झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ५ कात्तिक । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्तामा १५ प्रतिशत वृद्धि गर्ने भएको छ । आगामी मन्त्रिपरिषद्को बैठकमा पेस गर्न गृहमन्त्री बालकृष्ण खाणले रासन भत्ता वृद्धिसम्बन्धी फाइल स्वीकृत गर्नुभएको गृह मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष ०७८÷७९ को बजेट वक्तव्यको बुँदा नम्बर ३९२ मा उल्लेखित १५ प्रतिशत वृद्धि भएको रासन रकम उपलब्ध गराउने तयारी गृह मन्त्रालयले गरेको हो । बजेटमा व्यवस्था गरिएअनुसार कार्यान्वयनमा लगिने छ । मन्त्रालयका अनुसार मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि गत साउन १ गतेदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीले वृद्धि भएको रासन भत्ता पाउने छन् । सरकारले जिल्लाको दररेट र भौगोलिक क्षेत्रका…

Read More

झापा, ५ कात्तिक । वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका छन् । बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुशल घर फकाईएको हो । दुबई गएकालाई नगरप्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, प्रकाश प्रसाद, बाबुचन पासवान, वशिष्ठ हजारा, मुकेश साह र रामअयोध्या कुर्मीलाई आफ्नै पहलमा घर फर्काएका हुन् । एजेन्ट सुरेन्द्र यादवमार्फत झुक्याएर पर्यटक ९टुरिष्ट० भिसामा वैदेशिक रोजगारीका लागि युवा केही समयअघि दुबई गएका थिए । दुबई भ्रमणमा गएका नगरप्रमुख साहको सम्पर्कमा आएर उनीहरुले आफ्नो समस्याबारे जानकारी गराएपछि साहकै प्रयासमा उनीहरु नेपाल फर्केका…

Read More

झापा, ५ कात्तिक । कार्यतालिका अनुसार तल्लो तहको अधिवेशन हुन नसक्दा सत्ताधारी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको निर्धारित कार्यतालिका प्रभावित हुने सम्भावना बढेको छ । मंसिर ९ गतेदेखि १३ गतेसम्म महाधिवेशन गर्ने तयारी गरेको कांग्रेसको १३ वटा जिल्लामा वडा अधिवेशन पनि शुरू हुन सकेको छैन । तल्लो तहको अधिवेशन प्रारम्भ भएको ६४ जिल्लामध्ये १३ वटामा मात्र जिल्ला अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालप्रसाद घिमिरेले जानकारी दिएका छन् । १३ मध्ये गोरखामा दुई निर्वाचन क्षेत्र भएकाले १४ वटा निर्वाचन क्षेत्रमा अधिवेशन भएको छ भने बाँकी जिल्लामा पालिकासम्म मात्र अधिवेशन भएको घिमिरे बताउँछन् । क्रियाशील सदस्यता विवादका कारण प्रदेश नम्बर…

Read More

झापा, ५ कात्तिक । विद्युत् अभावमा कुनै बेला मुलुकमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो। तर, आजभोलि दैनिक ४ सय मेगावाट विद्युत् त्यसै खेर गइरहेको छ। यसबाट प्राधिकरणले मासिक झन्डै साढे दुई अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ। तर, विद्युत् प्राधिकरणसँग खेर गइरहेको विद्युत्लाई प्रयोगमा ल्याउने ठोस योजना नै छैन। साउन, भदौ र असोजमा रातको समय दैनिक ३ सय ५० देखि ४ सय मेगावाटसम्म ९करिब साढे ७ अर्ब रुपैयाँ बराबर० विद्युत् खेर गइरहेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ। विद्युत्को उत्पादन बढे पनि आन्तरिक बजारमा खपतको मात्रा बढ्न सकेको छैन। बाह्य बजारमा निर्यात पनि हुन सकेको छैन। गत साउनबाट ४ सय ५६ मेगावाटको माथिल्लो…

Read More

झापा, ५ कात्तिक । नेकपा एमालेको स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नगरे पार्टीमा ठूलै क्षति हुने भन्दै नेताहरूले असन्तुष्टि जनाएका छन्। अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिको औचित्य नभएको भनी दिएको अभिव्यक्तिको आलोचना गर्दै नेताहरूले असन्तुष्टि जनाएका हुन्। बिहीबारको स्थायी कमिटी बैठकमा उपाध्यक्षद्वय युवराज ज्ञवाली र भीम रावल तथा उपमहासचिव घनश्याम भुसालले ओलीको अभिव्यक्तिलाई लिएर असन्तुष्टि व्यक्त गरेका थिए। बैठकको सुरुमै उपाध्यक्ष ज्ञवालीले पार्टीभित्र देखिएका विवाद समाधान गर्न बनेको कार्यदललाई व्यक्तिविशेषसँग जोड्नु गलत भएको भन्दै पार्टीमा यसले कालान्तरमा समस्या जन्माउने बताएका थिए। स्रोतका अनुसार रावलले पनि अध्यक्षले यस्तो धारणा राख्नु गलत भएको बताउँदै विवाद भएका विषय मिलाउनुपर्नेमा…

