कार्यान्वयनका लागि कार्यविधिको मस्यौदा तयार गरिएको छ । कर्मचारीसँगै घुम्न जाने एकजना गैरकर्मचारी अर्थात् कर्मचारीको पारिवारिक सदस्यलाई पनि खर्च उपलब्ध गराउने गरी मस्यौदा तयार गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार कर्मचारीसँगै घुम्न जाने एक जनालाई पनि सोही कर्मचारीले पाउने बराबरको रकम र रू। २ हजार यातायात खर्च उपलब्ध गराउने प्रस्ताव गरिएको छ । मन्त्रालयका सहप्रवक्ता प्रेम सुवेदीले १० दिनको पारिश्रमिक बराबरको खर्च र यातायात खर्चको रूपमा उक्त रकम उपलब्ध गराउने गरी मस्यौदा बनेको जानकारी दिए । यही मस्यौदा पारित भएमा कर्मचारीहरूले…
झापा, १८ असोज । एमालेमा अध्यक्ष केपी शर्मा ओली झनै शक्तिशाली देखिएका छन्। माधवकुमार नेपाल पक्ष बाहिरिएपछि ओलीलाई टक्कर दिने नेता कोही देखिएका छैनन्। ललितपुर गोदावरीमा तीन दिन चलेको पहिलो विधान महाधिवेशन ‘ओलीमय’ बनेको छ। यो महाधिवेशनले अबको विधि र नीतिको टुंगो लगाउँदै १० औं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १३ गतेसम्म बुटवलमा गर्ने तय गरेको छ। नेतृत्वमा ओली नै दोहोरिने देखिन्छन्। एमालेले कार्यकारी पदमा ७० वर्षे उमेरहद कायमै राखे पनि ओलीलाई ‘सुविधा’ दिएको देखिन्छ। कार्यकालकै बीचमा ७० वर्ष पूरा भएछ भने कार्य गर्न पाउने उपमहासचिव विष्णुप्रसाद पौडेलले बताए। ‘कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष पूरा नभइसकेको अवस्थामा उम्मेदवार…
झापा, १८ असोज । छिमेकी देश भारतमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आइतवार मूल्य समायोजन गर्दै भारतले पेट्रोलमा २५ पैसा भारू र डिजेलमा ३० पैसा भारू वृद्धि गरेको छ । यससँगै दिल्लीमा पेट्रोल १ लिटरको मूल्य १०२.३९ भारू र मुम्बईमा १०८.४३ भारू पुगेको छ । डिजेल पनि आकाशिएको छ । दिल्लीमा डिजेलको मूल्य प्रतिलिटर ९०.७७ भारू र मुम्बईमा ९८.४८ भारू पुगेको टाइम्स अफ इन्डियाले जानकारी दिएको छ । भारतमा राज्यले लगाउने करलगायत कारण फरकफरक मूल्य पर्छ । भारतले क्रुड आयल खरीद गरी आपैm प्रशोधित गरी इन्धन विक्री गर्छ । भारतमा मूल्य बढ्दा नेपाल आयल निगमको नोक्सानीसमेत बढ्ने…
झापा, १८ असोज । ट्राफिक प्रहरी कार्यालय झापाले जिल्लाका १९ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वलाई लक्षित गर्दै ट्राफिक प्रहरीले सबै मातहतमा रहेर यात्रु सहायता कक्ष स्थापना गरेको हो । ट्राफिक व्यवस्थापन चुस्त राख्दै सडक दुर्घटना न्यूनीकरण गर्नु ट्राफिक प्रहरीको प्रमुख दायित्व हो । तर, चाडपर्वको समयमा सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु ठगिएलान् कि भन्ने चिन्ताले ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको बताइएको छ । चाडपर्व नजिकिएसँगै सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु ठगिने गरेका गुनासा हरेक वर्ष आउने गरेका छन् । यो वर्ष पनि यस्ता गुनासा नआउलान् भन्न सक्ने अवस्था छैन । त्यसैलाई मध्यनजर गर्दै जिल्ला…
