झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, १६ असोज । सर्पदंशबाट झापामा एक जनाको मृत्यु भएको छ । सर्पदंशबाट मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका(१ स्थित भागडुब्बा निवासी ५५ वर्षीय मानबहादुर थापा रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । थापालाई उनकै घरको कोठामा शनिवार दिउँसो साढे १ बजे कालो गोमन सर्पले डसेको थियो । सर्पले डसेपछि उनलाई उपचारको लागि मेची अस्पताल भद्रपुरमा ल्याएको र उनको उपचार क्रममा दिउँसो ४ः२५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

झापा, १६ असोज । नेपालमा लक्षित जनसङ्ख्या मध्ये २९.२ प्रतिशतले कोभिड–१९ विरुद्धको दुवै मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबारसम्म ६३ लाख ४८ हजार २७९ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् । त्यस्तै, पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या ३५.४ प्रतिशत पुगेको छ । ७६ लाख ९४ हजार ६०९ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्र ८३ हजार ३७३ जनाले खोप लगाएका छन् । शनिबार देशभर थप ८६७ जनामा सङ्क्रमण पुष्टि भएको छ । ८ हजार २१९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६५९ तथा एन्टिजेन विधिबाट २०८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।…

Read More

झापा, १६ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १६८ जनामा कोरोना संक्रमण भएको छ । ३८७ जनाको पीसीआर परीक्षण गर्दा ९२ र ४२१ जनाको एन्टिजेन परीक्षण गर्दा ७६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५६, सुनसरीमा २४, झापामा ९, धनकुटा, इलाम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ३९, पथरीशनिश्चरेमा ५, बुढीगंगा र कटहरीमा ३–३, बेलबारीमा २, सुन्दरहरैचा, केराबारी, रतुवामाई र जहदामा १–१, सुनसरीको इटहरीमा १८, धरानमा ४, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१, झापाका दमकमा ६, शिवसताक्षीमा ३, धनकुटाको पाख्रिबास, इलामको चुलाचुली…

Read More

भद्रपुर, १६ असोज । झापा चन्द्रगढीका स्रष्टा गणेशप्रसाद नेपालको दोस्रो कृति ‘बाँच्नुको एउटा जीवन’ आत्मकथाको विमोचन गरिएको छ । चार दशक बढी सरकारी विद्यालयमा शिक्षण पेशामा सेवा प्रवाह गरेका स्रष्टा नेपालको दोस्रो कृति बाँच्नुको एउटा जीवन आत्मकथाकाको विमोचन आख्यानकार पुण्यप्रसाद खरेलले गरेका हुन् । लेखनाथ पुस्तकालय चन्द्रगढी तथा वर्तमान साहित्य प्रतिष्ठान चन्द्रगढीको सम्युक्त आयोजनामा सम्पन्न कार्यक्रममा स्रष्टाको परिचय कृष्ण सुवेदी निराकारले गरेका थिए भने कृतिको परिचर्चा सहित समालोचना सहप्राध्यापक तारा विविध तथा साहित्यकार भवानी क्षेत्रीले गरेकी थिइन् । पुस्तकालयका सभापति नवराज घिमिरेको सभापतित्व तथा वर्तमान साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण अनमोलको स्वागत रहेको कार्यक्रममा भद्रपुर नगर क्षेत्रका लेखक तथा साहित्यकार लगायत…

Read More

झापा, १६ असोज । सरकारले महंगा र विलासी वस्तु आयातमा कडाइ गर्ने भएको छ। यसअन्तर्गत सुनसहित ५० हजार डलरभन्दा माथिको गाडी आयातमा प्रतिबन्ध लगाउन लागिएको हो। कुल विदेशी मुद्रा सञ्चितिमा कमी आएको भन्दै सरकारले सुन र महंगा गाडी आयातमा कडाइ गर्ने योजना बनाएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवा आफैँले सम्हालिरहेका छन्। मन्त्रालयले यी वस्तुको आयातमा कडाइ गर्नुपर्ने ब्रिफिङ गरिसकेको छ। वाणिज्य सचिव दिनेश भट्टराईले नै यसबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका हुन्। योसँगै अब सरकारले यी दुवै वस्तुमा कडाइ गर्ने निर्णयको तयारी गरिरहेको मन्त्रालय स्रोतले जानकारी दियो। व्यापारघाटा बढिरहेको र त्यसले मुद्रा सञ्चितिमा समेत असर देखिनथालेकाले दुवै वस्तु…

Read More

सोलुखुम्बु, १६ असोज । एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत कर्मचारी एक सातादेखि बेपत्ता बनेका छन् । सोताङ गाउँपालिका–१ हुलु स्थायी ठेगाना भएकी २५ वर्षीया मनकुमारी कार्की गत शुक्रबार ४ः२५ बजेदेखि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार अपराह्न ४ः २२ बजे साथीलाई सन्देश पठाएको र ४ः २५ बजेदेखि मोबाइल अफ भएको छ । मासिक बैठक सञ्चालनका लागि माप्य दूधकोशी–६ र ७ वाकुमा दुई कर्मचारीसँगै गएका भए पनि सोलाबनबाट हाकुला झर्नेक्रममा छुट्टिएपछिको अवस्था थाहा नभएको मनकुमारीका बुबा चित्रबहादुर कार्कीले बताए । सम्पर्कविहीन भएको थाहा हुने बित्तिकै स्थानीयवासी, वाकु प्रहरीचौकी र इलाका प्रहरी…

