झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २२ असोज । २०६२/०६३ को दोस्रो जनआन्दोलनमा सेनाको गोली लागेर सहिद भएका सुरज विश्वासको ४१ औं जन्म जयन्ती मनाइएको छ । नेपाल राष्ट्रिय बंगाली समाज केन्द्रीय समितिको आयोजना तथा भद्रपुर नगर समितिको समन्वयमा भद्रपुर–६ स्थित सहिद सुरज विश्वास स्मृति पार्कमा जन्म जयन्ती मनाइएको हो । सहिद सुरज विश्वासको अर्धकदको सालिकमा माल्यार्पण, पार्कमा वृक्षारोपण र सहिद आमालाई सम्मान गरी पहिलो पटक जन्म जयन्ती मनाएका हुन् । समाजका केन्द्रीय अध्यक्ष पार्थो सरकार र भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले सहिद आमा मिना विश्वासलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका मेयर श्रेष्ठले सहिद सुरज विश्वासले दिएको बलिदानको…

Read More

बिर्तामोड, २२ असोज । शब्दपत्र प्रकाशन प्रालिद्धारा प्रकाशन तथा प्रशारण हुँदै आएको ‘शब्दपत्र डटकम’अनलाइन पत्रिका औपचारिक रुपमा सञ्चालनमा आएको छ । प्रालिले घटस्थापनाको अवसर पारेर बिहीबार दर्गा पञ्चायन मन्दिरमा एक कार्यक्रमका बीच औपचारिक उद्घाटन गरेको हो । प्रालिको उद्घाटन नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले गरेका हुन् । उद्घाटन कार्यक्रममा वोल्दै अध्यक्ष गिरीले शब्दपत्र अनलाइनले मालिकहरुको नभएर जनताको शब्द बोल्नु पर्नेमा जोड दिए । झापा बिर्तामोडमा प्रधान कार्यालय रहेको शब्दपत्रले स्थानीय समाचारलाई प्राथमिकतामा राखेर छ । शब्दपत्र प्रालिको सञ्चालकमा वालकृष्ण गिरी, पार्वत गिरी, तारा दुलाल, शर्मिला पुरी, इशा पुरी, उद्धव पुरीलगायत रहेका छन् । उद्घाटन कार्यक्रममा नेकपा (माओवादी केन्द्र)…

Read More

बिर्तामोड, २२ असोज । झापाको बिर्तामोड–३ स्थित पुण्डरी चोक निवासी नगेन्द्र प्रसाद थपलियाले बिर्ताबजारमा रहेको नवदुर्गा मिन्दरलाई दुई थान घण्टी प्रदान गरेका छन् । आफ्ना स्वर्गीय बुबा रामप्रसाद र आमा सीता थपलीयाको सम्झनामा उनले मन्दिरलाई घण्टी प्रदान गरेका हुन् । बिहीबार बिर्तामोड नगरपालिकाका मेयर धुब्रकुमार शिवाकोटीको प्रमुख आतिथ्यतामा भएको एक संक्षिप्त कार्यक्रमकाबिच समाजसेवी थपलीयाले करीब ८० केजी बराबरको एक लाख १५ हजार मुल्यका दुई वटा घण्टी सहयोग गरेका हुन् । कार्यक्रममा समाजसेवी शेरबहादुर थापा, बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौला, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बासुदेव माझी, सदस्य शिव खरेल दाता थपलियाकी श्रीमती मेनुका लगायतको उपस्थिती रहेको थियो ।

Read More

बिर्तामोड, २२ असोज । घटस्थापनाको अवसर पारेर झापाबाट परिवेश मिडिया अनलाइन न्यूज पोर्टल सञ्चालनमा आएको छ । परिवेश डिजिटल मिडिया प्रा.लि.ले पोर्टल सञ्चालनमा ल्याएको हो । बिर्तामोडमा रजिष्टर्ड कार्यालय रहेको कम्पनीले मानिसको प्रविधिप्रतिको बढ्दो चाख र समय समयमा आइपर्ने प्राकृतिक विपत्तिसमेतमा नागरिकको सुसूचितहुने अधिकारको सम्मान गर्दै न्यूज पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ । लोकतन्त्रको संस्थागत विकास र सुसाशनको पक्षमा सदैव लागिरहने मिडियाका सम्पादक पुष्प खड्काले बताए । शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएपनि अन्यसबै क्षेत्र, बर्ग, लिङ्ग, विचार, धर्म आदिका समाचारहरुलाई ससम्मान सम्प्रेषण गरिने उनले बताए । खड्काले सम्पूर्ण पाठक, विज्ञापनदाता तथा सुभेच्छुकहरुलाई सहयोग र सहकार्यका लागि आह्वान गरे ।…