Read More

पाँचथर, ४ कात्तिक । पाँचथरमा बाढी पहिरोका कारण मृत्यु भएका २६ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले हालसम्म २६ जनाको मृत्यु भएको पुष्टि गरेको हो । यद्यपि मृत्युको सङ्ख्या केही बढी रहेपनि प्रहरीले सो सङ्ख्या पुष्टि गरेको छैन । पाँचथरमा बाढीपहिरोमा परी ६ जना बेपत्ता भएका छन् भने आठ जना घाइते भएका छन् । पाँचथरमा पहिराले पुर्दा इलामका दुई स्वास्थ्यकर्मी समेत बेपत्ता छन् । बाढीपहिरोमा परी मृत्यु हुनेमा फिदिम नगरपालिका– १३ लुङरुपाकी २२ वर्षीया ममता लिम्बू र सोही स्थानका चार वर्षीय रोमन मगर, फाल्गुनन्द गाउँपालिका– ३ मालिङ्गेका १० वर्षीय युगेश तामाङ र सोही स्थानका २८ वर्षीय फुर्वा…

Read More

झापा, ४ कात्तिक । सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको छ। बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी जम्मा १ सय १ जनाको मृत्यु भएको हो। साथै १ नम्बर प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते भएका छन्। बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा १३ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३…

Read More

भद्रपुर, ४ कात्तिक । बोर्न (हड्डी) क्यान्सर पीडित भद्रपुर नगरपालिका( ६ निवासी ९ वर्षीया बालिका कोमल कर्मकारलाई बचाई दिन उनका परिवारजन अपिल परेका छन् । क्यान्सर पीडित बालिका कोमलको उपचारमा हालसम्म ६ लाख बढी खर्च भइसकेको र उपचारमा थप रकम चाहिने भएपछि उनका बुबा बुधकरण कर्मकारले आर्थिक सहयोग गरी छोरी बचाई दिन सबै समक्ष अपिल गरेका हुन । बालिका कोमलको छातीको करङको भित्री भागमा गाँठो पलाएको थियो । त्यसपछि परिवारजनले उनलाई उपचारका लागि भद्रपुरस्थित ओम साई पाथीभरा अस्पताल लगेका थिए । ‘२०७७ साल साउनमा ओम साईमा गाठोको शल्यक्रिया गर्‍यो,’ उनका बुबा बुधकरणले भने, ‘शल्यक्रिया राम्रै भयो, गाँठोबाट निस्किएको मासुलाई क्यान्सर…

Read More

झापा, ४ कात्तिक । प्रदेश १ खेलकुद विकास बोर्डले १४ वटै जिल्लाहरुका खेलकुद समितिहरुमा नियुक्त अध्यक्ष र उपाध्यक्षलाई आज सपथ ग्रहण गराएको छ । सामाजिक विकासमन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष बलबहादुर साम्सोहाङको उपस्थितिमा वोर्ड उपाध्यक्ष बाबा मेन्याङ्वोले नवनियुक्त अध्यक्ष र उपाध्यक्षलाई सपथ गराउनु भएको थियो । खेलकुद विकास बोर्डले बुधबार १४ वटै जिल्लामा अध्यक्ष र उपाध्यक्ष नियुक्त गरेको थियो । सपथ ग्रहण कार्यक्रममा सामाजिक विकास मन्त्री साम्सोहाङले जिल्ला खेलकुद समितिहरुले पूर्णता पाएसँगै प्रदेश १ को खेलक्षेत्रले फड्को मार्ने बताउनुभयो । लामो समय देखि प्रदेश खेलकुद विकास बोर्डले पूर्णता नपाउँदा जिल्लाहरुमा खेलकुदका गतिविधिहरु हुन नसकेको उहाँले बताउनुभयो । लामो समयदेखि…

Read More

झापा, ४ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण भएको छ । ४३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र ९८ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३३, मोरङमा २८, सुनसरीमा ११, उदयपुर र पाँचथरमा १–१ जनामा संक्रमण देखिएको हो । झापाको मेचीनगरमा ८, भद्रपुरमा ६, कनकाईमा ५, दमकमा ४, बुद्धशान्तिमा ३, शिवसताक्षी, विर्तामोड र अर्जुनधारामा २–२, कमल गाउँपालिकामा १, मोरङको विराटनगरमा २३, सुन्दरहरैचामा ५, सुनसरीको इटहरीमा ८, धरानमा ३, उदयपुरको त्रियुगा र पाँचथरको फिदिममा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको…

Read More