
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २५ भदौ । नेकपा एमालेले आज (शुक्रबार)का लागि स्थायी कमिटी बैठक बोलाएको छ । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले अपरान्ह ४ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेगरी बैठक बोलाइएको जानकारी दिए । बैठकमा विधान महाधिवेशनको तयारी स्वरुप प्रतिनिधि, दस्ताबेज र ब्यबस्थापन तयारीका साथै चालू संसदमा पार्टीको भूमिकाका विषयमा छलफल हुने उनको भनाइ छ ।
फ्रान्सको राजधानी पेरिस आफ्नो सुन्दरताका लागि विश्वचर्चित छ । संसारभरका करोडौँ मानिसहरु वर्षेनी पेरिस घुम्न जान्छन् । तर त्यहीँ सुन्दर पेरिसमा एउटा यस्तो ठाउँ पनि छ जुन सबैभन्दा डरलाग्दो तथा दर्दनाक छ । सो ठाउँको नाम हो क्याटाकम्ब्स अफ पेरिस । यो त्यस्तो डरलाग्दो सुरुङ हो जहाँ ६० लाख जना मानिसका कंकाल राखिएको छ । यो सुरुङ १३औँ सताब्दीमा खनिएको थियो । पेरिस सहरको निर्माणका क्रममा ढुंगा, मार्बल आदि आवश्यक निर्माण सामग्री भण्डारणका लागि उक्त सुरुङको निर्माण गरिएको थियो । १७ औँ शताब्दीमा फ्रान्समा अनिकाल, भोकमरी, प्लेग लगायतका महामारीले लाखौँ मानिसको मृत्यु भयो । अवस्था यति भयानक भयो कि मरेका…
झापा, २३ भदौ । संघीय संसद्को अधिवेशन बुधबार सुरु हुँदैछ। बुधबार ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने कार्यक्रम छ। बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पारित गर्ने, उपसभामुखको निर्वाचन एवं एमसिसीलाई लक्षित गरेर अधिवेशन बोलाइएको हो। तर प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने संकेत दिएपछि यी काम कसरी अघि बढ्छन् भन्ने अन्योल उत्पन्न भएको छ। एमालेले अघिल्लो अधिवेशन षड्यन्त्रमूलक ढंगले अन्त्य गरेको र अहिले पनि षड्यन्त्रमूलक तरिकाले नै बोलाइएको, सभामुख तटस्थ नभएको जस्ता विषय उठाएर बैठकमा अवरोध गर्ने संकेत गरेको छ। अघिल्लो अधिवेशन अन्त्य गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याई पार्टी फुटालेर निर्वाचन आयोगले दल रोज्न दिएको मिति सकिएको भोलिपल्ट अधिवेशन…
झापा, २३ भदौ । कोरोना (कोभिड–१९) सङ्क्रमण निको भएकामा पोस्ट कोभिड जोखिम बढिरहेको छ । यस्तो समस्यालाई चिकित्सकहरूले कोभिड निको भएपछि हुने समस्या भनेका छन् । यस्तो समस्याले कतिपयको ज्यानै लिन सक्ने अवस्था देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा। शेरबहादुर पुनले कोरोना सङ्क्रमित निको भएपछि पोस्ट कोभिडका लक्षण देखिएको जानकारी दिए । उनले पोस्ट कोभिडका कारण कम्मर, ढाड, मस्तिष्कघात, पक्षघात साथै मुटु हल्लिएको अनुभूति हुने, फोक्सो, मिर्गौला, छाला, आँखाको समस्या हुने बताए । पोस्ट कोभिड भएका बिरामीमा मनोपरामर्श आवश्यक रहेको बताउँदै भने, “विशेष गरी पोस्ट कोभिडका लक्षण सघन कक्षमा पुगेर निको भएका बिरामीमा देखिएको छ…
झापा, २३ भदौ । सरकारले बजेट प्रतिस्थापन विधेयक संसद्मा पेश गर्ने भएको छ । अर्थ मन्त्रालयका अनुसार अघिल्लो सरकारले अध्यादेशमार्फत चालू आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेट प्रतिस्थापन गर्न विधेयक संसद्मा पेश गर्न लागेको हो । प्रतिपक्षको अवरोध नभए भदौ २४ ९बिहीवार० नै उक्त विधेयक संसद्मा पेश गर्ने तयारी अर्थमन्त्री जनार्दन शर्माले गरेका छन् । मन्त्रालय स्रोतका अनुसार पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गर्न विधेयक तयारी अवस्थामा राखिएको छ । अध्यादेशमा उल्लिखित बजेटको आकारसमेत प्रतिस्थापनमार्फत परिवर्तन गर्ने अर्थको तयारी छ । ओली नेतृत्वको पूर्ववर्ती सरकारले अध्यादेशमार्फत चालू आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको…
