झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २१ भदौ । सम्झौता बमोजिम बिमा रकम भुक्तानी नगरेको भन्दै नेपाल पत्रकार महासंघ मोरङ शाखाले उच्च अदालत विराटनगरमा रिट दायर गरेको छ । सोमबार महासंघ मोरङ शाखाको तर्फबाट सचिव नेत्र पि अधिकारीले उच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् । नेपाल पत्रकार महासंघ र अजोड इन्स्योरेन्स कम्पनीबीच द्वीपक्षीय सम्झौता भई मोरङका २०० जना बढी पत्रकार र उनीहरुका परिवारका सदस्यहरुको बिमा गरिएको थियो । त्यसमध्ये ५१ जना बिमितहरुमा कोरोना संक्रमण भएकोमा २० जनाले मात्र बिमा दाबी भुक्तानी पाएका थिए । बाँकी ३१ जनाले बिमा दाबी भुक्तानी नपाएको र भुक्तानी दाबी माग गरेको १० महिना बितिसक्दा पनि कम्पनीले भुक्तानी दिनुको साटो…

Read More

भद्रपुर, २१ भदौ । प्रहरीको भेष धारण गरेर डाकैती गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको भद्रपुरमा घरको झ्याल फोडेर डकैती गर्न खोज्ने मेचीनगर–१४ का २७ वर्षीय कृष्ण बिर्जा, १९ वर्षीय शैलेश राजवंशी, २० वर्षीय बिष्णु भण्डारी र १९ वर्षीय कमल बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । उनीहरुमध्ये दुई जनाले प्रहरीको पोशाक लगाएका थिए । घटना अनुसार गत भदौ १४ गते कृष्ण जनमाष्टमी पर्वको दिन भद्रपुर–९ प्रणामी टोलका अशोक तिम्सिना कृष्ण मन्दिरमा पुजापाठ गर्न गएका थिए । सोही दिन उनको घरमा नाबालक छोरा र श्रीमती मात्र भएको…

Read More

संखुवासभा, २१ भदौ । संखुवासभा मादि नगरपालिका १ उमलिङ स्थितमा एकै घरपरिवारको छ जना मृत अबस्थामा फेला परेका छन् । आज बिहान पौने १० बजे उक्त स्थानमा मानिसहरु मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय चैनपुरमा जानकारी प्राप्त हुन साथ प्रहरी टोली खटि गई बुझ्दा छ जना मृत अबस्थामा फेला परेका हुन । मृत अबस्थामा फेला पर्नेहरुमा सोही स्थान की ८४ बर्षीया पार्वती कार्की, ५२ बर्षीय तेज बहादुर कार्की, ५२ बर्षीया कमला कार्की, ३२ बर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ बर्षीया गोमा कार्की रहेकी छन् । घटनास्थल ईलाका प्रहरी कार्यालय चैनपुरबाट ५५ किलोमिटर पुर्व रहेको साथै घटना…

Read More

मोरङ, २१ भदौ । आफ्नो घरमा कारखाना संचालन गरि भरुवा बन्दुक बनाई बेचबिखन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका १ का ५२ बर्षीय आश बहादुर लिम्बु रहेका छन् । हिजो बेलुका ६ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई घरैबाट भरुवा बन्दुक १ थान, बन्दुक बनाउन प्रयोग गरिने नाल २ थान, काठको बट ४ थान, फलामको पड्किने पाशो भएको बन्दुक १ थान, बारुद १ केजी, हरिणको सिङ ५ थान, बन्दुकको नाल सफा गर्ने रड १ थान त्यस्तै फलामको काजो ३ थान लगाएत बन्दुक बनाउन प्रयोग हुने औजार सहित…

Read More

झापा, २१ भदौ । झापा अर्जुनधारा नगरपालिका ९ खरवन्दी स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका ११ बुद्धचौकका ३० बर्षीय मणि कुमार चौधरी रहेका छन् । हिजो दिउसो साढे २ बजे लागूऔषध नियन्त्रण व्यूरो र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनलाई २ ग्राम ६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका चौधरीको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

Read More

झापा, २१ भदौ । नजिकिँदो दशैँ, तिहार, छठ जस्ता चाडपर्वका लागि आगामी असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनको तयारी भएको छ । आइतबार मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले असोज १ गतेदेखि छठपछिको एक हप्तासम्म सुपथ मूल्य पसल सञ्चालन गर्न उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवस्था मिलाउने गरी निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले जानकारी दिए । त्यस्तै बजार अनुगमनलाई व्यवस्थित गर्न आपूर्ति मन्त्रालयले अन्य निकायहरुको समन्वयमा विस्तृत कार्ययोजना बनाइ १५ दिनभित्र पेश गर्ने निर्णय पनि भएको उनले बताए । यसबाहेक चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायातको भाडादर, यात्रु सिट क्षमताका आधारमा…

