
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सुरुङ्गा, १४ असोज । असोज १२ गतेदेखि शुरु भएको दिलमाया स्मृति कप फुटवल प्रतियोगिताको छनौट खेल जारी रहेको छ । छनौट खेल अन्तर्गत कनकाई तर्फको छनौट खेलमा बिहीवार वार्ड नम्बर ४ र ५ बिजयी बनेका छन् । वडा नम्बर ४ ले १ लाई १–० गोल अन्तरले पराजित गर्दै बिजयी बनेको हो । ४ नम्बरको तर्फबाट पहिलो हाफको इन्जुरी समयमा पाएको फ्रि किकलाई सदुपयोग गर्दै संदिप रसाइलीले एकमात्र गोल गरे । यसपछि १ नम्बरका खेलाडीका धेरै प्रहारमा ४ का गोलकिपर मनिस मगर बाधक बन्दा कनकाई ४ बिजयी बनेको हो । यसैगरि अर्को खेलमा वार्ड नम्बर ५ ट्राईब्रेकरमा बिजयी बनेको छ ।…
भद्रपुर, १४ असोज । झापाको भद्रपुर नगरपालिकामा हात्तीको आक्रमणमा परी आज एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–८ की लतुमाई मर्डी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । भद्रपुर–१० स्थित देउनियामा बिहान करिब ११ः५० बजे निगुरो टिपिरहेको अवस्थामा लतुमाईलाई हात्तीले सुँडले च्यापेर चन्द्रगढी सामुदायिक वनतर्फ लगेको भनेर उनका श्रीमान् सुकलाल मर्डीले अस्थायी प्रहरी चौकी गरामनीलाई जानकारी गराएका थिए । घटनाको जानकारी पाएलगत्तै अप्रचौ गरामनी, जिल्ला प्रहरी कार्यालय झापा, नेपाली सेना, सशस्त्र प्रहरी, वनका कर्मचारी र स्थानीयबासीको संयुक्त टोलीले लतुमाईको खोजीकार्य शुरु गरेको थियो । खोजीका क्रमामा दिउँसो ४ बजे…
झापा, १४ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १८७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १३७ र ३३० जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र झापामा ५१–५१, सुनसरीमा २७, इलाम र धनकुटामा ३–३, ताप्लेजुङ र तेहृथुममा १–१ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा २९, सुन्दरहरैचामा ५, उर्लाबारीमा ४, केराबारी र कटहरीमा ३–३, बेलबारीमा २, रंगेली, रतुवामाई, कानेपोखरी, बुढीगंगा र ग्रामथानमा १–१, झापाको दमक र कनकाईमा ८–८, बुद्धशान्तिमा ७, विर्तामोडमा ६, भद्रपुर र मेचीनगरमा ५–५, अर्जुनधारामा…
झापा, १४ साउन । शुक्रवारदेखि भद्रपुर गलगलिया सीमा नाका सञ्चालनमा आउने भएको छ । कोरोना महामारीले विगत १९ महिनादेखि बन्द रहेको भद्रपुर नाका शुक्रवारदेखि पुनः सञ्चालन गर्न लागेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण बन्द गरिएका सबै सीमा नाका खुला गर्ने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र नगर्दा नाका सञ्चालनमा ढिलाइ भएको थियो । गृह मन्त्रालयबाट नाका खुलाउने सम्बन्धमा परिपत्र आइसकेको हुँदा काँकडभिट्टा र भद्रपुर नाका खुलाउन लागेको झापाका प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिए । आजै जिल्ला प्रशासन कार्यालय…
झापा, १४ असोज । झापाको मेचीनगर–१३ स्थित चारआली चोकमा रहेको ग्लोबल आईएमई बैंकमा चोरी गर्ने दुई युवालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–१३ का २३ वर्षीय सञ्जय विश्वकर्मा र सोही स्थानका २४ वर्षीय प्रवेश सुन्दास रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । उनीहरुले असोज ९ गते राति बैंकबाट कम्युटरको मनिटर एक थान, ल्यापटप एक थान, टिभी एक थान र सीसी क्यामेरा एक थान चोरी गरेको उहाँले बताउनुभयो । प्रहरीले चारआली क्षेत्रमा जडान गरिएको सीसी क्यामेराको फुटेजको आधारमा चोरीमा संलग्न व्यक्तिको हुलिया पहिचान गरी उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका…
