झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ८ असोज । पाकिस्तानका पूर्वकप्तान तथा स्टार क्रिकेटर साहिद अफ्रिदीले नेपालीहरूले गरेको न्यानो स्वागतबाट आफु निकै खुसी भएको बताएका छन् । यसपटक एभरेस्ट प्रिमियर लिगमा पुरै सिजन नभएर केवल दुई खेल मात्रै खेल्ने पनि उनले बताए । काठमाडौं किंग्स इलाभेनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अफ्रिदीले नेपाली क्रिकेटलाई आवश्यकता परेको समयमा आफुले सँधै साथ दिने बताए । ‘नेपालमा मैले विगत दुई दिन निकै रमाइलो महसुस गरें । यस सिजन केवल दुई खेल खेल्नेछु । तर अर्कोपटक म पुरै सिजन खेल्नेगरी आउनेछु’ उनले भने, ‘अर्कोपटक पुरै परिवारसहित घुम्न आउने सोचमा छु ।’ आफु केवल क्रिकेट खेल्न मात्र नभएर नेपाल र…

Read More

धरान, ८ असोज । धरानमा विद्यालयहरू आइतबारदेखि खुलाउने निर्णय भएको छ । आज मेयर तिलक राईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले स्वास्थ्य प्रोटोकलको पूर्ण रूपमा पालना गर्दै भौतिक रूपमा विद्यालयहरू खुलाउने निर्णय गरेको हो । गत भदौ ३१ गते बसेको कार्यपालिकाको बैठकले धरान क्षेत्रका विद्यालयहरू भौतिक रूपमा दसैँ तिहारपछि मात्र सञ्चालन गर्ने निर्णय गरेको थियो । पछिल्लो समय धरानमा कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन घट्दै गएको तथ्यलाई मध्यनजर गर्दै विभिन्न आज बसेको कार्यपालिकाको बैठकले असोज १० गतेदेखि भौतिक उपस्थितिमै विद्यालय खुलाउने निर्णय भएको वरिष्ठ प्रशासकीय अधिकृत गणेश प्रसाद खतिवडाले जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकामा वडाका वडाध्यक्षहरू र अभिभावकहरूले समेत विद्यालय खुलाउन…

Read More

बनियानी, ८ असोज । झापाको दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ गरेको छ । प्रहरीले बिहीबार राति अर्जुनधाराबाट दुई जना र दिउँसो मेचीनगरबाट एक जना भारतीय नागरिकलाई ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित एक होटलबाट पाँचथर फिदिमका २७ वर्षीय रोशन सुबेदी र २८ वर्षीय सुमन कार्कीलाई ६ ग्राम ७०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको उहाँले बताउनुभयो । त्यस्तै, बिहीबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ स्थित तुर्केनी खेल मैदान छेउबाट भारत दार्जीलिङका २४ वर्षीय…

Read More

झापा, ८ असोज । सिरहाको लहान नगरपालिका–५ की तवसुम अजमेरी र सिरहाकै भगवानपुर–२ गम्हरियाका मोहम्मद नइम मियाँबीच २०७५ साउन २० गते विवाह भयो। विवाहनामामा दुलहा र दुलहीको सहीछापसहित मुस्लिम समुदायका अगुवा काजी र दुई साक्षीले हस्ताक्षर गरे। दैन मोहर १ लाख ५१ हजार ७ सय ८६ रुपैयाँमा बिहे सम्पन्न भएको उक्त लिखतमा उल्लेख छ। सुन–चाँदीका गहनादेखि दाइजोको ६६ प्रकारका सामान दाइजो दिएको विवरण समेटिएको छ। जसमा लेखिएको छ– ‘श्रीमान्ले श्रीमतीसँग स्त्री हकअनुसार कुनै किसिमको अनुचित व्यवहार गरेमा तपसीलमा लेखिएको दहेजका सरसामानहरू दैन मोहरसमेत इस्लाम धर्मको अधिनमा रही मुलुकी ऐनको स्त्री अंश महलको दफा उपदफामा उल्लेख भएअनुसार असुल गराई लिनू।’ नइम…

Read More

इलाम, ८ असोज । इलाम माइजोगमाइ गाउँपालिका–५ सोयाङ गणेश गोलाइ स्थितमा रोकी राखेको पिकअप गाडी सर्दा किचिरे सोही गाडीमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५७ वर्षीय खिर बहादुर तामाङ रहेका छन् । हिजो बेलुका पौने ७ बजे इलाम बजारबाट सोयाङतर्फ जाँदै गरेको मे १ च ६३४४ नम्बरको पिकअप गाडी रोकिएको बेला सोही गाडीमा सवार तामाङ पिसाब फेर्न गएको अवस्थामा अचानक गाडी पछाडी सर्न गई किचेर घटनास्थलमानै मृत्यु भएको थियो । पिक अप र चालक इलाम सन्दकपुर गाऊपालिका २ माइपोखरी का ३० बर्षीय महेश राई जिल्ला प्रहरी कार्यालय ईलामको नियन्त्रणमा रहेको छ । घटनाबारे थप…

