झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १५ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४ जनाको पीसीआर परीक्षण गर्दा २२८ र ६३६ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७३, झापामा ६२, सोलुखुम्वुमा ५०, सुनसरीमा ३९, धनकुटामा २, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ५०, बेलबारीमा १३, बुढीगंगा र सुन्दरहरैचामा ३–३, रतुवामाई, लेटाङ, उर्लाबारी र पथरीशनिश्चरेमा १–१, झापाको विर्तामोडमा १४, मेचीनगरमा ११, दमकमा १०, भद्रपुर र अर्जुनधारामा ६–६, कनकाईमा ५, शिवसताक्षी र कमल गाउँपालिकामा…

Read More

झापा, १५ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पहिलो विधान महाधिवेशन आज सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा अध्यक्ष केपी शर्मा ओलीले आज मध्यान्ह १२ बजे विधान महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार उद्घाटन सत्रपछि बन्द सत्रमा केन्द्रीय कमिटीका तर्फबाट अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। यस्तै महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन्। विधान महाधिवेशनमा ७७ जिल्ला, जनसंगठन, प्रवाससहितका प्रतिनिधि सहभागी हुने उनले बताए । केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य, केन्द्रीय निकायका पदाधिकारी र सदस्य, प्रदेश कमिटीका सबै सदस्य, जिल्ला कमिटीबाट चुनिएका…

Read More

झापा, १५ असोज । सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी कम गर्दै दुई पक्षबीच अल्झिएको राजनीतिक गाँठो फुकाउन प्रधानमन्त्री शेरबहादुर देउवा तयार देखिएका छन् । बिहीबार सर्वदलीय बैठक डाकेर सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी घटाउने र संसद्देखि अन्य राष्ट्रिय राजनीतिक मुद्दामा अल्झिएको गाँठो फुकाउने प्रयास गरेका देउवाले त्यो प्रयासलाई अझै जारी राख्ने निष्कर्षमा पुगेका हुन् । सत्ता गठबन्धन आबद्ध राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षसँग संवाद गर्न तयार रहेको र आवश्यक परे एमाले अध्यक्ष केपी ओलीसँग एक्लै संवाद गरेर संसद्को अवरोध अन्त्य गर्न चाहेको बताइन् । ‘प्रधानमन्त्रीज्यू एमाले अध्यक्षसँग आवश्यक परे एक्लै संवाद गर्न पनि तयार हुनुभएको छ,…

Read More

झापा, १५ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको छ। संघीय संसद्को बैठक सञ्चालनमा एमालेले खडा गरेको अवरोध हटाउन छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन्। बैठक सहजरूपमा सञ्चालन गर्न संसदीय व्यवस्था मन्त्रीमार्फत गरेको पहल सार्थक नभएपछि प्रधानमन्त्री देउवाले निकास खोज्न सर्वदलीय बैठक बोलाए पनि सत्ताबाट बाहिरिनुपरेको कुण्ठा र आक्रोशका कारण एमाले अनुपस्थित भयो। आफ्नै पार्टीका कारण साढे दुई महिनाअघि सत्ताच्युत भएका एमाले अध्यक्ष केपी शर्मा ओली संघीय संसद्लाई भूमिकाविहीन बनाउन सक्रिय छन्। प्रधानमन्त्री हुँदा पनि उनले दुईपटक प्रतिनिधिसभा विघटन गरेका थिए। उनको कदमलाई दुईपटक नै सर्वोच्च अदालत अवैध ठहर गर्दै…

Read More

झापा, १५ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व हस्तान्तरण गर्ने बताएका छन्। राम्रो विचारधारा, कार्यदिशा बोकेको, राम्रो काम गरेर आउने साथीलाई बाटो छोडिदिने उनको भनाइ छ। अनेरास्ववियू (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले योग्य व्यक्ति आए आफूले जिम्मेवारीबाट बिदा लिन चाहेको बताए। ‘माओवादीभित्रै प्रचण्डको काम छैन, आफैँ अघि बढ्नुपर्यो भन्ने सुनिन्छ। मलाई के लाग्छ भने भित्रै बसेर मजाले किताब लेख्न पाए हुन्थ्यो, जिम्मेवारी लिने त्यस्तो पात्र पाए त’, उनले भने । प्रचण्डले थपे ‘राम्रो विचार, कार्यदिशा लिएर आउनुहोस्, म उत्तराधिकारी घोषणा गरेर बिदा लिन्छु तर, माओले लिम्पियालाई उत्तराधिकारी बनाएजस्तो हतार गर्दिनँ। त्यही लिम्पिया…

