झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २५ भदौ । नेपाली काँग्रेस झापाको सभापतिमा देउमान थेवेले उम्मेद्वारी दिने निर्णय गरेका छन् । नेपाली काँग्रेसको १४ औं महाधिशन अन्र्तगत हुने निर्वाचनका लागि झापा सभापतिमा थेवेले उम्मेद्वारी घोषणा गरेका हुन् । थेवेले शुक्रवार बिर्तामोडमा पत्रकार भेटघाटका क्रममा सभापतिमा आफ्नो उम्मेद्वारी रहने बताए । १३ महाधिवेशनमा सहमति र सहकार्य गरको जिकिर गर्दै उनले उम्मेद्वारी दिने निर्णय गरेको बताए । उनले नेता कृष्ण सिटौला, विश्वप्रकाश शर्मा, केशव बुढाथोकी, उद्धव थापालगायत सवैको सल्लाह सुझाव अनुसार नै आफ्नो उम्मेद्वारी रहेको बताएका छन् । ‘उम्मेद्वारी घोषणाका विधिविधान होलान्’ सभापति थेवेले भने ‘१३ औं महाधिवेशनमा भएको सल्लाह र सहमति अनुसार नै मैले उम्मेद्वारी घोषणा…

Read More

झापा, २५ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना संक्रमण भएको छ । १ हजार २९९ जनाको पीसीआर परीक्षण गर्दा ३११ र ४५१ जनाको एन्टिजेन परीक्षण गर्दा ७९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२०, झापामा ११५, सुनसरीमा ५९, धनकुटामा ५, इलाम र संखुवासभामा २–२, ताप्लेजुङ, खोटाङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ५०, सुन्दरहरैचामा ३२, बेलबारीमा १६, पथरीशनिश्चरेमा ७, बुढीगंगामा ५, रतुवामाईमा ४, कटहरीमा २, रंगेली, उर्लाबारी, जहदा र केराबारीमा १–१, झापाको विर्तामोडमा ३४, कनकाईमा १८, मेचीनगरमा…

Read More

ओखलढुंगा, २५ भदौ । ओखलढुंगा खिजिदेम्बा गाउँपालिका–५ ढाडखर्कका ६८ वर्षीय मित्रबहादुर तामाङको धारिलो हरियार खुकुरी र दाऊ प्रहार गरी हत्या भएको छ । हत्यामा संलग्न उनकै आफ्नै भाई ६७ बर्षीय शेर बहादुर तामाङ र शेर बहादुरका छोरा ३६ बर्षीय बिर बहादुर तामाङ रहेका छन् । आज दिउसो साढे १२ बजे हत्या भएको जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय खिजिफलाटेबाट प्रहरी टोली खटि गई खुकुरी सहित हत्यामा सम्लग्न दुवै जनालाई हत्यामा प्रयोग भएको खुकुरी र दाऊ सहित पक्राउ गरेको छ । उनीहरुले अंशबण्डाको बिषयमा विवाद हुदाँ धारिलो हतियार खुकुरी र दाउले टाउकोमा प्रहार गर्दा मित्र बहादुर तामाङको घटनास्थलमानै मृत्यु भएको…

Read More

मोरङ, २५ भदौ । मोरङ बिराटनगर महानगरपालिका ४ कन्चनबारी स्थितमा प्रहरीले १० केजी लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सहिद भुमि गाऊपालिका ७ का २४ बर्षीय सागर राई रहेका छन् । हिजो बेलुका साढे ८ बजे सीआरभी पोष्ट भट्टा चौकबाट खटिएको प्रहरी टोलीले सार्वजनिक सवारी साधन चेकजाँच गर्ने क्रममा राईलाई गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको छ ।

Read More

सयोगी सृजन शर्माएमसीसीबारे सामान्य नागरिकले बोल्नु पर्ने अवस्था किन आएको होला ? यो त एउटा सामान्य अनुदान भनिएको छ तर यसको विषय यति तातिएको छ कि ? मनौ एमसीसी पारीयोजना पास भए मुलुकको भोलि नै मुलुकको काया पलट हुन्छ, यो बुझाइ एक थरिको छ भने अर्का थरि एमसीसी कार्यान्वयन भए मुलुकमा अमेरिकी साम्रज्यवाद भोलि नै भित्रिन्छ र अमेरिकि सेना नेपाल आउनेछ । यी दुबै बुझाइ गलत छ । किनभने कुनै पनि मुलुक अनुदानले बनेको एउटा पनि उधारण छैन । ठीक तेस्तै अमेरिका र चाइना बीच कुनै किसिमको युद्धको अवस्था पनि छैन र त्यो अवस्था न आए सम्म अमेरिकाले नेपालमा उसका…

