झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २८ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले भारतसँग खुला सिमा भएकाले यहाँ पनि फैलिन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको बताए । भारतको केरला राज्यमा केही दिनदेखि निपाह भाइरसको सङ्क्रमण देखिएको छ ।उनका अनुसार नेपालमा अहिलेसम्म उक्त भाइरसका सङ्क्रमित फेला परेका छैनन् । निपाह भाइरस एक प्रकारको पशुबाट मानिसमा सर्ने गम्भीर प्रकृतिको रोग लाग्ने भाइरस हो । यस भाइरस प्राकृतिक रुपमा ‘फुट ब्याट’ भन्ने प्रजातिको चमेरोमा पाइन्छ । निपाह…

Read More

झापा, २८ भदौ । राष्ट्रियसभाले ‘लोकसेवा आयोग, विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले का सांसदहरुको अवरोधबीच उक्त विधेयक पारित गरिएको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘लोकसेवा आयोग विधेयक, २०७५ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सार्वजनिक सेवालाई सक्षम, गुणस्तरीय र पारदर्शी बनाउने उद्देश्यले नयाँ ऐन ल्याइएको हो । ऐन प्रमाणीकरण भएको ३१ दिनपछि लागू हुनेछ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा पनि एमालेका सांसदको अवरोध कायमै रहेको थियो । बैठक प्रारम्भ हुनेबित्तिकै एमाले सांसदहरुले उभिएर विरोध जनाएपछि सभा अध्यक्ष गणेशप्रसाद…

Read More

झापा, २८ भदौ । नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले राईलाई दलको नेता चयन गरेको हो । एमाले विभाजन भएसँगै निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) रोजेका १० प्रदेश सभा सदस्यलाई मान्यता दिएसँगै सो पार्टीको दलको बैठक बसी संसदीय दलको नेतामा राईलाई चयन गरिएको हो ।

Read More

काँकरभिट्टा, २८ साउन । व्यवसायी श्याम प्रसाईंले इलाका प्रहरी कार्यालय काँकरभिट्टालाई ३२ इञ्चको एलइडी टेलिभिजन प्रदान गरेका छन् । विभिन्न मुद्दामा पक्राउ गरेर अनुसन्धान गर्न हिरासतमा राखिएका थुनुवाहरुको लागि प्रसाईंले टेलिभिजन प्रदान गरेका हुन् । प्रसाईंले हिरासतमा रहेका थुनुवाले टेलिभिजन हेरेर नयाँ ज्ञान आर्जन गर्नुका साथै आपराधिक क्रियाकलापमा संलग्न हुनबाट सचेत बनून् भनेर टेलिभिजन प्रदान गरेको बताए । कार्यालयका डिएसपी सुनिल दाहालले हिरासतमा बसेका थुनुवालाई समय कटाउने व्यवस्था तथा आपराधिक क्रियाकलापमा संलग्न हुँदा भोग्नुपर्ने सजाय लगायत कानुनी प्रावधानका विषयमा जानकारी दिन टेलिभिजनले ठुलो मद्दत पुग्ने बताए ।

Read More

धनकुटा, २८ भदौ । धनकुटा सागुरीगढी गाउँपालिका–६ मालबासे स्थित कोशी राजमार्गमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा शहिदभुमी गाउँपालिका–४ का ३६ बर्षीय गणेशमान राई रहेका छन् । हिजो बेलुका पौने ५ बजे संखुवासभाबाट धरान तर्फ आउदै गरेको को१ख ४८८९ नम्बरको बसलाई सोही दिशाबाट आउदै गरेको को१९प ९४२८ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा बसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भिर घाईते भएका मोटरसाईकल पछाडी सवार गणेशमानको धरान घोपामा उपचारको क्रममा बेलुका पौने ७ बजे मृत्यु भएको थियो भने मोटरसाईकल चालक ईलाम चुलाचुली गाऊपालिका ६ का ३३ बर्षीय रत्न कुमार राई समेत सामान्य घाईते भई सोही अस्पतालमानै उपचार…