Read More

झापा, १५ असोज । कोरोना भाइरसको नयाँ प्रकार पत्ता लगाउन जिन सिक्वेन्सिङ परीक्षण नेपालमै सुरु भएको छ । यसअघि कोरोना भाइरसको म्युटेसन पत्ता लगाउन नमुना विदेश पठाउने गरिन्थ्यो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा जिन सिक्वेन्सिङ परीक्षण सुरु भइसकेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा। रुना झाले नेपालमै जिन सिक्वेन्सिङ सुरु भएको जानकारी दिए । उनले यसअघि जिन सिक्वेन्सिङ पत्ता लगाउन नेपाल सरकार, विश्व स्वास्थ्य सङ्गठनको पहलमा विदेशमा पठाउनु परेको जानकारी दिए । डा झाले अब नेपालमै कोरोना भाइरसका विभिन्न म्युटेसन पत्ता लगाउन सकिने जानकारी दिँदै प्रयोगशालाले जिन सिक्वेन्सिङ सुरु गरिसकेको बताए । उनले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय बायोटेक्नोलोजी विभागमा १६…

Read More

झापा, १५ असोज । शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगलाई पठाएको रिक्त दरबन्दीअनुसार विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर धेरै शिक्षक अभाव भएको उल्लेख गरिएको छ । केन्द्रले २०७८ चैत मसान्तसम्म रिक्त हुने शिक्षकको पदपूर्तिको विवरणसहित आयोगमा पठाएको छ । आयोगका सदस्य–सचिव दिनेश श्रेष्ठका अनुसार आयोगले १७ हजार ४७ जनाको खुला पदपूर्तिका लागि विज्ञापन गर्ने तयारी गरेको छ । तथ्यांकअनुसार निम्न माध्यमिक विद्यालयमा अंग्रेजी विषयमा ६ सय २२, नेपालीमा ४ सय ३६ र विज्ञानमा ४ सय ४० दरबन्दी रिक्त रहेको छ…

Read More

बिर्तामोड, १५ असोज । बिर्तामोड नगरपालिकाका महिला जनप्रतिनिधिका लागि ४ दिने नेतृत्व विकास सम्बन्धि तालिम बिर्तामोडमा सुरु भएको छ । देशमा महिला जनप्रतिनिधिहरुका लागि नेतृत्वको र क्षमता विकासको क्षेत्रमा काम गर्दै आइरहेको संस दलित महिला केन्द्र नेपालको आयोजनामा प्रारम्भिक प्रशिक्षण मोडल दुई अन्तर्गत बिहिवारदेखि बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिका लागि ४ दिने प्रशिक्षण सुरु भएको आयोजक महिला केन्द्रकी झापा जिल्ला संयोजक संम्झना पाखरेलले बताउँनुभयो । बिहीबारबाट बिर्तामोडमा भएको प्रशिक्षण कार्यक्रमको बिर्तामोड नगरपालिका वार्डनम्बर ५ का वडाअध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले उदघाटन गर्नुभयो । तालिमको उद्घाटन गर्दै लिङदेनले महिला भएर भन्दा पनि नेतृत्वदायी व्याक्तित्व भएर सबैको नेतृत्व गर्न महिला जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । तालिमबाट सिकेका…

Read More

बिर्तामोड, १५ असोज । पूर्वका चर्चित झापाली हास्यव्यङ्ग्य गायक श्रीकृष्ण लुइटेल (बोके दाह्री) को नयाँ गीत सार्वजनीक भएको छ । ‘टिकापुर कैलाली’ बोलको गीत उनले बुधबार सार्वजनिक गरेका हुन् । उनले पछिल्लो समय ‘केराको थम्बा’, ‘साली कमला–२’ र ‘गीत बज्यो ट्याक्सीमा’ बोलका गीत पनि सार्वजनीक गरिसकेका छन् । श्रीकृष्ण लुईटेल (बोके दाह्री) को स्वर र संगीतमा रहेको उक्त गीतको जोनी योञ्जनले एरेन्ज रहेको छ । सुमन तामाङको छाँयाङ्कन रहेको उक्त गीतको भिडियोमा गायक बोकेदाह्रीका साथै दिनेश कोइराला, रूविना गहतराज, कल्पना पाण्डे, संगिता यादव, ज्याक, पर्वत लगायतको अभिनय रहेको छ । भिडियोमा हेमन्त तामाङको सम्पादन रहेको छ । उनका ‘ए बा…

Read More

झापा, १४ असोज । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई असहिष्ण नबन्न आग्रह गरेका छन् । संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने प्रयासस्वरुप प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक ओलीले बहिस्कार गरेपछि उनले ओलीलाई त्यस्तो आग्रह गरेका हुन् । शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, सर्वदलीय बैठकमा फरक मत राख्न सकिन्छ िसाझा मत निर्माणको प्रयत्न गर्न सकिन्छ िसुसंस्कृत राजनीतिले सँगै बसेर समाधान खोज भन्छ, बहिष्कार गरेर एकल मञ्चबाट असहिष्णु बात गर भन्दैन ! श्रद्धेय केपी शर्मा ओलीज्यू, द्वन्द्वको हल हठ होइन संवादले खोजौँ िगतिरोधले गिराउँदो छविप्रति गम्भीर बनौँिनेकपा एमालेले निरन्तर संघीय संसद् बैठक अवरुद्ध…

Read More