Read More

झापा, २५ भदौ । नेपालमा आर्थिक वर्ष २०७६–७७ को अन्त्यसम्म वैदेशिक लगानी मौज्दात ८ दशमलव ५ प्रतिशतले बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७६–७७’ ले यस्तो देखाएको हो । उक्त आवको असार मसान्तसम्म नेपालमा रू १ खर्ब ९८ अर्ब ५२ करोड वैदेशिक लगानी कायम भएको छ । त्यो भन्दा अघिल्लो आव २०७५–७६ मा प्रत्यक्ष वैदेशिक लगानी १ खर्ब ८२ अर्ब ९१ करोड रुपैयाँ कायम भएको थियो । त्यसभन्दा अघिल्लो आव २०७४–७५ मा वैदेशिक लगानी २ खर्बभन्दा बढी कायय भएको थियो । यो वैदेशिक लगानी प्रतिबद्ध गरिएको र भित्रिएको भन्दा नभएर कायम…

Read More

झापा, २५ भदौ । वीरगन्जस्थित सर्वोत्तम स्टिल उद्योगले ५ जना मजदुर मृत्युको घटना एक सातासम्म लुकाएको रहस्य खुलेको छ। भदौ १० गते फलाम गलाउने क्रममा उद्योगको भट्टी पड्किएर १५ मजदुर घाइते भएका थिए। तीमध्ये ५ जनाको मृत्यु एक साताअघि नै भएको खुलेको हो। तर, उद्योगले त्यसबारे औपचारिक जानकारीसमेत दिन मानेको छैन। उद्योग व्यवस्थापनले सख्त घाइते ६ जनालाई भदौ १० गते रातारात भारतको पटनास्थित एपोलो अस्पताल पठाएको थियो। त्यसमध्ये ५ मजदुरको मृत्यु भएको जानकारी पर्सा प्रहरीले बिहीबार मात्र पाएको छ। मृत्यु हुनेमा भारत बिहारका ५२ वर्षीय विनोद पाण्डे र २७ वर्षीय गगन नायक उत्तर प्रदेशका ३२ वर्षीय धिरु सहनी, लखनउका ३७…

Read More

झापा, २५ भदौ । सरकारले प्राथमिकता प्राप्त आयोजनामा राखेको रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजनामा २ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । नेपालमा आर्थिक वर्ष २०६६–६७ बाट सुरु भएको रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजनामा आर्थिक वर्ष २०७६–७७ सम्ममा साढे १९ अर्ब खर्च भइसकेको छ । तर, भौतिक प्रगति भने २ प्रतिशत मात्रै रहेको हो । सरकारी पक्षबाटै भएको उदासीनता तथा ढिलासुस्ती तथा यससम्बन्धी सरकारको स्पष्ट नीति नहुँदा रेल विकास आयोजना प्रगति हुन नसकेको हो । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७६(७७ को वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७६(७७ सम्ममा १९ अर्ब ६८…

Read More

झापा, २५ भदौ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा सत्तारूढ गठबन्धन आबद्ध दलहरू नै अनिर्णीत बनेका छन् । माओवादी केन्द्रले यथास्थितिमै एमसीसी पारित नहुने बताएको छ भने एकीकृत समाजवादीले पनि आफूलाई एमसीसीविरोधी देखाएको छ । उसले राष्ट्र हितविपरीतका कुनै पनि सम्झौतामा सहमति नहुने भन्दै एमसीसीको विपक्षमा आफूलाई उभ्याएको हो । प्रमुख विपक्षी एमालेले भने अहिले आफूहरूको भूमिकामा परिवर्तन आएको भन्दै एमसीसीको विषयमा कुनै निर्णय लिएको छैन ।यता सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० ले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० संसद्बाट यथास्थितिमै पास हुन नदिने अडान लिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एमसीसी संसद्बाट…

Read More

झापा, २५ भदौ । नेपालमा फैलिएको कोरोना सङ्क्रमणमा डेल्टा भेरियन्ट देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले गत असार २३ देखि भदौ ४ सम्म विभिन्न स्थानबाट लिइएका ४८ वटा नमुनाको जिनोमिक सिक्वेन्सिङ गर्दा डेल्टा भेरियन्ट देखिएको जानकारी दिए । उनले विभिन्न उमेर समूहका व्यक्तिबाट सङ्कलित नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनोट गरी ४८ वटा नमुना विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा भारतको नयाँ दिल्लीस्थित ‘द इन्स्टिच्युट अफ जिनोमिक एन्ड इन्टेग्रेटिभ बायोलोजी (आईजीआईबी)मा जिनोमिक सिक्वेन्सिङका लागि पठाइएको बताए। उनले सङ्क्रामक भेरियन्ट भएकोले सतर्कता अपनाउन आग्रह गरे । यी भेरियन्टहरू बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने अध्ययनले पुष्टि…

Read More