
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ७ असोज । मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चहानामा फेरि ‘ब्रेक’ लागेको छ । सरकार विस्तारबारे छलफल गर्न भन्दै बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठक मन्त्रिपरिषद् विस्तारका विषयमा अनिर्णीत बनेको हो । गठबन्धन बैठकमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार विस्तार ढिलो हुँदा आलोचना बढेको भन्दै गठबन्धन आबद्ध दललाई मन्त्रीको सूची दिन भनेका थिए । तर, गठबन्धन आबद्धमध्येकै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अदालतमा दल विभाजनसम्बन्धी मुद्दा रहेकाले टुंगो लागेपछि मात्रै नाम दिने बताएका हुन् । यस्तै गठबन्धन आबद्ध अर्को घटक जनता समाजवादी पार्टीले भने राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म मन्त्रीको नाम नदिने अडान लिएको…
झापा, ७ असोज । सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको नयाँ बजेटमा पूर्वाधार क्षेत्रमा लगानी गरे त्यस्तो लगानीको आयस्रोत नखोजिने विषय विवादमा परेको छ । कतिपयले यसलाई ‘कालोधन’ शुद्धीकरणको पक्षमा गरिएको व्यवस्था भनेर चर्को आलोचनासमेत गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले गत २५ भदौमा संघीय संसद्मा चालू आर्थिक वर्षको नयाँ बजेट सार्वजनिक गर्दै ‘देशको पूर्वाधार क्षेत्रमा लगानीको आयस्रोत नखोजिने’ घोषणा गरेका थिए । सरोकारवाला पक्ष र विज्ञहरूले यसको आलोचना गरेका हुन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी नियामक निकाय, अनुसन्धानकर्ता, कानुन व्यवसायी, अर्थविद् एवं सम्बन्धित सरोकारवालाहरूले अवैध किसिमले आर्जन गरिएको कालोधन (स्रोत नखुलेको रकम) शुद्धीकरणको पक्षमा सरकार नै लागेको आरोपसमेत लगाएका छन् । उनीहरूले नेताहरूले…
झापा, ७ असोज । नेपालमा करिब ७९ लाख नागरिकलाई कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलका अनुसार कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ७८ लाख ९० हजार ३७५ रहेको छ । त्यस्तै पहिलो मात्रा लगाउनेको सङ्ख्या ६२ लाख ६२ हजार ७८० पुगेको छ । पूर्ण मात्रा खोप लगाउने र पहिलो मात्रा मात्र लगाउने गरी एक करोड ४१ लाख ५३ हजार १५५ जनामा कोरोनाविरुद्धको खोप लगाइएको जनाइएको छ । प्रवक्ता पौडेलका अनुसार कोभिसिल्डको पहिलो मात्रा लगाउनेको सङ्ख्या २६ लाख ३६ हजार ८२३ पुगेको छ । यस्तै कोभिसिल्डको दुवै मात्रा लगाउनेको सङ्ख्या १४ लाख…
मोरङ, ७ असोज । मोरङ बुढिगंगा गाउँपालिका–६ सैतानपुरका २६ वर्षीय कामलिस माझी करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका ४ बजे सोही स्थानमा रहेको त्रिजुगा खोलामा आफ्नै घरको बिद्युतको लाईन लगी करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागी गम्भिर घाईते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका ५ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरी चौकी कोयलपुरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ । लागूऔषध सहित एक जना पक्राउमोरङ विराटनगर महानगरपालिका–१६ दरैया स्थितमाबाट एक जनलाई लागूऔषध सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी १३ का २३ बर्षीय सुशिल श्रेष्ठ रहेका छन् ।…
झापा, ७ भदौ । झापाको दमक–१ स्थितबाट कौडा खेलिरहेको अवस्थामा १७ जुवाडे पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा भद्रपुर–७ का ५१ वर्षीय युवराज न्यौपाने, भद्रपुर–९ का ४९ वर्षीय दिलबहादुर राई, भद्रपुर–१० का ५० वर्षीय ठाकुरप्रसाद निरौला, बिर्तामोड–१ का ४२ वर्षीय तिर्थ अधिकारी, कन्काई–३ का ३२ वर्षीय मोहन बराल र वर्ष ३२ कै सुनिल साह रहेका छन् । यसैगरी, गौरादह–५ का ४५ वर्षीय हरि कोइराला, कमल गाँउपालिका–४ का ४७ वर्षीय सुविन्द्र सुब्बा, दमक–७ का ४९ वर्षीय कर्ण राई, सोही स्थानका ४० वर्षीय राजन दाहाल र ३४ वर्षीय विनोद थेबे रहेका छन । यस्तै, बेलबारी–११ का २१ वर्षीय निशान पोखरेल, पथरी…