झापा, २३ भदौ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा सत्तारूढ गठबन्धनमा रहेका पाँच दलको पाँचवटै धारणा देखिएको छ । सरकारको नेतृत्व गर्ने मुख्य दल नेपाली कांग्रेस सहमतिबाटै एमसीसी पास हुनेमा ढुक्क छ भने माओवादी केन्द्रले संसद्बाट एमसीसी पास हुनै नसक्ने बताएको छ । त्यसैगरी, सत्तारूढमध्येकै एक घटक नेकपा एकीकृत समाजवादीले संशोधन नगरी एमसीसी पास गर्न नसकिने भनेको छ भने जनता समाजवादी पार्टीले धारणा नै दिएको छैन । यसैगरी, पाँच दलीय सत्ता गठबन्धनमा आबद्धमध्येको एक दल राष्ट्रिय जनमोर्चाले एमसीसीको विरोधमा सडक संघर्षको घोषणा नै गरिसकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा एमसीसी सहमतिबाटै…
झापा, २२ भदौ । नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गर्न चाहने प्रदेश र स्थानीय तहका सदस्यबाट निर्वाचन कार्यालयमा सनाखत भएको छ । निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यले नेकपा एमाले र जसपा नेपालबाट छुट्टिई गठन भएको नयाँ दलमा प्रवेश गर्न चाहना राख्नेलाई नयाँ दल गठन भएको मितिले २१ दिनभित्र सनाखत गर्न निर्वाचन आयोगले निर्देशन दिएको थियो । प्रदेशसभाका सदस्यलाई सम्बन्धित प्रदेश निर्वाचन कार्यालय र स्थानीय तहका सदस्यलाई सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भई सनाखत गर्ने गराउने व्यवस्था गरिएको थियो । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ (दोस्रो संशोधन)…
झापा, २२ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २१ जनाको पीसीआर परीक्षण गर्दा २६६ र ७१८ सय जनाको एन्टिजेन परीक्षण गर्दा १३३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोेरङमा १२३, सुनसरीमा ८६, झापामा ४५, धनकुटामा ६, इलाममा ३, पाँचथर, उदयपुर र संखुवासभामा १–१ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ८९, पथरीशनिश्चरेमा १०, केराबारीमा ७, बेलबारी र उर्लाबारीमा ३–३, बुढीगंगा, ग्रामथान, रंगेली र सुन्दरहरैचामा २–२, कटहरी, रतुवामाई, कानेपोखरीमा १–१, सुनसरीको इटहरीमा ७३, धरानमा ४, रामधुनीमा ३, इनरुवामा २, दुहवी, गढी, देवानगञ्ज…
बिर्तामोड, २२ भदौ । झापामा नेकपा एकीकृत समाजवादी पार्टीमा सात जनाले सनाखत गरेका छन् । जिल्ला निर्वाचन कार्यालय झापामा आज जिल्ला समन्वय समिति सदस्य, वडाध्यक्ष, कार्यपालिका सदस्य एक÷एक जना गरी तीन जना र चार जना वडा सदस्यले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेको नेकपा एकीकृत समाजवादीका झापा अध्यक्ष बेदराज रेग्मीले जानकारी दिनुभयो । समाजवादीमा सनाखत गर्नेमा जिल्ला समन्वय समिति सदस्य पदम लिम्बू, शिवसताक्षी–७ का वडाध्यक्ष नविन इजम, झापा गाउँपालिकाका वडा सदस्य ईश्वरी दाहाल, मेचीनगर कार्यपालिका सदस्य लक्ष्मी पाख्रिन तामाङ, अर्जुनधारा–६ का वडासदस्य अर्जुन मेचे, अर्जुनधारा–३ का वडासदस्य होम दुलाल र भद्रपुर–९ की वडासदस्य कुञ्जा रुचाल रहेको पार्टीका झापा सचिव निलमणि बरालले…
बिर्तामोड, २२ भदौ । झापाको कचनकवल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । कचनकवल–६ स्थित बिशाल बस्तीको भित्री सडक खण्डमा सोमबार राति ८ बजे पूर्वतर्फ जाँदै गरेको मे१०प ५३८९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे८प २१३७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका २१३७ नम्बरको मोटरसाइकल चालक सोही स्थानका ३७ वर्षीय सोम दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दाहालको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राति ९ बजे मृत्यु भएको हो । त्यस्तै, ५३८९ नम्बरको मोटरसाइकल चालक कचनकवल–५ का २६ वर्षीय करण…