
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ९ असोज । नारायणहिटी दरबार संग्रहालयमा अवलोकनका लागि बुलेट प्रुफ सिसाले घेरेर राखिएको श्रीपेच चोर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार दरबार संग्रहालय अवलोकन गर्ने क्रममा रूकुम मुसीकोट नगरपालिका–११ स्थायी घर भई हाल काठमाडौंको म्हेपी बस्दै आएका २५ वर्षीय खिमबहादुर घर्तीले सिसाको सोकेस मुड्की र खुकुरीले हानेर फुटाउन खोजेका थिए। नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार घर्तीले रूपन्देही कक्षमा रहेको तीन फिट लम्बाइ र दुई फिट चौडाइको सिसाबाट निर्मित सोकेस मुड्की र खुकुरीले हानेर श्रीपेच चोर्ने असफल प्रयास गरेको थिए। घर्तीले श्रीपेच राखिएको सोकेसको सिसा फुटाउन सोही कक्षमा रहेको अर्को सिसाको सोकेस फुटाएर खुकुरी…
झापा, ९ असोज । नेकपा एमालेले जनता बहुदलीय जनवाद (जबज) लाई नेपाली मार्क्सवादको संज्ञा दिएको छ । उपमहासचिव विष्णुप्रसाद पौडेलद्वारा केन्द्रीय कमिटीमा प्रस्तुत गरिएको विधान संशोधन प्रस्तावनामा नै जबजको विशिष्ट परिस्थितिमा मार्क्सवादको सिर्जनात्मक प्रयोगका क्रम विकसित सिद्धान्त भएको उल्लेख गरिएको छ । यसले जबजलाई मार्गदर्शक सिद्धान्त मान्ने पुरानै नीतिलाई निरन्तरता दिएको प्रष्ट गर्छ। समकालीन नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय र अन्य समस्याको पहिचान गर्न र तिनको समाधान गर्न जननेता मदन भण्डारीको अगुवाइमा नेपाली मार्क्सवादको रूपमा ‘जनताको बहुदलीय जनवाद’ विकसित भएको हो, विधानको प्रस्तावनामा भनिएको छ। जबज नवीनतम वैज्ञानिक सिद्धान्तले नेपालीको सम्पूर्ण काममा समाजवाद स्थापना र कार्यान्वयनको चरणसम्म पनि मार्गदर्शन…
झापा, ९ असोज । एक लाख मात्रा फाइजर खोप दसैँअगावै नेपाल ल्याइने भएको छ । आउने मिति यकिन नभए पनि दसैँअगावै खोप आइपुग्ने जानकारी सरकारी अधिकारीले दिएका छन् । अमेरिकन कम्पनी फाइजरले उत्पादन गरेको एक लाख मात्रा खोप कोभ्याक्स सुविधामार्फत आउन लागेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लाल कर्णले खोप छिट्टै आउने जानकारी दिए । उनका अनुसार खोप अस्पतालमा रहेका दीर्घरोगी, क्यान्सर, मिर्गौला फेल भई डायलासिस गराइरहेका, प्रत्यारोपण गरिएका व्यक्तिलाई मात्र दिइनेछ । फाइजर खोप अरू खोपभन्दा लगाउने तरिका फरक छ, डा। लालले भने, “सुरुमा चिकित्सकको प्रत्यक्ष निगरानीमा खोप लगाइने छ ।”…
झापा, ९ असोज । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार पाँच दर्जन जिल्लामा पालिका तहको अधिवेशन हुने भएको छ। पूर्वनिर्धारित कार्यतालिकाअनुसार वडा अधिवेशन भएका अधिकांश जिल्लामा पालिका तहको अधिवेशन हुन लागेको हो। एक दर्जन जिल्लामा क्रियाशील सदस्यताको टुंगो लाग्न नसक्दा कांग्रेसको १४औं महाधिवेशन भने पुनः अन्योलमा पर्न गएको छ। सिंहदरबारमा शुक्रबार बसेको पदाधिकारी बैठकमा सदस्यता टुंगो लाग्न बाँकी रहेका जिल्लाको विवाद तत्काल टुंगो लगाउने र दसैंअघि सबै जिल्लाको वडा र पालिका तहको अधिवेशन गर्ने समझदारी बनेको छ। संस्थापन पक्षले हिमाली २१ जिल्लाका सबै तहको अधिवेशन दसैंअघि नै सम्पन्न गर्ने र अन्य जिल्लामा तिहारपछि मात्र अधिवेशन गर्ने प्रस्ताव राखेको छ। तल्लो तहका…
झापा, ८ असोज । मेचीनगर नगरपालिकाभित्रका सामुदायिक तथा सस्थागत १०६ विद्यालयले भौतिक रुपमै पठाइ सुरुआत गरेका छन् । कोभिड–१९ का कारण लामो समयदेखि विद्यालय सञ्चालन हुन नसकिरहेको अवस्थामा पालिकाभित्रका प्रारम्भिक बालकक्षा बाहेकका कक्षा सञ्चालन गर्ने अनुमति पाएसँग विद्यालय सञ्चालनमा आएका हुन् । कक्षा कोठाका क्षमताका आधारमा भौतिक दूरी कायम गर्ने, शिक्षक, विद्यार्थी सबैले अनिवार्य मास्क लगाउने, धेरै विद्यार्थी भएको विद्यालयले आलोपालो गरी पढाइ गर्नेलगायतका मापदण्डपालना गरेर मात्र विद्यालय सञ्चालन गर्ने अनुमित दिएको पालिकाका नगर शिक्षा प्रमुख होमनाथ भण्डारीले जानकारीदिनुभयो । उहाँका अनुसार मेचीनगर क्षेत्रभित्र ४२ वटा सामुदायिक विद्यालय, चार वटा धार्मिक स्कुल र ६० वटा बोर्डिङ स्कुल सञ्चालनमा छन् ।…
