
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २५ असोज । श्रीकृष्ण प्रणामी धर्मावलम्बीहरूको आस्थाको एउटा संस्था श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति झापाले हालै विभिन्न समितिका पदाधिकारी सदस्य एवम् अग्रज सुन्दरसाथहरूलाई बधाइ तथा शुभकामना व्यक्त गरेको छ । विर्तामोडको चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरको सभाहलमा आयोजित समारोहबीच सत्संग परिषद झापाको नवनिर्वाचित समिति र युवा परिषद नेपाल केन्द्रीय समितिलाई बधाइ शुभकामना व्यक्त गर्नुका साथै सेवा समिति नेपाल केन्द्रीय समितिमा झापाको प्रतिनिधित्व गर्दै उपाध्यक्षमा निर्वाचित शारदाप्रसाद थपलिया र कृष्णप्रसाद बजगाईलाई बधाइ दिइएको थियो । संस्थाका अध्यक्ष टहलदास ओलीको अध्यक्षतामा सचिव मोहन अधिकारीले सन्चालन गरेको समारोहमा युवा परिषद नेपालका निवर्तमान राष्ट्रिय अध्यक्ष नमराज ढकाल र पूर्व अध्यक्ष मात्रिका प्याकुरेललाई…
झापा, २५ असोज । हिन्दु नेपालीहरुको महान चाड बडादशैँको आज पाँचौँ दिन, आज स्कन्दमाताको विशेष पूजा अर्चना गरिंदैछ । स्कन्दमाता कमल ओछ्याएर बस्ने भएकाले यी देवीलाई पदमासना देवी पनि भन्ने गरिन्छ । सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजनले अलौकिक तेज र कान्तिले सु–सम्पन्न हुने धार्मिक विश्वास छ। स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौँ दिन यीनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ। चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गरिएको शास्त्रहरुमा उल्लेख गरिएको छ। दसैंको पहिलो दिन घटस्थापना गरेसँगै नवदूर्गाका…
झापा, २५ असोज । फ्रान्सले युईएफए नेसन्स लिग २०२१ को उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा स्पेनलाई २(१ ले पराजित गर्दै फ्रान्स च्याम्पियन बनेको हो । इटलीको सान सिरोमा भएको खेलमा फ्रान्सलले एक गोलले पछि परेको स्थिति उल्टाएर पुनरागमन जित हात पारेको हो । मिकेल ओयाजाबालले ६४ औं मिनेटमा गोल गर्दै स्पेनलाई पहिले अग्रता दिलाएका थिए । तर दुई मिनेट पछि नै करिम बेन्जामाले फ्रान्सका लागि बराबरी गोल फर्काए । ८० औं मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई जित दिलाए ।
अछाम, २५ असोज । अछामको पञ्चदेवल बिनायक नगरपालिका–१ कुइकामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चदेवल बिनायक नगरपालिका–२ का १४ वर्षीय जीवन न्यौपाने र १८ वर्षका सर्प बोहरा, सोही नगरपालिका– ३ का १७ वर्षका जीवन जैसी र १७ वर्षीय हिमाल नेपाली छन् । आइतबार राति जन्ती गएर फर्किएको बोलेरो जीप जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रहरीका अनुसार से १ च १७६३ नम्बरको जीप दुर्घटना हुँदा गाडी चालकसहित अन्य १४ जना घाइते भएका छन्। जीप कच्ची सडकखण्डमा ब्याक गर्ने क्रममा अनियन्त्रित भएर करिब दुई सय मिटर…
झापा, २५ असोज । प्रदेश नं १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठकको मिति परिवर्तन गरिएको छ । यही असोज २२ गतेदेखि सञ्चालन भएको बैठक आइतबार दोस्रो भएको थियो । आज १ बजेका लागि भनिएको बैठकको मिति परिवर्तन गरी आगामी कात्तिक ५ गते शुक्रबार दिनको १ बजे बस्ने प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । प्रदेशसभा सचिव पराजुलीद्वारा आज जारी सूचनामा उक्त बैठक विशेष कारणले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ९३० बमोजिम मिति परिवर्तन गरिएको जनाए । बैठकको मिति सभामुख प्रदीपकुमार भण्डारीको आदेशानुसार सम्पूर्ण प्रदेशसभाका सदस्यलाई जानकारीका लागि सूचना प्रकाशित गरिएको छ । रासस