Read More

झापा, १६ असोज । अखिल (क्रान्तिकारी) ले २५ सदस्यीय पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने गरी साङ्गठनिक प्रस्ताव गरेको छ । क्रान्तिकारीको बिहीबारदेखि शुरु भएको २२ औँ राष्ट्रिय सम्मेलनको आज दोस्रो दिन सुरु भएको बन्द सत्रमा उक्त प्रस्ताव गरिएको अध्यक्षका प्रत्यासी रहेका प्रचारप्रसार समितिका संयोजक सुरेन्द्र बस्नेतले जानकारी दिए । सम्मेलनले एक अध्यक्ष, तीन खुला उपाध्यक्ष, चार समावेशी उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, प्रदेशबाट आठ सचिव, समावेशीवाट पाँच सचिव र एक कोषाध्यक्ष गरेर २५ सदस्यीय पदाधिकारी तथा १९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ । आजको वन्दसत्रमा नेकपा माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ , देवप्रसाद गुरुङ र शक्तिबहादुर बस्नेतले समसामयिक…

Read More

भद्रपुर, १५ असोज । बालमैत्री घोषित नगरमा भद्रपुरकी ११ वर्षीय बालिकालाई हात बाँधेर कुटपिट गर्ने व्यक्तिलाई प्रहरी प्रशासनले कारबाही दायरमा नल्याएको भन्दै झापाका सङ्घ संस्थाले आपत्ति जनाएको छ । झापाका सङ्घ संस्थाका प्रतिनिधिहरूले शुक्रबार एक संयुक्त विज्ञप्ति निकाल्दै पीडित पक्षलाई न्याय दिलाउन जोडदार माग समेत गरेका छन्। गत असोज ४ गते सुनसरी जिल्ला इनरुवा नगरपालिका–६ घर भएका अन्दाजी ३० वर्षीय अनिल पौडेलले हात बाँधेर अनुहार र शरीरभरि निल डाम हुने गरी ती बालिकालाई निर्घात कुटपिट गरेका थिए । पौडेलले भद्रपुर–५ स्थित नयाँ बजारमा रहेको मेची बहुउद्देश्यीय कृषि फर्मभित्रै ती बालिकालाई कुटेका थिए । फर्ममा बाख्रा छिरेको निहुँमा पौडेलले ती बालिकामाथि…

Read More

बिर्तामोड, १५ असोज । जब चाडपर्व सुरु हुन्छ, तब सक्रिय हुन्छ बजार अनुगमन गर्ने निकाय । हरेक वर्ष दोहोरिने गर्छ, यो शैली । आक्रामक रुपमा बजार पस्ने अनुगमन टोलीले व्यापारी थर्कमान हुन्छन्, तर, उपभोक्ता जहिले ठगिन्छन् । अनुगमन गर्ने तर बजारमा मनपरी मूल्य असुल्ने क्रम भने रोकिएको छैन ।चाडपर्वको आगमनसँगै मेचीनगरमा अनुगमन थालिएका छ । मेचीनगरको मुख्यस् व्यापारिक केन्द्र काँकडभिट्टाबाट बजार अनुगमन टोलीले बिहीबार लाखौँ रुपैयाँ मूल्यका सामान जफत गरेको छ । दसैँ–तिहार नजिकिँदै गर्दा अत्यावश्यक खाद्य वस्तुको मूल्य दिनहुँजसो उकालो लागेको उपभोक्ताको गुनासो आएसँगै झापाका सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमाल नेतृत्वको अनुगमन टोलीले काँकडभिट्टाको खाद्यसहित अन्य पसलको अनुगमन…

Read More

बिर्तामोड, १५ असोज । कनकाई नगरपालिका अन्तर्गतको दिलमाया स्मृति कप छनौटमा कनकाई ५ को टिम प्रवेश गरेको छ । आज सम्पन्न खेलमा वार्डनम्बर ५ ले २ लाई ट्राईब्रेकरमा पराजित गर्दै दिलमाया कपको उत्कृष्ट ८ टिमभित्र पर्न सफल भएको दिलमाया स्मृति कप कनकाईका सहसंयोजक गोविन्द सुवेदीले बताउँनुभयो । आज भएको खेल समय गोल रहित बराबरीमा सकिएपछि खेलको निर्णय सोझै पेलान्टी सुट आउटबाट गरिएको थियो । वडा नम्बर २ का २ खेलाडीको प्रहार ५ का गोल किपरले रोकेपछि ५ नम्बर ४–२ गोल अन्तरले बिजयी भएको हो । भोली हुने वडा नम्बर ४ र ६ विचको बिजयी टिम समेत उत्कृष्ट ८ मा पर्ने…

Read More