झापा, ८ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११ः५६ बजे रहेको छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्ने उहाँले जानकारी दिनुभयो । असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ । असोज २६ गते मङ्गलबार फूलपाती परेको छ । फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत…
झापा, ८ असोज । मेचीनगरस्थित चिया बगानमा कार्यरत ७८७ मजदुरलाई स्वाथ्यकर्मीले कारखानामै पुगेर कोभिडविरुद्धको खोप लगाइदिएका छन्। मेचीनगर नगरपालिका–८ मा रहेको टोकला बगानका ३६८ र वडा नम्बर ६ र ७ को सतिघट्टा चिया बगानका ४१९ मजदुरलाई एस्ट्राजेनिकको खोपको पहिलो मात्रा लगाइएको नगर प्रमुख विमल आचार्यले जानकारी दिए। बगान मजदुर तोकिएका खोप केन्द्रमा नआएकाले बिहीबार बगानमै स्वाथ्यकर्मी पठाइएको उनले बताए। दैनिक ज्याला गर्ने मजदुरमा कोभिड–१९ को संक्रमण बढी हुन सक्ने भएकाले मेचीनगर–१५ को वैभव र कालिका चिया बगान तथा, नगरक्षेत्रका डेरी उद्योग र सहकारीका कर्मचारीका लागि एक हजार ५०० खोपको मात्रा छुट्याइएको नगर प्रमुख आचार्यको भनाइ छ। नगरपालिकाको स्वास्थ्य शाखा संयोजक…
विराटनगर, ८ असोज । सामुदायिक विद्यालयको सुधार र विकासका लागि मोरङका राजनीतिक दलहरूले १० बुँदे प्रतिबद्धतामा सहमति जनाएका छन् । विराटनगरमा शुक्रबार (आज) प्रेस संगठन मोरङले आयोजना गरेको ‘सामुदायिक विद्यालयको सुधार तथा विकासका लागि राजनीतिक दलको भूमिका’ विषयक अन्तरक्रियामा दलहरुले विद्यालय सुधारका तयार पारिएको १० बुँदे प्रतिबद्धताप्रति सहमति जनाएका हुन् । प्रतिबद्धतामा राजनीतिक दलले शिक्षकलाई आफ्नो दलको कार्यकर्ता नबनाउने, शिक्षकका संगठनलाई आफ्नो दलको भातृ संगठन नबनाउने, शिक्षकलाई दलको झण्डा र झोला बोकाएर नहिंडाउने, राजनीतिक दलको सदस्यता लिएर आफ्नो कर्तव्य पुरा नगर्ने शिक्षकलाई संरक्षण नगर्ने उल्लेख छ । यस्तै दलहरुले सामुदायिक विद्यालयलाई राजनीतिक परेड खेल्ने अखडा नबनाउने र अनावश्यक रुपमा विद्यालयमा…
विराटनगर, ८ असोज । नेपाल राष्ट्रिय कर्मचारी संगठन बैंक तथा वित्तीय क्षेत्रको मोरङ जिल्ला समिति पुनर्गठन भएको छ । सो संगठनको आज बसेको भेलाले ११ सदस्यीय जिल्ला समिति निर्माण गरेको हो । उक्त समितिको जिल्ला संयोजकमा शिव श्रेष्ठ, सह–संयोजकमा डम्बर थापा, सदस्यमा मोनबहादुर मगर, अशोक राजवंशी, कमला पौडेल, मानव लुईटेल, रञ्जना गिरी, प्रेमकुमार साहलगायत रहेका छन् । सुशील देब सल्लाहकारमा चयन भएका छन् । पेशागत हकहित रक्षामा संगठन क्रियाशील रहने नवगठित कार्य समितिले जनाएको छ । छिट्टै जिल्ला सम्मेलन गरिने समितिका संयोजक शिव श्रेष्ठले बताए । भेलामा नेकपा माओवादी केन्द्र मोरङका संयोजक गणेश उप्रेती (सुशील), विराटनगर महानगर अध्यक्ष भोगेन्द्र यादवको…
झापा, ८ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२४ जनामा कोरोना संक्रमण देखिएको छ । ९५८ जनाको पीसीआर परीक्षण गर्दा २११ र ६०४ जनाको एन्टिजेन परीक्षण गर्दा ११३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७३, सुनसरीमा ६६, मोरङमा ५८, इलाममा ८, धनकुटामा २, ओखलढुङ्गा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो । झापाको कनकाईमा १४, विर्तामोडमा १२, भद्रपुरमा ११, दमकमा ९, मेचीनगरमा ८, शिवसताक्षी र बुद्धशान्तिमा ५–५, अर्जुनधारामा ३, कमल गाउँपालिका र झापा गाउँपालिकामा २–२, गौरादह र हल्दिबारीमा १–१, सुनसरीको इटहरीमा ४०, धरानमा…