
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १३ असोज । दिलमाया स्मृति कप प्रतियोगिताको छनौट खेल सुरु भएको छ । कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाको छनौट खेल मंगलवारबाट सुरु भएको हो । दुबै प्रतियोगिताको उद्घाटन झापा क्षेत्र नम्बर ४ का सांसद एलपी साँबाले गर्नुभएको हो । साँबाकी ममतामयी माता दिलमायाको स्मृतिमा नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको आयोजनामा झापा क्षेत्र नम्बर ४ स्तरीय फुटबल प्रतियोगिता सुरु भएको हो । कनकाई नगरपालिकाको छनौट खेल कनकाई माविको खेल मैदानमा भएको छ । सो खेलको उद्घाटन खेल संघीय सांसद साँबा र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले गर्नुभयो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि साँवाले कोभिडका कारण थलिएको खेल क्षेत्रलाई थोरै…
बनियानी, १२ असोज । झापाको बिर्तामोड नगरपालिकाबाट ठूलो परिमाणमा ब्राउनसुगर र नगदसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बेलुका बिर्तामोड–१ स्थित पञ्चकन्या प्लटिङबाट जिल्ला प्रहरी कार्यालय झापा, लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले कनकाई नगरपालिका–९ का टेकराज साह र सोही स्थानका २४ वर्षीय विकास मर्डीलाई १४७ ग्राम ब्राउनसुगर र रू दुई लाख ६९ हजार ३०० सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । शुरुमा प्रहरी टोलीले चेकजाँच गर्दा साहको साथबाट ०.५ मिलि ग्राम र मर्डीको साथबाट ४ ग्राम ५ मिलिग्राम ब्राउनसुगर बरामद भएको…
झापा, १२ असोज । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट विजयी भएका एक हजार ५०५ जना जनप्रतिनिधिले नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) रोजेका छन् । त्यस्तै जनता समाजवादी पार्टीबाट विजयी भएका ९२१ जनाले पनि नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् । यही भदौ ९ गते एमालेबाट अलग्गिएर माधवकुमार नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० तथा महन्थ ठाकुर नेतृत्वको अध्यक्षतामा लोसपा गठन भएको थियो । संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत सदस्यले दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश आएपछि दुवै पार्टी गठन भएको थियो । दुवै दलले भदौ ९ गते नै दल दर्ताको प्रमाणपत्र पाएसँगै निर्वाचन आयोगले…
बिर्तामोड, १२ असोज । ४२ औँ विश्व पर्यटन दिवसको अवसर पारेर झापाको बिर्तामोडमा प्रभात फेरि र कनकाई माईधाममा सरसफाई गरिएको छ । सुरुवाती कोठा नेपालको आयोजना र दर्जन भन्दा बढी विभिन्न संघसंस्थाको सहकार्यमा विश्व पर्यटन दिवस मनाइएको हो । आदर्श स्कूल अफ म्यानेजमेन्ट, इष्टर्न इम्पायर कलेज, स्प्रिङडेल कलेजका विद्यार्थी र मारवाडी महिला मञ्च लगायतका संघसंस्थाका पदाधिकारीहरुको सहभागितामा बिर्तामोड नगरमा प्रभात फेरी गरिएको थियो भने कार्यक्रममा पूवेर्ली नौमति बाजा महिला समूह, चारपानेले नौमति बाजा प्रस्तुत गरेका थिए । सुरुवाती कोठा नेपालका अध्यक्ष दीपक दासको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । सुरुवाती कोठा नेपालले विगत बर्ष मा पनि विश्व पर्यटन दिवस मनाउँदै आएको संस्थाका कोषाध्यक्ष रविन पाठकले…
बिर्तामोड, १२ असोज । झापामा ‘दिलमाया स्मृति कप–२०७८’ फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता अन्तरगत आजदेखि छनोट खेल हुनेछ । झापा क्षेत्र नं. ४ का सांसद एलपी साँवा लिम्बूको आमा स्वर्गीय दिलमाया साँवा लिम्बूको स्मृतिमा उक्त प्रतियोगिता हुन लागेको हो । सोमबार सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक नेपाल खेलकुद महासंघले उक्त जानकारी दिएको हो । प्रतियोगितामा झापा क्षेत्र नं. ४ का २८ वटा वडाको सहभागिता रहने आयोजक समितिका संयोजक सुनिल भेटवालले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको छनोट खेलहरु असोज १२ गतेदेखि सुरु हुनेछ भने छनोट भएका आठ टीमबीचको क्वाटरफाइनल खेल कात्तिक ९ देखि १५ गतेसम्म हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले…