Read More

बिर्तामोड, २१ भदौ । झापाको बिर्तामोड भद्रपुर रोडमा आफ्नै दाजुको हत्या गरेको आरोप लागेका रतनलाल राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यका अनुसार रतनलाललाई मेचीनगरबाट पक्राउ गरिएको हो। बिर्तामोड–४ पुरानो भद्रपुर रोडमा डेरा गरि बस्ने कचनकवलका भाद्रु राजवंशी आइतवार विहान मृत फेला परेपछि भाइ रतनलालको खोजी सुरु गरेको थियो। शनिवार राति १२ बजे दाजुभाइको सामान्य विवाद भएको रतनलालले बयानका क्रममा बताएका छन्। मृतकका छोराले काकाले आफ्नो बुबाको हत्या गरेको सूचना दिएपछि उनको खोजीमा प्रहरी लागेको थियो।

Read More

झापा, २१ भदौ । सरकारले नेपाल प्रहरीमा ५ जना प्रहरी अतिरिक्त महानिरीक्षकको दरबन्दी थप गर्ने भएको छ । नेपाल प्रहरीमा एआईजीका लागि तीव्र लबिङ भएपछि ५ जना नयाँ एआईजीको दरबन्दी थप गर्न लागिएको हो । गृहमन्त्री बालकृष्ण खाँणले एआईजी दरबन्दी थपका लागि मन्त्रालयबाट नै फाइल बनाएर मन्त्रिपरिषद्मा लगेकाले अबको केही दिनमा नै नयाँ दरबन्दी थपको निर्णय हुने बताइएको छ । नयाँ दरबन्दी थप गर्दा राज्यलाई ठूलो व्ययभार पर्ने भए पनि सत्ता साझेदार दलबीच दरबन्दी थपका लागि सहमति भएकाले अर्थ मन्त्रालयले सहमति दिइसकेको बताइएको छ । नेपाल प्रहरीमा आफू अनुकूलमा मानिसलाई बढुवा गर्नका लागि सरकारले दरबन्दी थप गरेको भन्दै केही वरिष्ठ…

Read More

झापा, २१ भदौ । सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) जसरी पनि संसद्बबाट अनुमोदन गराउने तयारी थालेपछि गृह मन्त्रालयले सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिएको छ। संसद्मा एमसिसी अनुमोदनका लागि पेस भएपछि देशव्यापी आन्दोलन चर्किने सम्भावनालाई ध्यानमा राखेर मन्त्रालयले चारवटै सुरक्षा निकायलाई यस्तो निर्देशन दिएको हो। ‘सामान्य अवस्थाबाहेक केही समस्या आउन सक्छ। यो महिनाभरि नै हाई अलर्टमा रहनु, अहिले एमसिसीविरुद्ध आन्दोलन भइरहेको छ, भारतविरोधी आन्दोलन पनि चर्कन सक्छ। यी विषयलाई ध्यानमा राखेर सुरक्षा अवस्था मजबुत बनाउनु भन्ने निर्देशन छ’, उच्च सुरक्षा स्रोतले भन्यो, ‘सुरक्षा निकाय सधैं नै ९२४ सै घण्टा० हाई अलर्ट रहन्छ तर पनि विशेष…

Read More

झापा, २१ भदौ । सत्ता, शक्ति र पैसाका लागि नै नेताहरू मन्त्री बन्न तँछाडमछाड गर्छन्। मन्त्री भएपछि राज्यको ढुकुटी बाँडेर समर्थकलाई पाल्न सकिन्छ। जब नेता चुनावमा होमिन्छन्, सांसद भएपछि कसरी मन्त्री हुन पाइन्छ भन्ने उनीहरूको ध्यान केन्द्रित हुन्छ। मन्त्रीका लागि शपथ खान जाने क्रममा बाटैमा नाम कटिएको खबर भएका गण्डकी प्रदेशका सांसद दोबाटे विश्वकर्मा मानप्रतिष्ठा, इज्जतकै कारण मन्त्रीप्रति आकर्षण बढेको ठान्छन्। ‘सांसद भएपछि मन्त्री हुन्छु भन्नु स्वाभाविक नै हो। सबै आशा र विश्वास पनि हुन्छ,’ उनले भने, ‘मान प्रतिष्ठा, इज्जतकै लागि मन्त्री बन्ने चाहना हुन्छ।’ तर, नेपालमा प्रजातन्त्र आएको ७०र७२ वर्षमा सत्तामा एउटै वर्ग र समुदायको वर्चश्व छ। कांग्रेसका नेता…

Read More