झापा, १८ असोज । नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेशसमितिले केही जिल्लामा जिल्ला सहइन्चार्जहरु, निर्वाचन क्षेत्रीय समन्वय समिति र उपमहानगरपालिकाको कार्यविभाजन गरेको छ । कार्यविभाजन अनुसार भोजपुर जिल्ला समन्वय समितिको सहइन्चार्जमा राजेश खतिवडा, धनकुटा सहइन्चार्जमा डिल्लीराम राई, सुनसरी सहइन्चार्जमा योगेन्द्रप्रसाद मण्डललाई जिम्मेवारी दिइएको छ । यस्तै सुनसरीको संयोजकको जिम्मेवारी भने सुरेन्द्र मेहतालाई दिइएको छ । उदयपुर निर्वाचन क्षेत्रीय समन्वय समितिको संयोजकमा भगवती खनाललाई मनोनयन गरिएको सो पार्टीले जनाएको छ । यस्तै माओवादीले जनवर्गीय संगठनहरूको जिम्मेवारी पनि तोकेको छ । वाइसिएल प्रदेशको इन्चार्जमा कुल प्रसाद साम्बा, सहइन्चार्जमा जीवन आचार्य, आदिवासी जनजाति महासंघ नेपाल र सम्बद्ध संगठनहरुको इन्चार्जमा मुक्साहाङ मेन्याङ्बो, सहइन्चार्जमा नारायण…
बिर्तामोड, १८ असोज । रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको मिडिया पर्सनमा बिर्ताज्योति साप्ताहिकका सम्पादक पत्रकार तुलसीप्रसाद निरौला चयन भएका छन् । रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट दिनेशकुमार पोखरेलको अध्यक्षतामा भएको जेनेरल मिटिङले पत्रकार निरौलालाई क्लवको मिडिया पर्संनमा चयन गरेको हो । पत्रकार निरौला विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रयाशील छन् । कार्यक्रममा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट पोखरेलले पत्रकार निरौलालाई मिडिया पर्संनको प्रमाणपत्रसहित जिम्मेवारी प्रदान गरेका थिए । कार्यक्रममा बिर्तामोडका सरसफाई अभियन्ता विष्णु आचार्यलाई रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको मानार्थ सदस्यताको प्रमाण पत्र प्रदान गरिएको थियो ।
झापा, १८ असोज । नेपाल राष्ट्रिय बंगाली समाज गौरादह नगर समिति गठन गरिएको छ । गौरादहमा आइतबार बंगाली समुदायको एक भेलाले जया चक्रवर्तीको अध्यक्षतामा गौरादह नगर समिति गठन गरेका हुन् । भेलाले सर्वसम्मत रुपमा समितिको सचिवमा आशिष् स्वर्णकार, सहसचिवमा चन्दन मण्डल र कोषाध्यक्षमा प्रतिभा चक्रवर्तीलाई चयन गरेका छन् । त्यस्तै समितिको सदस्यहरूमा रामलाल मण्डल, गोविन्द मण्डल, मानिक मण्डल र शीतल मण्डल चयन भएका छन् । उपाध्यक्ष लगायत अन्य सदस्यहरूलाई नगर समितिको बैठकले क्रमशः चयन गर्दै जाने बताइएको छ । रञ्जित मण्डल (भोला) को अध्यक्षता तथा नेपाल राष्ट्रिय बंगाली समाजका केन्द्रीय सदस्य अनुप रायको प्रमुख आतिथ्यमा भएको भेलामा सञ्जय सरकार, तापोस्…
झापा, १७ असोज । १ नम्बर प्रदेशका तिन छुट्टाछुट्टै स्थानमा शनिवार भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका(४ को ग्रामिण सडक खण्डमा को २ त ८४२६ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना हुँदा लालिगुराँस नगरपालिका(५ का २२ बर्षीय पञ्च बहादुर मङग्रातीको घटनास्थलमा नै मृत्यु भएको साथै सोही ट्याक्टरमा सवार रहेका लालिगुराँस नगरपालिका(५ का १६ बर्षीय हिम बहादुर सार्की घाईते भई उपचारको लागी धरान लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । यसैगरी सुनसरीको दुहवी नगरपालिका(१० मा शनिवार साँढे ५ बजे उत्तरबाट दक्षिण तर्फ…