झापा, १२ असोज । कामको सिलसिलामा केही दिनअघि मात्रै काठमाडौं आएको थिएँ। नयाँ सचिव सरुवा भएर सोमबार मन्त्रालयमा आउने जानकारी पाएको थिएँ। त्यही भएर बिहानको पहिलो फ्लाइटबाट विराटनगर फर्किने र नयाँ सचिवलाई स्वागत गर्ने योजना बनाए। बिहान ८ बजेर ५ मिनेटको बुद्ध एयरको फ्लाइट थियो। मैले जहाजको ‘सिक्स ए’ को टिकट ४ हजार ९ सय रुपैयाँमा किनेको थिएँ। एकदमै आरामदायी ढंगले काठमाडौं छोड्दै प्लेन विराटनगरको आकाशमा प्रवेश ग¥यो। परिचारिका (क्रु मेम्बर)ले केही क्षणमै विराटनगर एयरपोर्टमा जहाज ल्यान्ड गर्न लागेको जानकारी गराइन्। सिट बेल्ट बाँधेर विराटनगर एयरपोर्टमा ओर्लने तरखरमा सबै यात्री थियौं। त्यहीअनुसार ‘माइन्ड सेट अप’ पनि भयो। प्लेन ल्याण्ड गर्न…
झापा, १२ असोज । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै सत्ता गठबन्धन आबद्ध दल मन्त्रिपरिषद् विस्तारमा जुटेका छन् । अध्यादेश फिर्ता भएसँगै दलहरूबीच मन्त्रालय भागबन्डाबारे सहमति भएको हो । सहमतिअनुसार गठबन्धन आबद्ध नेपाली कांग्रेसले सात मन्त्रालय लिनेछ । यस्तै, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) ले ६–६ मन्त्रालय लिने सहमति बनेको छ । ‘गठबन्धन आबद्ध दलबीचमा कांग्रेसले कुल ७, माओवादी, नेकपा एस र जसपाबीच समान रूपमा एक राज्यमन्त्रीसहित ६÷६ मन्त्रालय बाँडफाँट गर्ने सहमति भएको छ,’ गठबन्धनका एक शीर्ष नेताले राजधानीसँग भने । संविधानमा भएको व्यवस्थाअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा कुल २५ मन्त्री राख्न पाउँछन् ।…
झापा, १२ असोज । कोरोनाका कारण निकै प्रभावित वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्कन लागेको देखिएको छ । कोरोना महामारी शुरू भएपछि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या ह्वात्तै घटेको थियो । तर, पछिल्लो समय वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दै गएको छ । वैदेशिक रोजगार विभागबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार गत असारदेखि नै वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दै गएको देखिएको छ । गत असारमा २० हजार ६५८ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । साउनमा २५ हजार ४२८ र भदौमा ३६ हजार ४० जना नेपाली वैदेशिक रोजगारीमा गएको तथ्यांकले देखाएको छ । यसरी वैदेशिक…
झापा, ११ असोज । आइतबार स्वीटजरल्याण्डमा जनताले ऐतिहासिक निर्णय लिँदै समलैंगिक जोडीलाई विवाहको अनुमति दिएका छन् । ६४।१ प्रतिशत मतदाताले यो निर्णयको समर्थन गरे र आफ्नो मत पनि यसै आधारमा दिए । यो निर्णयसँगै स्वीट्जरल्याण्ड पश्चिमी युरोपका थुप्रै अन्य देशका समान समलैंगिक जोडीलाई यो अधिकार दिने निर्णय गरेको छ । हुन त यसअघि सन् २००७ मा नै स्वीटजरल्याण्डमा समलैंगिक जोडीलाई सँगै बस्ने अधिकार दिइसकेको थियो । यस्तोमा अब समलैंगिक जोडीलाई थप अधिकार प्रदान गर्दै विवाह गर्ने अनुमति दिइसकेको छ । यो निर्णयलाई समर्थन गर्ने मानिसहरु अब कानूनी रुपमा समलैंगिकहरुले ती विभिन्न अधिकार प्राप्त गर्नेछन् जसबाट उनीहरु पहिला वञ्चित थिए ।…
झापा, ११ असोज । घोडाघोडी यातायात प्रालिले पूर्वमा बस सेवा विस्तार गरेको छ । यसअघि काठमाडौँ–जोमसोम–मुक्तिनाथ,काठमाडौँ–बेनी–दर्वाङ, काठमाडौँ–बुर्तिवाङ–रुकुमकोट, काठमाडौँ–जाजरकोटलगायतका स्थानमा बस सञ्चालन गर्दै आएको सो यातायातले आजदेखि काठमाडौँ–काकँडभिट्टा बस सेवा सञ्चालन गरेको हो । सो प्रालिले नजिकिँदै गरेको चाडपर्वलाई समेत लक्षित गरेर दुईवटा सुपर एसी बस सञ्चालनमा ल्याएको हो । प्रालिका अध्यक्ष सुनिल कुँवरले यात्रुको माग र चाहनाअनुसार पूर्वमा बस सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए । “अहिले काठमाडौँ–काकँडभिट्टा सञ्चालन गरे पनि आगामी दिनमा पूर्वका अन्य सहरमा समेत विस्तार गर्दै लैजान्छौँ”, उनले भने । उक्त बस काठमाडौँको नयाँ बसपार्कबाट छुट्नेछ । विसं २०७४ मा स्थापना भएको घोडाघोडी यातायात प्रालिले हाल २५ भन्दा…