झापा, २५ असोज । नेपाल कम्युनिस्ट पार्टी एमालेका उपमहासचिव घनश्याम भुसालले अगामी १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने संकेत गरेका छन् । विजया दशमी, दिपावली, छठलगायतका चाडपर्वका अवसरमा पत्रकारसँग आइतबार काठमाडौंमा भेटघाट गर्दै उपमहासचिव भुसालले पार्टीको १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने संकेत गरेका हुन् । ‘हाम्रो पार्टीको विधानमै स्पष्ट व्यवस्था छ । केन्द्रीय कमिटीको पदाधिकारी भइसकेको व्यक्ति अध्यक्षमा उम्मेदवारी दिन पाउँछ,’ उनले भने । हालै सम्पन्न एमालेको विधान महाधिवेशनले ७० वर्षे उमेर हदम्यादको व्याख्या गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई पुनः अध्यक्ष हुन सहज हुनेगरी विधान संशोधन गरेको छ । एमालेभित्र ‘१० भाइ’ भनेर चिनिने नेतामध्येका एक उपमहासचिव भुसाल पनि…
झापा, २५ असोज । सरकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप उपलब्ध गराउने लक्ष्य राखेको भए पनि त्यो पूरा गर्न कठिन हुने देखिएको छ। हाल दैनिक उपलब्ध गराइएको खोपको सरदर डोज अनुपातले तोकिएको समयमा लक्षित जनसंख्यालाई लगाउन नसकिने देखिएको हो। नेपालमा १८ वर्ष उमेरमाथिको १ करोड ९९ लाख जनसंख्या खोप लगाउन योग्य मानिएको छ। शनिबारसम्मको तथ्यांकका आधारमा ७५ हजार २४० को हाराहारीमा पहिलो डोज र ३ हजार ६८७ को हाराहारीमा दोस्रो डोज गरी देशभर दिनहुँ कुल ७८ हजार ९२७ डोज खोप लगाइएको छ। पुस मसान्तसम्म ६६ प्रतिशत जनसंख्या (दुईतिहाइ) लाई खोप लगाउने लक्ष्य पूरा…
झापा, २५ असोज । बेरोजगारीको भुंग्रोमा परेका नेपाली दुई–चार पैसा कमाउन भारत पस्छन्। वर्षदिन रगत–पसिना बगाउँछन्। त्यसकै कमाइ बोकेर दसैं, तिहारलगायत चाडबाड मनाउन घर फर्किंदा बाटोमा लुटिन्छन्। कतिपय त सबै लुटिएर रित्तो हात फर्किनुपर्छ। डोटीको केआई सिंह गाउँपालिका–४ चंगेसेनका प्रताप विकले भारतको पञ्जाबबाट दीपायलसम्मको गाडी भाडा ३ हजार ६ सय ८० तिरे। ‘बाटोमा सामान झार्न, चढाउन समस्या हुन्छ भनेर यति महँगो रकम तिरेँ। तर, केही सजिलो भएन’ विकले भने, ‘झन् तीन दिनमा मात्रै बोर्डर पुर्यायो। तीन महिनामा जोगाएर ल्याएको रकम बाटोमै सकिन थाल्यो।’ पञ्जाबबाट रोडवेज गाडीको भाडा गौरीफन्टा सीमासम्म ८ सय भारु छ। नेपाली १ हजार २ सय ८० रुपैयाँ…
झापा, २४ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११० जनामा कोरोना संक्रमण भएको छ । ५८८ जनाको पीसीआर परीक्षण गर्दा १०३ र ९७ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ४७, मोरङमा ३२, सुनसरीमा १५, धनकुटा र तेहृथुममा २–२, इलाममा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । झापाको विर्तामोडमा १२, कनकाईमा १०, दमकमा ७, बुद्धशान्ति र मेचीनगरमा ६–६, शिवसताक्षीमा ३, कमल गाउँपालिकामा २, भद्रपुरमा १, मोरङको विराटनगरमा २४, सुन्दरहरैचामा ३, रंगेली, पथरीशनिश्चरे, बेलबारी, उर्लाबारी र ग्रामथानमा १–१, सुनसरीको इटहरीमा १३,…