झापा, १४ असोज । देशशभर हालसम्म लक्षित जनसङ्ख्याको २८ प्रतिशतभन्दा धेरैले पूर्ण खोप लगाइसकेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार एक तथ्याङ्क सार्वजनिक गर्दै हालसम्म एक करोड २९ लाख मात्रा खोप लगाइसकिएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलकाअनुसार यसमध्ये २८ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । उनका अनुसार नेपालमा हालसम्म एक करोड ७८ लाख ५८ हजार ७१० मात्रा कोभिड–१९ विरुद्धको खोप आएको छ । आएका खोपमध्ये सबैभन्दा धेरै चीनको भेरोसेल खोप रहेको उनले बताए । पौडेलका अनुसार भेरोसेल खोप मात्रै नेपालमा एक करोड १९ लाख मात्रा खोप आएको छ । त्यसपछि धेरै आउनेमा भारतमा…
झापा, १४ असोज । सरकारले कोरोना महामारीको प्रभावबाट रोजगारी र आयआर्जन गुमाएका गरिब तथा विपन्नलाई दिने भनिएको प्रतिपरिवार १० हजार रुपैयाँ राहत उपलब्ध गराउन कार्यविधि बनाउन थालेको छ । प्रतिस्थापन विधेयकमार्फत गत २५ भदौंमा ल्याइएको नयाँ संशोधित बजेटमा उल्लेख भएको यस्तो राहत उपलब्ध गराउन अर्थ मन्त्रालयले जतिसक्दो छिटो वितरण गर्न अहिले कार्यविधि बनाइरहेको हो । अर्थमन्त्री जनार्दन शर्माले गत २५ भदौमा ल्याएको प्रतिस्थापन बजेटमा कोभिड महामारीबाट प्रभावित अनौपचारिक एवं असंगठित क्षेत्रका ५ लाख गरिब र विपन्नलाई राहत स्वरूप एकपटकका लागि प्रतिघरपरिवार १० हजार रुपैयाँ नगद अनुदान दिने उल्लेख छ । अर्थमन्त्रीको सोही घोषणा कार्यान्वयन गर्न हाल अर्थ मन्त्रालयले यो कार्यविधि…
इलाम, १४ असोज । स्वदेशी पर्यटकको प्रमुख गन्तव्य बनेको इलामको कन्यामबाट पूर्वकै प्रशिद्ध तीर्थ स्थल ताप्लेजुङको पाथीभरा मन्दिरमा अब हेलिकप्टरले सोझैं दर्शनका लागि लैजाने भएको छ । विजया दशमीको अवसर पारेर इलामको पर्यटकीय स्थल कन्याम र कुटीडाँडाबाट असोज २१ देखि २९ गतेसम्म पाथीभरा दर्शनका लागि लैजाने भएको हो । सीता एयरका स्टेसन मेनेजर तथा माउन्टेन हेलिकप्टरका कोअडिनेटर राम अधिकारीका अनुसार, दशैँमा पर्यटकलाई पाथीभरा लैजान टिकट बुकिङ खुला गरिसकेको छ । अधिकारीले कन्याम र कोल्बुङ क्षेत्रबाट दिनमा दुई पटक उडान भरिने जानकारी दिए । मौसमको अनुकुलता हेरेर कन्यामबाट र त्यहाँबाट नसके कुटीडाँडाबाट दिनमा दुई पटक उडान भरिने भएको छ । कन्याममा…
विराटनगर, १४ असोज । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल (क्रान्तिकारी) ले मोरङ जिल्ला कमिटीको पदाधिकारी टुंगो लगाएको छ । अखिल क्रान्तिकारीले नगेन्द्रबहादुर घिमिरेको अध्यक्षतामा ६३ सदस्यीय जिल्ला कमिटी गठन गरेकोहो । केही दिन अघि सम्पन्न पन्ध्रौं जिल्ला सम्मेलनले ६३ सदस्यीय जिल्ला कमिटी गठन गरेको भएपनि सहमति बन्न नसक्दा पदाधिकारी निर्वाचित हुन सकेको थिएन । असोज १० गते बसेको जिल्ला कमिटीको पूर्ण बैठकले आन्तरिक विवाद समाधान गरी जिल्ला कमिटीको पदाधिकारीको टुंगो लगाएको हो । अखिल क्रान्तिकारीले चार जना उपाध्यक्ष, सचिव, र चार सह–सचिव र कोषाध्यक्ष सहित ११ सदस्यीय पदाधिकारी निर्वाचित गरेको छ । क्रान्तिकारीले सरोज किराँती, रेणुकान्त यादव, जयप्रकाश यादव…
कानेपोखरी, १४ असोज । नेकपा माओवादी केन्द्र कानेपोखरीको संयोजकमा मनोज राजवंशी चयन भएका छन् । गाउँपालिकाको मंगलबार बसेको विस्तारित बैठकबाट राजवंशीलाई संयोजकमा चयन गर्दै ७५ सदस्यीय समिति घोषणा गरेको हो । उक्त समितिले सम्मेलन गर्ने जिम्मा पाएको छ । आगामी कात्तिक १३ गते वडा सम्मेलनहरू गर्ने र मंसिर ४ गते पालिकास्तरीय सम्मेलन गर्ने माओवादीले निर्णय गरेको छ । यस्तै आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने माओवादीको तयारी छ । सोही विस्तारित बैठकको अवसरमा संघीय लिम्बुवान मञ्च वडा नम्बर ६ का उपाध्यक्ष सुमन लिम्बूको नेतृत्वमा सो पार्टीका ७० जना युवा एकीकृत माओवादीमा समाहित भएका छन् । यस्तै एमालेका…