Read More

इलाम, २२ असोज । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा जारी कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिताको सेमीफाइनल समिकरण पुरा भएको छ । इन्डो–नेपाल फुटसल अन्र्तगत पहिलो दिनको खेलबाट सेमीफाइनलमा भिड्ने टोलीहरु पक्का भएका हुन् । प्रतियोगिताको पहिलो सेमीफाइनलमा इलाम भेट्रान्स र सूर्योदय भेट्रान्स बिच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी दोश्रो सेमीफाइनलमा आहाले भेट्रान्स र पाहुना टोली दार्जिलिङ भेट्रान्स बिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको आजको पहिलो खेलमा इलाम भेट्रान्सले पाहुना टोली सुकिया भेट्रान्सलाई टाइव्रेकरमा ३–२ ले हराउँदै सेमीफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको निर्धारित समयमा दुवै टोलीबाट ९–९ गोल भएपछि निर्णयको लागि टाइव्रेकर रोजिएको थियो । इलामका लागि दर्शन भक्तराजले ४ गोल…

Read More

झापा, २२ असोज । लामो कोरोना कहरसहित समाज परिवर्तनका अनेकन कारणले सञ्चार माध्यम र पत्रकारहरुमा परेको प्रभावबारे अध्ययन गर्न तथा भावी दिनमा सोही विषयमा अनुसन्धान गर्ने उद्देश्यले आज धनकुटाको भेडेटारमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । प्रादेशिक सञ्चार प्रतिष्ठानको आयोजनामा झापा, मोरङ्ग, सुनसरी र धनकुटा गरी ४ जिल्लाका पत्रकार महासंघ, सञ्चार संस्थाका प्रतिनिधि र अगुवाहरुबीच सञ्चार माध्यमको तथ्याङ्क संकलन र प्रोफाइल निर्माण सम्बन्धी अन्तरक्रिया गरिएको हो । प्रादेशिक संचार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञप्रसाद शर्माको अध्यक्षतामा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको हो । प्रादेशिक सञ्चार प्रतिष्ठानका सञ्चालक समिति सदस्य…

Read More

विराटनगर, २० असोज । ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा चूडामणि उप्रेती (गोरे) सहित ६ जनालाई जिल्ला अदालत मोरङले जन्मकैदको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले गोरेसहित मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाएको हो। यस्तै, राजन कुमारलाई ३ वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको छ। जिल्ला अदालत मोरङका श्रेस्तेदार टीकेन्द्रवीरजंग राणाले सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी गोरेलाई अपहरण तथा शरीर बन्धकमा पनि सजाय तोकिएको जानकारी दिए।​ फरार २२ अभियुक्तको मुद्दा मुल्तबीमा राखिएको र अन्य आरोपीलाई भने अदालतले सफाइ दिएको उनले जानकारी…

Read More

विराटनगर, २० असोज । मोरङको विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटबाट नेपाल भित्र्याउन लागेको अवस्थामा मानव खप्पर र हड्डी बरामद गरिएको छ । भारतको जोगवनीबाट नेपाल प्रवेश गर्न लागेको को १ च ९६४८ नम्बरको भ्यानबाट सशस्त्र प्रहरीले मंगलबार साँझ खप्पर र हड्डी बरामद गरेको हो। २८ थान खप्पर र नली खुट्टा एवं हातको हड्डी बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए।

Read More

झापा, २० असोज । नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्ग्याएको छ । केन्द्रीय कार्यालय पेरिस डाँडामा आज बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री बनाउने निर्णय लिएको हो । माओवादीले बोधमाया यादवलाई राज्यमन्त्रीका रुपमा सरकारमा पठाउने निर्णय लिएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिएका छन् । असार २९ गते देउवाले प्रधानमन्त्रीको सपथ लिएकै दिन माओवादीबाट ऊर्जा मन्त्रालयमा पम्फा भुसाल र अर्थमन्त्रालयमा जनार्दन शर्माले नियुक्ति पाइसकेका छन् ।

Read More

इलाम, २० असोज । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा भोलिबाट कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिता सुरु हुँदैछ । कान्दुक रिक्रिएसन सेन्टरको आयोजना र सूर्योदय नगर खेलकुद विकास समितिको सहयोगमा आगामी २३ गतेसम्म संचालन हुने प्रतियोगितामा भारतका २ टिम सहित ८ टिमको सहभागिता रहेको छ । ४० बर्षमाथिका भेट्रानहरु बिच हुने प्रतियोगितामा भारत दार्जिलिङको २ टिम सहित सूर्योदय नगरपालिका भित्रका ४ टिम तथा इलाम नगरपालिका र रोङ गाउँपालिकाको एक÷एक टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा सुकिया भेट्रान्स दार्जिलिङ, इलाम भेट्रान्स, दार्जिलिङ भेट्रान्स, सूर्योदय भेट्रान्स, भेट्रान्स रोङ–११ आहाले भेट्रान्स, पेम्वा सेभेन र युनाइटेड भेट्रान्सले सहभागिता जनाउनेछ । प्रतियोगिताको पहिलो दिन पहिलो…

Read More