Read More

झापा, २८ भदौ । झापा भद्रपुर नगरपालिका–८ स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २२ बर्षीय सुमन तामाङ रहेका छन् । हिजो दिनको ३ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर १५ ग्राम ७०० मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौं, २८ भदौ । रोजगारीका लागि इजरायल जानेहरूका लागि आज भाषा परीक्षा हुँदैछ। सोमबार दिउँसो १ बजेदेखि हुने परीक्षाका लागि काठमाडौंमा ११ वटा केन्द्र तोकिएको वैदेशिक रोजगार विभागले जनाएको छ। विभागका अनुसार एलआरआई विद्यालय कलंकी, विश्व निकेतन उच्च मावि त्रिपुरेश्वर, दरबार हाई स्कुल (भानु माध्यमिक विद्यालय) रानीपोखरी, मदन भण्डारी मेमोरियल कलेज नयाँ बानेश्वर, एम्बिसन एकेडेमी नयाँ बानेश्वर, नोबेल एकेडेमी नयाँ बानेश्वर, कोटेश्वर सरस्वती मावि कोटेश्वर, कोटेश्वर बहुमुखी क्याम्पस जडिबुटी, गान्धी आदर्श मावि, साउथवेस्टगेट स्टेट कलेज बसुन्धरा, गोल्डेन इन्टरनेसनल कलेज बत्तीसपुतलीमा परीक्षा केन्द्र तोकिएको छ। इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि नौ हजार ६९९ जनाले आवेदन दिएका थिए। तीमध्ये २ हजार…

Read More

झापा, २८ भदौ । बिर्तामोड नगरपालिका भित्र रहेका विद्यालयहरूले आगामी असोज ४ गते देखि भौतिक रुपमा प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलाप गर्न पाउने भएका छन् । बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार सिवाकोटीको अध्यक्षतामा आइतबार बसेको नगर शिक्षा समितिको बैठकले सबै विद्यालयहरूलाई सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड,विद्यार्थी सिकाई सहजीकरण कार्य ढाँचा २०७७ र शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको निर्देशिका पूर्ण रुपमा पालना गरी विद्यालयहरूको भौतिक रुपमा प्रत्यक्ष पठन पाठन गराउन निर्देशन दिने निर्णय गरेको हो । बैठकले सामुदायिक विद्यालयहरूले शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न अभिभावक भेलाबाट स्वीकृत भएको अभिभावक सहयोग बाहेकका अन्य कुनै पनि प्रकारको शुल्क नउठाउन निर्देशन दिने निर्णय गरेको छ…

Read More

झापा, २८ भदौ । भारतमा निपाह भाइरस सङ्क्रमणको कारणले मानिसको मृत्यु हुन थालेपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले भारतको केरला राज्यमा देखिएको निपाह भाइसरको सङ्क्रमण नेपालमा समेत देखिन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेलले नेपालमा पनि निपाह भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिए । उनले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको बैठकले सबै अस्पताललाई परिपत्र गर्दै सङ्क्रमणको चुनौतीविरुद्ध प्रबन्ध गर्न लक्षण देखिए रिपोर्टिङ गर्न भनिसकेको जानकारी दिए । डा. पौडेलले निपाह भाइरसको लक्षण देखिएमा बिरामीको नमुना लिएर…

Read More

झापा, २८ भदौ । सरकारी स्वामित्वको कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी असोज १ गतेदेखि चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । नजिकिँँदै गरेको दशैंतिहार र छठ पर्वलाई लक्षित गर्दै खाद्यले यस वर्ष काठमाडौं, भक्तपुर, ललितपुरलगायत देशभर ३९ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । कम्पनीले दिएको जानकारीअनुसार सुपथ मूल्य पसलमा उपभोक्ताले चामल, दाल, चिउरा, कर्णालीको सिमी, फापर, खानेतेल, घिउ, आँँटा, स्यानिटाइजर, खसीबोकालगायत खाद्यवस्तु किन्न पाउनेछन् । खाद्यले यस वर्ष दाल, चामल, चिउरा, आँटा र सनप्mलावार तेलमा बजार मूल्यभन्दा प्रतिकिलो ५ रुपैयाँ छूट दिनेछ भने भटमासको तेल, मासु र कर्णालीको…

Read More