झापा, ७ असोज । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले प्रदेश १ का सबै पालिकास्तरमा संगठन निर्माण तथा पुनःर्गठन गर्ने निर्णय गरेको छ । सो संगठनको बुधबार विराटनगरमा बसेको प्रदेश समितिको सचिवालय बैठकले यस्तो निर्णय गरेको संगठनका प्रदेश संयोजक रुद्र सुवेदीले जानकारी दिए । कर्मचारी संगठनले ताप्लेजुङ, पाँचथर र इलामका कर्मचारी लक्षित गरी फिदिममा, सुनसरी, मोरङ, झापा र उदयपुरको चतरामा, संखुवासभा, तेह्रथुम, धनकुटा र भोजपुरको पाख्रिबासमा तथा सोलुखुम्बु, ओखलढुंगा र खोटाङको घुर्मिमा अगुवा संगठक प्रशिक्षण कार्यक्रम गर्ने निर्णय पनि गरेको छ । त्यस्तै कर्मचारीको संगठनको तर्फबाट लालीकिरण स्मारिका प्रकाशन गर्ने निर्णय पनि गरेको सुवेदीले बताए । चार ठाउँको अगुवा संगठक भेलाबाट…
झापा, ७ असोज । झापा झापा गाँउपालिका–१ माईती घर भई भारत किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने ५५ बर्षीया डोली भन्ने धोन्नी टुडुको हत्या अभियोगमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायतका २३ बर्षीय ऐतवार सोरेन, झापा गाँउपालिका–१ का ३७ बर्षीय लखन टुडु सतार , ५६ बर्षीय सिरी साईला भन्ने सोमाई हेमरम सतार र २७ बर्षीय श्री हेमरम सतार रहेका छन । भदौ २५ गते तत्काल नामथर वतन नखुलेको अवस्थामा झापा झापा गाँउपालिका–१ स्थित सानो माईखोलामा महिलाको अर्ध शरीर भएको टाँउको, घाटी,पेट (कम्मर भन्दा माथीको भाग) तथा घुडा भन्दा मुनीको भाग नभएको अवस्थामा लास…
झापा, ४ असोज । झापा मेचीनगर नगरपालिका–४ स्थित राईसिंगबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा सोही स्थानका १८ वर्षीय दिलबहादुर मगर रहेका छन् । आइतबार साँझ प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले उनलाई ९ ग्राम ब्राउनसुुगरसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।
बिर्तामोड, ४ असोज । झापा अर्जुनधारा नगरपालिका–२ घर्लेनी टोलस्थित भित्रि सडक खण्डमा क्रेनले किचिरे एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी बोधेबर्साइन–५ का ३५ बर्षीय जोगेन्द्रप्रसाद साह रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार साँझ सुखानीबाट टाङ्टिङ खोलातर्फ जाँदै गरेको ना १ क ५४०० नम्बरको क्रेनको पछाडि साइडमा चढेर बसेको उनलाई क्रेनको पछाडिको बाँयातर्फकये चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको हो । साह मदन भण्डारी लोकमार्गको पुल निर्माण गर्ने रसवागढी कन्ट्रक्सनको कामदार हुन् । क्रेन र क्रेन चालक रौतहट रंगपुर–२ का २४ वर्षीय मुकेश चौधरी इलाका प्रहरी कार्यालय…
संखुवासभा, ४ असोज । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा भएको ६ जनाको सामूहिक हत्याकाण्ड रिसिइबी र लुटपाटको उद्देश्यबाट भएको खुलासा भएको छ । सोमबार संखुवासभामा प्रहरीले पत्रकार सम्मेलन गर्दै घटनामा ५ जनाको संलग्नता रहेको भन्दै उनीहरुलाई सार्वजनिक गरेको छ । प्रहरीका अनुसार तेजबहादुर र उनकी श्रीमती कमला कार्कीको हत्या गर्ने र हत्या अन्यले देखेमा उनीहरुको पनि हत्या गरी धनमाल लुट्ने योजना बनाएको प्रहरीले जनाएको छ । हत्याको मुख्य योजनाकार लोकबहादुर कार्कीको काका खड्गबहादुर कार्की रहेको पनि प्रहरीले बताएको छ । हत्याकाण्डको योजना घटनाको अघिल्लो दिन लोकबहादुर कार्कीको घरमा बसेर बनाइएको र घटनाको दिन योजनाबद्धरुपमा तेजबहादुरलाई लोकबहादुरको घरमा पठाएको दाबी गरिएको छ…