Read More

झापा, ८ असोज । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह र त्यसपछि हुने संघीय संसद् तथा प्रदेशसभा चुनावलाई लक्षित गर्दै दुवै दलका नेताले कार्यकर्तालाई तयारी थाल्न निर्देशन दिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार फरकफरक स्थानमा दिएका अभिव्यक्तिले यी दुवै दल निर्वाचनबारे चिन्तित हुन थालेको संकेत गरेको छ। दुई–दुईपटक प्रतिनिधिसभा विघटन गरेका एमाले अध्यक्ष ओलीका हरेक अभिव्यक्ति चुनावमय हुने गरेका छन्। उता माओवादी अध्यक्ष दाहालका अभिव्यक्ति पनि चुनाव केन्द्रित भएर आउन थालेका छन्। एमाले अध्यक्ष ओलीले देशव्यापी रूपमा संगठन…

Read More

झापा, ८ असोज । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मानव स्वास्थ्यका लागि प्रतिकूल मानिने वायुमण्डलमा रहेका अति सूक्ष्म कण मापनसम्बन्धी मापदण्ड १५ वर्षपछि पुनरवलोकन गरेपछि प्रदूषित राष्ट्रको सूचीमा अगाडि रहेको नेपाललाई राष्ट्रिय मापदण्ड घटाउन दबाब परेको छ। ब्लुएचओको बुधबार सार्वजनिक गरेको नयाँ मापदण्डमा यसअघि सुरक्षित मानिएका वायु प्रदूषणका विभिन्न मानकलाई उल्लेख्य रूपमा घटाइएको छ। डब्लुएचओले सन् २००५ मा निर्धारण गरेको मापदण्डमा वायुमण्डलमा पिएम २.५ को स्तर प्रतिघनमिटर वायुमा वार्षिक सरदर १० माइक्रोग्राम हुनुपर्ने उल्लेख थियो। संशोधित मापदण्डमा यसलाई ५ माइक्रोग्राम प्रतिघनमिटर तोकिएकोे छ। वायु प्रदूषण मापन गर्दा प्रतिघनमिटर वायुमा २.५ माइक्रोमिटर तथा त्यसभन्दा सानो व्यास भएका सूक्ष्म कणहरूलाई पिएम २.५…

Read More

झापा, ८ असोज । काठमाडौं महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ । महानगरपालिकाले बिहीबार जानकारी गराए अनुसार स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गतेदेखि सञ्चालन हुन सक्नेछन् । महानगरका शिक्षा समिति प्रमुख एवं कामपा मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्यूनतम रूपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्डसहित विद्यालय सञ्चालनको निर्णय गरेको हो । निर्णयमा भनिएको छ– ‘कोभिड महामारीको अहिलेको अवस्थामा बालबालिकाको भविष्य र स्वास्थ्य सबैको चिन्ताको विषय हो । यसमा कोही पक्ष वा विपक्ष हुनुभन्दा सबैले विवेकपूर्ण व्यवहार गर्नुपर्छ ।’ बैठकका अध्यक्ष शाक्यले भने– ‘सरकारले गरेका निर्णय विद्यालयहरूले पूर्ण…

Read More

झापा, ८ असोज । कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउने भएका छन् । मलेसियामा श्रमिकको अभाव भएपछि केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीतिअनुरुप नेपाली श्रमिक रोजगारीका लागि मलेसिया जान पाउने भएका हुन् । नेपालस्थित मलेसियाको दूतावासले विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण लगाइएको प्रतिबन्ध हटाउँदै नेपाली श्रमिकले लिने निर्णय तत्काल देखि लागू हुने प्रस्ट पारेको छ । लामो समयदेखि कोरोनाका कारण विदेशी श्रमिकको यात्रामा प्रतिबन्ध लगाएको मलेसियाले श्रमिकको अभाव भएको भन्दै केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीति लिएपछि नेपाली श्रमिक पनि रोजगारीका लागि मलेसिया जान बाटो खुलेको हो । कोरोना सङ्क्रमण फैलिन…

Read More

बिर्तामोड, ८ असोज । श्रीकृष्ण प्रणामी सत्संग सेवा परिषद् झापाको अध्यक्षमा मिलन बस्नेत सर्वसम्मत भएका छन् । बिहिबार श्री देवचन्द्र सदनमा भएको परिषदको ५३ औं साधारणसभा तथा जिल्ला अधिवेशनबाट बस्नेत परिषदको अध्यक्षमा पुनः दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका हुन् । अधिवेशनबाट अध्यक्ष बस्नेत सहित सम्पूर्ण पादाधिकारी ३ बर्षे कार्यकालकालागि सर्वसम्मत निर्वाचित भएका हुन् । समितिको १७ सदस्यिय निर्वाचित कार्यसमितिको उपाध्यक्षमा बिष्ण्ुाप्रसाद प्रसाई र मुरलिधर कोइराला महासचिव गिरिधर कट्टेल, सचिव दिपक दिनेश दाहाल, कोषाध्यक्ष, कालीप्रसाद रिजाल, सह–कोषाध्यक्ष, देवीप्रसाद खनाल, सदस्यहरुमा, हरिप्रसाद कडरिया, मोहन कोइराला, शर्मा, रामकुमार खनाल, नरेन्द्र प्रसाद मैनाली, विमलराज पाण्डे, दुर्गा प्रसाद पाण्डे, रामनाथ उप्रेती, ताराप्रसाद खतिवडा, युवराज…

Read More